संगठन भनेको के हो ?
कुनै निश्चित वर्ग, जाति वा समुदाय माथि विधमान शोषण, दमन र उत्पीडनवाट मुक्ति पाउनको लागि वनेको संरचनालाई संगठन भनिन्छ । शोषक र उत्पीडकहरुले पनि आफ्नो शोषण र दमन टिकाई राख्न उनीहरु संगठन वनाउछन् । उनीहरु शाषक भएको कारणले यसको भिन्न रुपमा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु वनाएर पनि वर्गीय शोषण कायम राख्ने गर्दछन । यसरी कुनै एक वर्गको विचार, सिद्दान्तमा आधारित वर्गीय लक्ष्य र उद्देश्य वोकेको संगठित व्यक्तिहरुको समूह वा दस्तालाई संगठन भनिन्छ । असंगठित मान्छेहरुको समुहलाई भिड भनिन्छ । अर्को शव्दमा संगठन भनेको शाषित, शोषित र उत्पीडित वर्ग वा समुदायको संगठित शक्ति हो । उनीहरुको तागत केवल संगठनमा मात्र रहेको हुन्छ । जव कि शासकहरुको शक्ति सत्तामा केन्द्रीत हुन्छ । त्यसैले संगठन उत्पीडित वर्ग समुदायको वलियो अस्त्र हो ।
संगठन कसरी चल्छ ?
संगठनहरु जनवादी केन्द्रीयताका आधारमा चल्ने गर्दछन । हरेक संगठनको केन्द्र देखि इकाईसम्मको संगठनात्मक संरचनाहरु विचानाले व्यवस्था गरेको हुन्छ । विधानले व्यवस्था गरे अनुसार सङ्गठनात्मक नियम, परिधि, अनुशासन प्रकृया, पद्दति अनुसार संगठनहरु चल्ने गर्दछन । कोहि पनि संगठनका इकाईहरु विधान भन्दा वाहिर गएर मनोमानी चल्न पाउंदैनन् । विधानको परिधि भित्र रहेर हरेक कुराहरु उठाउन पाउने स्वातन्त्र हुन्छ । विधान विपरीत चल्ने व्यक्ति (सदस्य) वा संगठनलाई अनुशासन विभाग वा उपल्लो तहको संगठनले कारवाही गर्दछ । यो प्रक्रियालाई जनवादी केन्द्रीयता भनिन्छ ।
संगठनको किन आवस्यक छ ?
असंगठित जनता भयो भने शासक वर्गले अनावस्यक फाइदा लुट्छ । साथै उत्पीडित जनताहरु नेतृत्व विहिन र दिशा विहिन वन्न पुग्दछन । कहिलेकाहीं स्वत: स्फुर्त रुपमा संघर्ष, विरोध वा आन्दोलनहरु भए भने पनि त्यो आन्दोलन वा विद्रोहले सहि दिशा पक्रन सक्दैन । अनि विचैमा तुहिन पुग्दछ । अनावश्यक रगतको खोला वग्दछ । त्यसैले जनतालाई सचेत र संगठित पारेर मुक्ति वा क्रान्तिको सहि दिशा प्रदान गर्न संगठन आवस्यक हुन्छ । संगठन एउटा स्थायी र भर पर्दो जनताको शक्ति हो तर कतिपय गलत तत्वहरुको घुसपैठ वा गलत उद्देश्यका साथ् वनेका संगठनहरुले उत्पीडित वर्गका संगठनहरुलाई गलत ढंगले प्रयोग गर्दछन वा मोर्चा तहस नहस पार्दछन । त्यस प्रति सचेत रहनु आवस्यक रहन्छ ।
No comments:
Post a Comment