आदरणीय सम्पूर्ण खाम भाषा दाजु भाई दिदि बहिनिहरुमा नमस्कार !
हामी देश बाहिर रहे पनि हाम्रो भाषा, संस्कृति, भेषभुषा प्राण भन्दा प्यारो छ । हामी विदेशको भूमिमा पनि ति अमुल्य चिजहरुलाई संरक्षण गर्न हरदम तत्पर छौं । भाषा र संस्कृति रह्यो भने हाम्रो शान रहन्छ । हाम्रो शानै रहेन भने हामीसंग केहि बचेको हुँदैन । हामी आफ्नो शानको रक्षा गर्दै हामी विगतका दिन देखि पहलकदमी गर्दै आइरहेका छौं । यहि सिलसिलामा हाम्रो गरिमामय मगर खाम भाषा जागरण मन्च युएईले खाम भाषी मगरहरुको भेटघाट तथा बनभोज कार्यक्रम राखेको जानकारी गराउन पाउँदा हामीलाई गर्ब लागेर आएको छ । बिशेष त १८ मगरात रोल्पा, रुकुम र बाग्लुंग जिल्लाका निसी बुजीका खाम भाषी दाजुभाई तथा दिदि वहिनीहरुलाई उक्त हाम्रो यो बनभोज कार्यक्रममा उपस्थिति हुनको लागि हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रम स्थान : अलएन झेली पार्क
समय : बिहानको ११ बजे
नेपाली खाम भाषा जागरण मंच युएई
भुवन बुढा मगर- अध्यक्ष
कैलाश पुन मगर - प्रवक्ता
कैलाश पुन मगर - प्रवक्ता
No comments:
Post a Comment