Saturday, 3 January 2015

खाम भाषा जागरण मन्च युएईको बनभोज कार्यक्रम सम्पन्न

विवस लिम्बु, २ जनवरी, नेपाली खाम भाषा जागरण मन्च युएईद्वारा युएईको अल ऐन स्थित झ्याली पार्कमा अंग्रेजी नयाँ वर्ष २०१५ को पावन अवशरमा बनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । 

उक्त बनभोज कार्यक्रममा विभिन्न संघ संस्थाबाट पनि  पाल्नु भएको थियो । कार्यक्रममा बिशेष अथितिको रुपमा मंचका प्रमुख सल्लाहकार रोल्पा कुरेलीका राम कृष्ण पुन हुनु हुन्थ्यो भने प्रमुख अथितिको रुपमा रन्मामैकोट, रुकुमका पृथीछक बुढा हुनु हुन्थ्यो । 



मंचका सचिव जितमान बुढामगरले उद्घोषक रहेको कार्यक्रममा नेपाल आदिवासी परिषद् युएईका अध्यक्ष हरि बहादुर घर्तिमगर, उपाध्यक्ष भिम घिसिंग,नेपाल मगर संघ युएईकी अध्यक्ष शुशी पुलामी मगर,वरिष्ठ उपाध्यक्ष राम थापामगर, प्रवक्ता हेम थापा मगर, नेपाली जन-प्रगतिशील मोर्चाका सहकोषाध्यक्ष बिबस लिम्बू, जन सम्पर्क समिति अलेनका सभापति पूर्ण बहादुर ओली, कलाकार चुमान काउछा मगर र जगत रसाइली अतिथि रहेको कार्यक्रमलाई मंचका उपाध्यक्ष मंचका उपाध्यक्ष खडक बहादुर घर्तिमगरले स्वागत गरेका थिए | कार्यक्रममा स्वागत मन्तब्य हर्क घर्ति मगरले दिनु भएको थियो । 

मन्तव्यकै क्रममा प्रमुख सल्लाहकार तथा बिशेष अथिति राम कृष्ण पुन मगरले खाम भाषा जागरण मन्च युएईको स्थापनाको कारण प्रष्ट पार्दै भन्नु भयो, यो कुनै बिशेष जातीय कुरा मात्रै भन्दा पनि मगर भित्रको एक ठुलो हिस्सा जो मगर खाम भाषा हो त्यसको जागरण र उत्थान गर्नको निम्ति जन्मिएको संस्था हो । 
साथै खाम भाषा जागरण मंचको सल्लाहकार तथा कार्यक्रमका प्रमुख अथिति पृथीछक बुढा मगरले जातीय उत्पीडनमा परेका मगरहरु भित्र पनि सबै भन्दा पिछडिएको मगर भनेको हामी खाम भाषीहरु रहेको र मगर भित्रको र बाहिरको उत्पीडनको बिरुद्द खामे मगरहरु आ-आफ्नो तह र तब्काबाट जुरमुराउनु पर्ने आवस्यक परेको त्यसको  लागि अरुले पहल गर्ने कुरा भन्दा पनि आफै उठ्नु पर्ने कुरा स्पष्ट पार्नु भएको थियो ।  साथै यो मन्च जन्माउनको लागि महत्वपूर्ण भूमिका निर्बाह गर्नु हुने मंचका प्रवक्ता कैलाश खाम पुन मगर, कोषाध्यक्ष राम पुन मगर, उपाध्यक्ष हिक्मत रोका मगर, बुद्दिजीवी राम कृष्ण पुन मगर लगायत सम्पूर्ण खाम जागरण मन्चका सदस्यहरुलाई धन्यबाद व्यक्त गर्दै सम्पूर्ण युएई वासी खाम मगरहरु एक जुट हुनको लागि हार्दिक अनुरोध गर्नु भएको थियो । 

नेपाल आदिवासी जनजाति परिषदका अध्यक्ष एवं कार्यक्रमका अतिथि हरि बहादुर घर्तिमगरले परिषद्ले सदियौदेखि जातीय विभेदमा परेका नेपाली आदिवासी जनजातिहरुको जातीयमुक्तिको सवालमा युएईका जातीय संगठनहरुको नेतृत्वदायी भूमिका निर्वाह गरेको दावी गर्दै कार्यक्रम आयोजक संस्थालाई धन्यवाद एवं शुभकामना दिनु भयो । साथै नेपाल मगर संघ युएईका अध्यक्ष सुशी पुलामी घर्ति मगरले आम नेपाली मगरहरुको भाषा, संस्कृति र भेषभुषा लगायत सम्पूर्ण उत्पीडनवाट मुक्त हुनको लागि सम्पूर्ण मगरहरु एकता हुनु पर्ने धारणा राख्नु भएको थियो । 
नेपाली जनप्रगतिसिल मोर्चाका सहकोषाध्यक्ष श्री बिबस लिम्बुले नेपाली मगर खाम भाषा जागरण मन्चबाट आफुले पनि धेरै कुरा सिक्न अवशर पाएको भन्दै बिदेशमा बसेर पनि आफ्नो पहिचानलाई जोगाउनको लागि खामेहरु एकजुट भएको देखेर आफु निकैले पनि आफ्नो जातीय पहिचान जोगाउनको लागि अन्य लिम्बु समुदायहरुमा पहलकदमी गर्नु पर्ने आशा व्यक्त गर्नु भयो । 

कार्यक्रमको अन्त्यमा मंचका अध्यक्ष तथा कार्यक्रमका सभापति भुवन  बुढा मगरले मगर खाम भाषा नेपालमा बोलिने तिन प्रकारको भाषा मध्ये खाम भाषा पनि एक रहेको तर हालसम्म यसको संरक्षणको वारेमा मगरका कुनै पनि संस्थाले चासो नदेखाएको कारणले आफ्नो लागि आफै उठ्नु पर्ने आवस्यकता रहेको जिकिर गर्नु भयो । उहाँले भन्नु भयो, हिजो छ सात जना बुद्दिजीवीहरुबाट शुरु भएको जागरण मन्च यो ६ महिनाको अन्तरालमा आज एक सय खामे उपस्थिति हुनु भनेको सानो कुरा नरहेको पनि स्पष्ट पार्नु भयो ।  साथै यो पिकनिक कार्यक्रम सफल बनाउनको लागि अग्रिम भूमिका निभाउनु हुने मंचका प्रवक्ता कैलाश खाम पुन मगर, कोशाध्यक्ष राम मगर, हिक्मत रोका मगर, उपाध्यक्ष हस्त मगर, खानाको व्यवस्था गर्नको लागि अग्रणी भूमिका निभाउनु भएका मंचका महिला उपाध्यक्ष पुर्निमाया बुढा, रबिना बुढा, कमला बुढा र सिता बुढा लगाएत सम्पूर्ण खामे समुदायलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । 
बनभोज कार्यक्रम निकै सफल रहेको जागरण मंचका प्रवक्ता कैलाश खाम पुन मगरले जानकारी दिनु भएको थियो । 




No comments:

Post a Comment