Saturday, 4 January 2014

दुई मगर संघको विचको विवादको वारेमा चन्द्र सारुसंगको कुराकानी

नेपाली मगर संघ युएई र मगर संघ युएईको विचमा चुलिंदो बिबादको वारेमा छलफल गर्न केहि दिन अगाडी मात्रै जनजाती अग्रज तथा नेपाल आदिवासी जनजाती परिषद्का अध्यक्ष हरी वहादुर घर्ति मगर र अर्को हस्ती मगर संघ युएईका उपाध्यक्ष भरत राना मगरसंग छलफल गरेको थिएँ । आज त्यही विषय वस्तुको वरिपरी रहेर कुराकानी गर्न गइरहेको छु । आजको कुराकानीमा मेरो साथमा हुनुहुन्छ नेपाली मगर संघ युएईका अध्यक्ष चन्द्र सारु मगर :
अध्यक्ष चन्द्र ज्यु आरामै हुनुहुन्छ ? के छ अवुधाबी तिरको हालखबर ?
ठिकै छ कार्यक्रमको तयारीमा सम्पूर्ण साथीहरु जुटिरहनु भएको छ ।

यस पाली त दुई वटै मगर संघले एकै स्थानमा हल वुकिंग गर्नु भएको रहेछ नि ? यस्तो किन ? एकले अघि अर्कोले अलि पछी गर्न मिल्दैनथ्यो र ?
होइन, अहिले त्यस्तो छैन । उहाँहरुले दुवईमा कार्यक्रम सार्ने कुरा निश्चित गरी सक्नु भएको छ । जहाँसम्म कार्यक्रम एकै मिति, तिथि र स्थानमा हुनुले केही व्यवधान त अवस्य पनि खडा हुन सक्दथ्यो । तर नेपाली मगर संघलाई यस प्रकारको रवैयावाट वेफाइदा भने थिएन । फाइदै फाइदा थियो । परिस्थिति आफु अनुकुल नभए उहाँ पछी पछी हट्नु भएको हो । नत्र उहाँहरुको योजना हाम्रो कार्यक्रम विफल तुल्याउनको लागि कसरत गर्नु भएको अवस्य हो ।

एकै स्थानमा हल वुकिंग गरेर धेरै झगडाको चुरो चुलिएको हो त ?
यति सस्तो कुरा तिर पनि नजाउँ पृथी छक जी । यसको आफ्नो पाटो त होला तर हाम्रो विवाद यतिमा मात्रै सिमित थिएन । हाम्रो विवाद विचारसंग छ । यतिले मात्रै विवाद भएको होइन । यो त पछिल्लो परिणाम मात्रै हो ।

कस्तो विचार ? प्रष्ट भन्दिनुस न । के भिन्नता भयो तपाईंहरुको विचमा ? के हो त्यो विचार भनेको ?
जुन पहिचानको वारेमा हामीहरु लडिरहेका छौं आज त्यहि पहिचान मगर संघ युएईले निमिट्यान्न पारयो । तपाईकै अन्तर्वार्तामा एक जिम्मेवारी व्यक्ति भरत राना मगर जीले नेपाल र नेपाली भएको कुरा भन्दा आफु मगर भएको कुरामा गर्भ गरेको कुरा स्विकार्नु भएको छ । त्यसको अर्थ उहाँहरु नेपालीको स्वाभिमान अथवा नेपाली जातिहरुको पहिचानको अधिकारलाई खतम गर्ने खालको अभिव्यक्ति दिनु भएको छ त्यो आफैमा गलत कुरा हो । किन भने हामी नेपालीहरुको नेपालीपन नै हाम्रो पहिलो पहिचान हो । हाम्रो नेशनले हामी नेपाली जाति भएको प्रष्ट पारिरहेको छ । उहाँहरुले त नेपाल र नेपालीको पहिचानलाई गुमनाम बनाउने काम गरिरहनु भएको छ । त्यो उनीहरुको ब्यबहारले प्रष्ट पारिरहेको छ । प्रष्ट रुपमा हाम्रो विचारहरु बिभक्ति भएका छन् ।

मैले हिजो अशोकजीहरूसंग पनि मेट्रो पार्कमा यहि विषयमा जिज्ञाशा राखेको थिएँ । उहाँहरु पनि संघको नामको अगाडी नेपाली राख्न सकिन्छ भनेर सकारात्मक धारणा राख्नु भएको थियो । यदि उहाँहरु नेपाली राख्न राजी हुनुहुन्छ भने समस्या वाँकी कहाँ रह्यो त ? 
राजी भएर मात्रै भएन नि सर । व्यवहारमा लागु गर्नु पर्यो नि । फेरी यहाँ संघको नाममा मात्रै विवाद छैन । कुरा नियतको छ । यो पनि सक्दछ कि, नाम नभए पनि त्यसले हाम्रो जातीय पहिचानलाई रक्षा गर्न सक्दछ । नाम झुण्डिएको छ नेपाली तर काम, कर्तब्य र ब्यबहारमा नेपालीपन र राष्ट्रियताको कुरामा फितलो भयो भने त्यो झुन्डिएको नामको के फाईदा ? त्यसैले कुरा के हो भने यहाँ मगर र मगर जातिको उत्थान र सरक्षण गर्ने सवालमा कामको मुल्याकन गरेर  सक्षम मान्छेहरुले संघको रक्षा गर्नु पर्ने देखिएको छ । जो मगरहरुको ईतिहासको वारेमा विचार गर्न सक्दैन त्यो कसरी मगरहरुको उत्थान गर्न सक्छ त भन्नुस त ?

यो कुरा त उहाँहरु पनि त्यहि भन्नु हुन्छ । तपाईंहरु एक आपसमा कुरूक्षेत्रमा व्यस्त हुनु हुन्छ, कसरी मगर जातिहरुको उत्थान गर्न सक्नु हुन्छ त ? यो त अपत्यारीलो कुरा भएन र ?
होइन तपाईंहरुले मुल्यांकन गर्ने कुरा हो । मेरो विचार भन्नु हुन्छ भने यसलाई कुरुक्षेत्रकै रुपमा लिने गरेको छैन । पहिले युएईमा नेपाली मगर संघ थियो तर त्यो पछाडी गएर विघटन गरिएको थियो । त्यसलाई हामीले पुनर्जीवित तुल्याएका मात्रै हौँ । निर्माणको क्रममा अगाडी पछाडी निकै ब्यबधानहरु आई पर्ने गर्छन । कति कसिंगरहरु सफाई गर्नु पर्ने हुन्छ । अहिले हामी ति कसिंगरहरु साफ गर्ने क्रममा छौँ । कथित वाहुनबादीहरुको मलामीहरुलाई चोख्याउने क्रममा छौं । यो पनि मगर जातिहरुको निम्ति एक उपलब्धि मुलक काम हो ।

अध्यक्ष ज्यु, मलाई वारम्वार एउटा कुराले हमेशा घच्घाउने गरेको छ कि, किन यदि मगर जातिहरुको पहिचानलाई रक्षा गर्न साँच्चिकै ईच्छा शक्ति तपाईंहरु भित्र हुन्थ्यो भने त्यहीं मगर संघ युएई भित्रै रहेर पनि संघर्ष गर्न सक्नु हुन्थ्यो नि ? किन संगठन चिरा पार्नु भएको होला ? अलिकति पनि जिम्मेवारी वोध लागेन ?
जिम्मेवारी वोध मलाई लागेको छ सर । सव भन्दा वढी लागेको छ । त्यसमा शंका नगरे हुन्छ । कुरा रह्यो संगठन चिरा पारेको सवाल छ, हामीले यसलाई फुटवादको रुपले हेरेका छैनौं । पुनर्निर्माण वा पुनर्गठन गरिएको हो । कसैले यो बिचार गरेको छ भने त्यो सरासर गलत हो । हामीले जुन निर्णय गर्यौं यो नै अहिलेको आवस्यकता हो ।

अनि कसरी अघि वढ्नु हुन्छ त ?
अहिले विभिन्न तह र तव्काका मगर साथीहरु संघमा आवद्द  हुनको लागि सम्पर्क गर्दै आउनु भएको छ । अब हामीहरु सक्दो मगर संघ युएई भित्रका पहिचान र राष्ट्रियताको माया गर्ने साथीहरुलाई पनि समेट्दै अघि वढ्ने सोच गरेका छौं । 

अनि केही दिन अगाडी मात्रै मैले सुनेको थिएँ, नेपाली मगर संघ युएई र मगर संघ युएईको विचमा वार्ता हुँदै छ । तर हिजो मैले अशोकजीहरू मिटिंग सकेर फर्किने बेलामा संयोगवस यहि वार्ताको प्रसङ्गलाई लिएर प्रश्न गरेको थिएँ । उहाँको भनाई अनुसार "वार्ताको ढोका सधै खुल्ला रहेको तर केन्द्रीय समितिलाई त्यस वारेमा कुनै जानकारी नभएको" कुरा गर्नु भएको छ । खासमा कुरा के हो, नेपाली मगर संघले आफ्नो सेफ ल्यान्डिङको लागि वार्ताको प्रोपोगान्डा गरेको त होइन ?
होइन, होइन । बिल्कुलै हाम्रो निम्ति सेफ ल्यान्डिङको आवस्यकता छैन । यो हामीहरुले निकालेको कुरा होइन । जव कार्यक्रम एकै ठाउँ, एकै स्थानमा हुने भयो तव परिस्थिति हाम्रो निम्ति केहि सहज भएको कारणले विछिप्त परेका मगर संघ वरु आफ्नो स्पेस वलियो वनाउन मिलेर जानु परयो भनेर वार्ताको निम्ति कोसिस गरेका हुन् तर वार्तामा उहाँहरुको खासै बलियो एजेन्डा नभएको हुनाले र हाम्रो तर्फवाटको एजेण्डाहरुले उनीहरुमा एक किसिमको मनोवैज्ञानिक भय उत्पन्न गर्यो र वार्तावाट प्राय भागेको स्थिति अवस्य हो । तर वार्ता मगर संघ युएईले नै पहिलो पटक उठाएको हो ।

No comments:

Post a Comment