सुशी पुलामी आबुधाबी - ११ जनवरी र नेपाल आदिवासी जनजाति परिषद युएईको दोस्रो बैठक अध्यक्ष हरि बहादुर घर्ति मगरको अध्यक्षतामा परिषदको कार्यालय आबुधाबीको पेप्सीकोलामा सम्पन्न भएको छ ।
बैठकमा युएईमा रहेका नेपाली आदिवासी जनजातिहरूमा आफ्ना जातीय चाडपर्व लोसार, योमरी पुन्हि, माघी, साकेलालिम्बू मौलिक चाड कःफेवा तङनाम, र माघेसक्रान्ति लगाएत अग्रेजी नयाँ वर्ष २०१४ को पावन अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो ।
साथै नेपाली आदिवासी जनजाति मध्येको एक प्रमुख जाति नेपाली मगरहरुहरुको विशेष चाड माघेसक्रान्ति र नयाँ वर्ष २०१४ को अवसरमा नेपाली मगर संघ युएईको आयोजनामा १७ जनवरी २०१४ मा आबुधाबीको फेमली कर्नेस पार्कमा हुन गै रहेको शुभकामना एवं पिकनिक कार्यक्रम र संघको आफ्नो मातृसंस्था नेपाल मगर संघको स्थापना दिवश “मगर दिवश फाल्गुण १५” तदनुसार युएईमा फेब्रुरी २१ मा केरला सोसियल सेन्टरमा मनाइने २१ मगर दिवशमा आवस्यक सहयोगको लागी नेपाली मगर संघ युएईवाट परिषदलाई अनुरोध भै आएकोले सोहि अनुसार बैठकमा छलफल भै उल्लेखित मगर दिवश भव्य र ऐतिहासिक गराउन सवै प्रकारका सहयोग समेत गर्ने निर्णय गरेको छ ।
बैठकलाई सचिवालय सदस्य अनुममा राईले संचालन गरेकी थिइन् भने प्रवक्ता सोनाम दोर्जे लामाले स्वागत गरेका थिए ।
No comments:
Post a Comment