Saturday, 18 January 2014

आज चाहि बाबु आमा नै भेटाएकी-दीक्षा चापागाई

कहिले आमा त कहिले बाबु भेटाउने गरेकी थिए तर आज चाहि बाबु आमा नै भेटाएकी छु । आफुले जन्म दिएका सन्तानले कुटेर घर बाट निकालि दिए पछि विगत एक बर्ष देखि बेवरिशे जिवन विताउदै आएका वृद्ध दम्पतिलाई आज मैले आश्रममा ल्याएकी छु । साहित्यकार अमेरिका निवासी दाई ज्ञानेन्द्र गदालले दिक्षा कता छौ , आज मेरो जन्म दिन एक छिन बच्चाहरुको लागि केहि खानेकुरा लिन आउन भने पछि खुशीले अन्धाधुन्द स्कुटर तित्र्र गतिमा लिएर नक्साल तिर जादै गर्दा बाटोमा आखाँ परे मेरा एक वृद्ध मान्छेले एक वृद्ध महिलालाई बोक्नको लागि उठाउन नसकेर हात टेकि रहेको अवस्थामा । मैले झलमल्ल घाम लागि रहेको यो विहानमा अन्धकार देखे र रोकिए अनि सोधे बुबा हजुर को हुनु हुन्छ ? र यी महिला को हुन ? काहाँ जान लाग्नु भएको हो ? उनले भने छोरी उनि मेरी प्राण प्यारी , जीवनको एक मात्र साहारा पत्नी हुन र उनि विरामी छन । खुट्टा छोराले कुटेर भाँचिदिएको छ, हिडन सक्तिनन, उनि ८४ बर्ष कि भएन र म ७६ बर्षको । उनि हामी एकै दिन मर्ने हो । उनि पहिला मरीन भने म पनि उनि मरेकै चितामा सति जान्छु । कस्तो प्रेम ..................? लाग्छ मलाई यो संसारमा एउटा पति ले पत्नीलाई गर्ने यो प्रेम र सर्मपर्ण नै े नमुना र उत्कृष्ट प्रेम हो । त्यस पछि अहिले उनि हरुलाई मैले सम्मान साथ हाम्रो आश्रम पवित्र समाज सेवा नेपालमा ल्याएकी छु । आज देखि फेरी परिवारको सदस्य संख्या बढेको अवस्थामा मेरो मनमा खुशी लागेको छ । हजुरहरु लाई याद होला सायद , आज भन्दा केहि महिना अगाडि उहाँ हरुको बारेमा कान्तिपुर दैनिकमा समाचार तथा तस्विर पनि छापिएको थियो रे । Dikchhya Chapagai M: 9851060086.





No comments:

Post a Comment