Sunday, 12 January 2014

आदिबासी जनजातिकै महत्वपुर्ण खम्बा हो मगरजाती-प्रताप बुढामगर रोल्पा ।

स्वभाबै रूपमा नेपाल विभिन्न जातजाती र भाषाभाषीले भरिएको एउटा बहुभाषीक, बहुसंस्कृती भएको राष्ट्र हो । यस मध्ये कै मगरजाति पनि आफ्नै मगरभाषा धर्म मगरसंस्कृति मगरभूमि र मगर भेषभूषा भएको जाति हो । मगरजाती आदिबासी जनजाती समूहमा पर्दछ । साथै यो मगरजाती आदिबासी जनजाती समुहको सबै भन्दा ठुलो जनसंख्या भएको जाती पनि हो । जनसंख्याको आधारमा नेपालको तेस्रो ठूलो जनसंख्या भएको जातीमा पर्छ भने मगरजाती नेपाल आदिवासी जनजातिहरुको हकमा भने प्रथम श्रेणीमा पर्दछ । नेपालमा मगरहरूको जनसंख्या करिब ४० लाख रहेको छ । अन्य जातीहरूको आफ्नै भाषा र भेषभूषा भए झैँ मगरहरूको पनि आफ्नै भाषा, भेषभूषा, चाडँपर्ब र परम्परा छ । मगरहरुको आफ्नै भाषा छ । बिशेष गरी तीन थरीमा बर्गीकृत मगर ढुट, खाम र काईके भाषाहरु छन । अरू जातिको तुलनामा मगर जातिमा अलि बढी विविधता भेट्न सकिन्छ त्यसैले पनि मगर भनेर सबैले गर्व गर्छन् र गर्नु पर्छ । विविधता नै मगर जातिको लागि एउटा गहना र गर्बीलो विषय पनि हो । देशको एउटा प्रमुख जाति भएर पनि मगर जातीहरु राज्यको पहुँचदेखि टाढै छन् । जो पेशाका हिसाबले उही कृषि र लाहुरे प्रथामै सीमित हुन बाध्य छन् । भलै पछिल्नो चरणमा केहि परिबर्तन भए पनि । राजनीतिक चेतनाको अभावका कारण मगरजाती राज्यका हरेक अवसरबाट वन्चित हुनुपरेको हो भन्नेमा कसैको दुईमत छैन । नेपालको पूर्व मेची देखि पश्चिम महाँकाली सम्म र हिमालदेखि तराईसम्म फैलिएर बसोबास गर्ने जातिको रुपमा पनि लिइन्छ यो मगरजातिलाई, चाहे तराईको धनुषा र सिराहामा किन नहोस् चाहे हिमालको डोल्पा, मुगुमा किन नहोस् मगरजातिको राम्रो उपस्थिति छ । त्यसैगरी पूर्वको इलाम र झापा या पश्चिमको कैलाली र कन्चञनपुरमा पनि मगरजातिको राम्रै उपस्थिति भेट्न सकिन्छ । रोल्पा, रुकुम, पाल्पा, म्याग्दी, बाग्लुङ, तनहुँ र नवलपरासीमा त झन् राम्रै बाहुल्यता भएको जिल्ला हो मगर जातिको । कला संस्कृति भेषभुषा र चाडँपर्वको विविधताले सम्पन्न मगर समुदाय नेपालको प्राय सबै जिल्लाहरुमा बसोबास गर्दै आएका मगरहरुले भव्यताका साथ मनाउने बिभिन्न चाडँ पर्वहरुमध्ये माघे संक्रान्ति पनि एक प्रमुख चाड हो । यो चाडँ सम्पुर्ण मगर समुदायको निम्ती गत २०६५ माघ एक गतेबाट बिशेष हर्षउल्लासका साथ मनाउँन सूरु गरिएको हो । नेपाल सरकारले २०६५ सालबाट यसलाई राष्ट्रिय पर्व तथा मगरजातीको प्रमुख पर्वको रुपमा मान्यता प्रदान गरेपछि यसलाई बिशेष महत्वका साथ मनाउन शुरु गरिएको हो । मगरजातीका साथै अन्य समुदायले माघे संक्रान्तिमा तरुल, खिचडी जस्ता परिकार बनाएर खाने चलन रहेको छ । बिभिन्न समाज समुदाय र स्थान अनुसार यो चाडको मुल्य मान्यता र चाल चलनहरु फरक-फरक भएपनि । रोल्पाका मगरजातीले बिशेष गरेर माघे संक्रान्ति वा माघ एक गतेको दिन बिहानै नुहाई बुवा दाजु या भाईले सबै चेलिबेटीहरुलाई भेला गराएर खिच्री अर्थात (रोटी,सेलरोटी, केरा,चामल,दक्षिणा, तरूल लाई एउटा चिउरीको टपरिमा राखेर बनाईएको हुन्छ यसलाई खिच्री भनिन्छ भलै ठाउँ बिशेष नाम फरक हुनसक्छ । ) चढाइ पुज्ने गर्दछन् । घरमा उपस्थित सम्पुर्ण दिदिबहिनीहरुको पूजा गरिसकेपछि फेरी बिवाहीत चेलीहरुको घर-घरमा पुगेर खिच्री बाँड्ने चलन पनि रहेको छ । घर देखी ताधा रहेका छोरीचेलीलाई दोस्रो दिन खिच्री पुर्र्याईदिने वा आएपछि दिने चलन पनि छ । सबै चेलीहरुलाई खिच्री दिएर पुजि नसक्दा सम्म केही पनि खानेकुरा पनि खानु हुँदैन । माघे संक्रान्तिको दिन चेलीलाई कुनै पनि काममा लगाउँनु हुँदैन भन्ने मान्यता रहेको छ । गाँउघरमा रहेका सम्पुर्ण अविवाहित चेलीहरु गाँउटोलका साथिहरुसँग टोली बनाई घर-घरमा पुगेर केहि खाने कुरा चामल, रोटी, तरूल माग्ने गर्दछन् । घरबेटीले प्रत्येक समुहमा आउनेलाई चिउरीको अथवा सालको पातबाट बनेका टपरीमा एक टपरी चामल गहुँ र गहुँको रोटी सेलरोटी तरूल सहित पाँच÷दशँ रुपैयाँ जति सकिन्छ त्यति दिने चलन रहेको छ । यसरी मागेको सामानलाई संकलन गरेर त्यहि दिन वा दोस्रो दिन विषेश गरेर चेलीहरुले घरदेखि बाहिर गएर अर्थात कुनै ठुलो चउँरमा गएर संगीहरुसंग रमाईलो गर्दै खानाको परिकार बनाएर खाने अनि कपडाका मान्छेका आकारमा बेहुली बनाएर जलाउँने रंग अबिर दलेर रमाईलो गर्ने चलन पनि छ । तर पछिल्लो चरणमा यस्ता कार्य र गतिबिधिहरु प्राय जसो लोप हुदै गईरहेका छन् । त्यसैले देशभित्र या बाहिर जताततै निकै खुसीका साथ मनाईने माघे संक्रान्तिको आफ्नै छुट्टै समाजिक तथा धार्मिक महत्व रहेको हुँदा यसको स्थानिय र राष्ट्रियस्तरमा संरक्षण तथा व्यवस्थापनको जरुरी रहेको छ । प्रतिक र धार्मिक कृष्टिकोणले दान दक्षिणा गरी पुण्य प्राप्ति सेवा र सद्भावको महत्व बोकेको माघे संक्रान्ति लाई आपसमा सम्बन्ध र मित्रता कायम राखी कष्टमय जीवनलाई एकदिन भएपनि बिर्सेर मनोरन्जन गर्न पाउने अवसरको रुपमा लिन सके मगर समुदायको सस्कृती रक्षा सँगै यसले आपसमा सद्भावको विकाशमा समेत सहयोग पुग्ने थियो । चाडँ पर्बले जस्तै आफ्नै बिशेष पहिरन र परम्पराले पनि मगरहरुलाई बिशेष पहिचान दिलाएको छ । पुरुषहरुको बिशेष पहिरन भोटो-कछाड सँगै निलो पटुकी र भाङ्ग्रा, शिरमा टोपी अनि महिलाहरुको बिशेष पहिरन मखमली चोली र घलेक, छिट्को गुन्यु, पहेंलो/निलो पटुकी, गलामा पहेंलो/हरियो पोते साथैमा कण्ठमाला/मुगामाला, शिरमा शिरफुल अनि चन्द्र, कानमा माडवारी, नाकमा बुलाकीले पनि पहिचान स्थापित गरिदिएको छ । तर पछिल्लो चरणमा आएर मगरजातीले बिस्तारै छोड्डै जानु र पहिचान बिरोधीहरूले मिच्दै जानुले मगरजातिको भाषा, भेषभूषा, चाडँ पर्ब नै धरापमा पर्ने देखिन्छ । आज पहिचानको आवश्यकता तिनै जाति र समुदायलाई छ जसको बर्षौ विभेदका कारण वर्तमानमा आइपुग्दा सम्म पनि आफ्नो पहिचान पाउँन सकेका छैनन पहिचान तिनलाई चाहिएको हो । यसतो अस्थामा जसले सामन्ति सत्ताको निर्माण गर्दै राष्ट्रिय समुदायको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेका समुदाय छन् उनिहरूले ती उत्पीडित जाति वा समुदायको पहिचान स्थापित गर्न सहयोग गर्नुपर्ने ठाउँमा विरोध भै रहेको छ । यहि निर बर्गीय पक्षधरको कुरा मुख्य हुँदोरहेछ र यो वर्गसंघर्षसँग अभिन्न रुपमा जोडिदोरहेछ । भन्दा जातजाती र भाषाभाषीले भरिएको एउटा बहुभाषीक, बहुसंस्कृती भएको राष्ट्र हो भन्ने तर उत्पीडनमा परेको जातजाती अर्थात जनजातीले आफ्नो अधिकार र पहिचानलाई स्थापित गर्न खोज्दा पनि पहिचान बिरोधीहरूले गिद्धे नजर लगाईरहेको यस्तो अबस्थामा हामी सचेत भएर ठाउँठाउँमा पहिचानको बारेमा व्यापक भएर भाषा, धर्म भेषभुषाको रक्षाको निम्ति जनचेतना अभियान गोष्ठी सभा चलाउँछौ तर यसमा राजनीतिक दलमा आवद्ध भएका जातीय मोर्चाहरू पनि सँगसगै आएका छन् । हामी यस्ता राजनीतिक दलमा आवद्ध ब्यक्ति सँग समन्वयकारी भूमिका खेल्दैछौं जसले “मगर” भनेर गर्व गर्नुपर्ने ठाउँमा आफूलाई “मगर” नै होइन भन्ने हिन्दु सोंचाइबाट ग्रसित मगरहरू सँग सहकार्य गर्दैछौ । यस किसिमका भाईरसहरू लाई बेलैमा चिनेर त्यस किसिमका ब्यक्तिहरू बाट सधै ताधै रहन आबश्यकता छ । सांगठनिक चेतनाको विकाससँगै बढ्दै गएको पदलोभ र अहम्ताले मगर जातिमा फाटो र आपसी द्धन्द्ध ल्याउँनमा प्रमुख भूमिका खेलेको छ । कतिपय विद्वान्हरुले भाषाको आधारमा पनि मगर जातिलाई विभाजन गरेका छन् खाम मगर र मगर भनेर । तर यसरी विभाजन गर्नु निकै घातक हुने देखिन्छ । पछिल्नो चरणमा पुनमगर बिचको बिबाद त झनै घाटक मात्र हैन आर्यघाट सम्म पुगिसकेको देखिन्छ । यो अरू केहि नभएर ४० लाख जनसंख्या रहेको मगरजातिलाई छिन्न भिन्न गर्ने दुस्सास हो । मगरजाती आदिवासी जनजातिको खम्बा मात्रनभएर देशकै खम्बा हो । राष्ट्रकै तेस्रो ठुलो बाहुल्यता भएको जातीलाई टुक्राएर यसले कसैको हित गर्दैन यस बिषयमा सबैको ध्यान जाओस् । जातीय,भाषीक र सांस्कृतीक विविधताले नै नेपाललाई विश्वमा चिनाउने एक विषेशता हो । विभिन्न कारणले भाषा र रहनसहन लोप हुँदै जाँदा त्यसले देशको सांस्कृतीक विधितामा पनि दिर्घकालीन असर नपार्न भन्नसकिदैन । त्यसैले सदभावका साथ सबै जातजातीको कला, संस्कृती र रहनसहनको संरक्षण गर्न स्वयम सम्बन्धित जातीको आबश्यकता छ । त्यसकारण जसको पहिचान बर्षौ देखी विभेदका कारण वर्तमानमा आइपुग्दा सम्म पनि आफ्नो पहिचान पाउँन सकेका छैनन ति जाती एक धिक्का भएर पहिचानको लागी सर्घष गर्नु पर्ने आजको आबश्यकता हो । त्यसकारण उत्पीडनमा परेका आदिवासी जनजातिहरुका अधिकारमूखी आन्दोलनहरुमा सक्रिय सहयोग पुर्र्याउने र ऐक्यवद्ध जनाउने आदिवासी जनजाति सभासदहरु, राजनैतिक दलहरुसँग सम्दद्ध आदिवासी जनजातिका संघसंगठनहरु, बुद्धिजीवि, राजनैतिक दलका नेता, मानव अधिकार कर्मी संचारकर्मी, नागरिक समाज तथा आम न्यायप्रेमी आदिबासी जनजाती जनसमुदायहरुलाई पहिचानको पक्षमा एकजुत हुन हार्दिक आव्हान गर्दै एकधिक्का भएर अगाडी बढौ बढाऔ । जसले हाम्रो गुमेको पहिचानलाई स्थापित गर्नेछ । भन्दै नजिकिदै गरेको मगरजातीको महाँन पर्ब माघे संक्रान्तिको हार्दिक मंङगलमय शुभकामना ब्यक्त गर्दछु ।
जय मगर, जय आदिबासी जनजाती ।

No comments:

Post a Comment