Sunday, 19 January 2014

दुवईमा वाल्गुङ गल्कोटे युबाहरुद्वारा बुद्धको प्रचार


 ५ माघ, दुबई – आफ्नो छुट्टै पहिचान बनाउदै आयको यु ए ई मा कार्यरत जागरुक गल्कोटे युबाहरुको अग्रसरतामा समाजमा रहेका उत्पीडित उपेक्षित बर्गमा परोक्ष या अपरोक्ष सहयोग पुर्याउने हेतुले स्थापना भएको सस्था “गल्कोट समाज यु.ए.इ.” ले गत हप्ता आफ्नो आर्थिक सुदृधिकरण गर्न र सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मेका हुन् भनि संसारभर चिनाउने हेतुले  एक कार्यक्रम आयोजना ग¥यो ।

कार्यक्रम गल्कोट समाज यु.ए.इ.ले  Buddha was born in Nepal लेखिएको टी-सर्ट बिमोचन ग¥र्यो । कार्यक्रम सभापतित्वो सस्थापक अध्यक्ष श्री तारा मल्लले गर्नु भएको थियो भने संचालन प्रचारप्रसार संयोजक शेरु कार्कीले गर्नु भएको थियो । 

स्वागत मन्तब्य सस्थाका बरिस्ठ उपाध्यक्ष श्री सुशील थापाले दिनुभएको थियो भने सस्थाको आगामी उधेश्यका बारेमा सस्थाका कोशध्यक्ष श्री निर्दोश खात्रि ज्युले प्रकाश पार्नु भएको थियो  अतिथिको रुपमा बाग्लुंग सेवा समाज यु.ए.इ. का अध्यक्ष श्री पिताम्बर पाण्डे, गुल्मी सेवा समाज यु.ए.इ का अध्यक्ष श्री मोहन खत्री तथा सचिब टिकाराम खरेल, नेपाली जनसम्पर्क समिति यु.ए.इ का कार्यबाहक शभापति श्री कृष्ण गौतम एबम नेपाली मगर संघ यु.ए.इ का चुमान काउछा मगरको उपस्थिति रहेको थियो  

कार्यक्रममा बोल्ने अधिकतम बक्ताहरुले यो गल्कोट समाजर बाग्लुंग समाजको मात्र नभई सिंगो देशको पहिचान सहितको योजना तर्जुमा गरेकोमा गल्कोट समाज यु.ए.इ. लाइ बिशेष धन्यबाद दिदै यसकार्यमा सम्पूर्ण नेपालीहरुको सहकार्यको आबस्यकता रहने हुदा सम्पूर्ण उपस्थीतमा अनुरोध गर्नु भएको थियो 

No comments:

Post a Comment