केहि दिन अगाडी मात्रै नेपाली मगर संघ युएई र मगर संघ युएईको विवादको बिषयलाइ लिएर मैले मगर संघ युएईको उपाध्यक्ष भरत राना मगरसंग केहि अन्तर्वार्ता लिएको थिएँ । आज नेपाली मगर संघ युएई र मगर संघ युएईको विचमा भइरहेको विवादको वरपर रहेर फेरी अर्का एकजना सर्जकसंग कुराकानी गर्न गइरहेको छु । उहाँ हुनुहुन्छ, नेपाल आदिवासी जनजाति परिषद युएईका अध्यक्ष्, नेपाली मगर संघ युएईका प्रमुख सल्लाहकार, संरक्षक एवं भूपू अध्यक्ष हरि बहादुर घर्तिमगर !
कुराकानी शुरु गरौँ । केहि दिन अगाडी मगर संघ युएईका उपाध्यक्ष भरत राना मगरसंग कुराकानी गरेको थिएँ पछिल्लो दुई मगर संघको विचमा विकसित घटनाक्रमको वारेमा। आज त्यहि विषयमा आधारीत रहेर हाम्रो कुराकानी हुने छ ।हो, मैले पनि त्यो अन्तर्वार्ता पढेको थिएँ । साह्रै दु:ख लागेर आएको छ । मलाई लागेको छ कि ति भ्रमहरु जस्तो उहाँले मगरहरुको विचमा छर्ने कोसिस गरिरहनु भएको छ, त्यो सवै प्रकारका भ्रमहरु चिरफार गरिनु पर्छ । सवैले जान्नु र वुझ्नु आबस्यकता देखिरहेको छु । जस्तै उहाँले आफ्नो फ़सवुक वालमा "पागल कुकुरले टोक्यो भन्दैमा, हामीले पागल कुकुर लाई टोक्नु, त्यो पागल कुकुर र हामीमा फरक केहि हुँदैन, त्यसैले बुद्धिमानी, सक्दो पागल कुकुर बाट धेरै टाठा रहनु, या त्यसलाई उचित व्यवस्था गर्नु" "आकास तिर फर्केर थुक्दा आफनै अनुहारमा पर्छ भनेर थाहा हुदा हुदै किन केहि मानिसहरु आकास तिर फर्केर थुक्ने गर्छन कहिँ उसको मगज सन्तुलन नभएर होकि" तपाईंको अन्तर्वार्तामा उक्त लेखमा मेरो भावना लेखेको हुँ । मैले कसैको मनमा ठेस पुगोस भनेर लेखेको होइन र मैले कुनै संघ संस्था र ब्यक्ति को नाम छोएर लेखको छैन भनेर भन्नु भएको रहेछ मगर संघ युएईका वरिष्ठ उपाध्यक्ष भरत रनाजीले । मलाई मेरो गाउँको एउटा घटनाको स्मरण छ, मेरो गाँउमा एकजना महिला मानसिक विरामी थिइन् । उनी जव घरवाट निस्कन्थिन् तव कोहि कसैको नाम नतोकिकन विभिन्न किसिमका पांडे गालीगलौज गर्दै चिच्चाउँदै चिचाउँदै “उहाँकै शव्दमा उनका भावना” पोक्दै पुरा गाउँ चाहार्थिन् | उनको मानसिक सन्तुलन विग्रेको थियो र त्यसो गर्थिन् तर भरतजी यस्ता अमर्यादित, अशोभनीय एवं असभ्य किसिमले मनका भावना किन पोक्नु आफैमा शंका लाग्ने ठाउँहरु छन् । म सानो छदाको एउटा अर्को घटनाको स्मरण भयो । म सानो छँदा मेरा राम र श्याम नामका २ जना साथीहरू थिए । स्याम अति चलाख र धुर्त थियो । उसले रामलाई देखाउदै तँ रामे चोर भनेर भन्यो । अनि रामले मलाई किन चोर भनिस् भनेर झगडा गर्न खोज्दा, तलाई भन्न खोजेको होइन राम,
"औलो राम तिरै देखाए औलाको टुप्पो घुमाउदै तिर देखाएर भन्यो "मैले त हरिलाई पो भनेको त" मैले भन्न खोजेको के हो भने उक्त लेख रचनाहरु नेपाली मगर संघ र त्यसका सुभ चिन्तकहरुलाई नै औंला ठड्याईएको थियो ।
भरतजीले कुराकानीको क्रममा भन्नु भएको जुन नेपाली मगर संघ युएईलाई मगर संघ युएई मात्रै वनाउनको लागी छैठौं महाधिवेशनमा प्रवास कमिटिका संयोजकको सल्लाह बमोजिम प्रस्ताबमा लगिएको र त्यहीं छैठौं महाधिवेशनवाट सर्व सम्मतिको रुपमा पारित गरेर संघको नामवाट नेपाली भन्ने शब्दावली हटाईएको हो भनेर भन्नु भएको थियो । केही संघका नामहरु उदाहरणको रुपमा पनि प्रस्तुत गर्नु भएको थियो, जस्तो कि पाल्पा मगर संघ, नवल परासी मगर संघ, तनहु मगर संघ, जसका नाम अगाडी नेपाली छैन । यो त गम्भीर विषय भएन र ? संघको नामवाट नेपाली हटाउनुमा तपाईंले के भन्नु हुन्छ ?
यो जवाफ अत्यन्तै कपोकल्पित, मनगनन्ते, भ्रामक मात्रै नभई फटाई, जालसाझी, धोकेवाज, छलकपट र ठगपूर्ण देखिन्छ । केहि महिना पहिला मगर संघ युएईका (तत्कालिंन अध्यक्ष) जसका पालामा नेपाली मगर संघ युएईवाट राष्ट्रिय पहिचान निकाल्ने काम भयो । उहाँ नुन प्रसाद सोमई मगर ज्यूले मलाई फोनवाट नेपाली मगर संघ युएईवाट नेपाली राष्ट्रिय पहिचान झिक्ने काम नेपाल मगर संघको प्रवास कमिटी संयोजकको सल्लाह अनुसार भएको हो भनेर भन्नु भयो । अनि उहाँलाई मैले तत्कालै भने अध्यक्ष ज्यू लेखित पत्र आएको होला होइन ? किनभने युएईका ५० औ हजार मगर जातिको संस्थालाई राष्ट्रियता पहिचान विहिन वनाउने काम कोहि कसैको मौखिक सल्लाह अनुसार त तपाईहरुले पक्कै गर्नु भएको छैन । कि कतै जाँड भट्टीमा दिएको सल्लाह सुझाव कार्यान्वयन गर्नु भएको हो ? यस्तो सल्लाह दिने त्यो प्रवास कमिटीको संयोजक महाशयको नाम के हो ? वताईदिनुहोस् । हाम्रो संस्थाको राष्ट्रिय पहिचान मेटाउन सल्लाह दिने त्यो अधिकार उहाँले कहाँवाट पाउनु भयो ? जवकी नेपाल मगर संघको विधान- २०४९ नवौ राष्ट्रिय महाधिवेशन २०६४ द्वारा संसोधन सहित १७ को (घ) भात्रुसंगठनहरु: संघको उदेश्य प्राप्तिको लागी आवस्यक कार्यक्रम संचालन गर्न निम्न भात्री संगठनहरु खोल्न सक्नेछन । महिला, विद्यार्थी, सास्कृतिक, भू.पु.सैनिक, सम्पर्क समितिको समन्वय समिति, युवा संघ, खोल्न, सक्नेछन् । विदेशमा सेवारत रहेका मगरहरुले आफु रहेका देशको नामले खोलिएका संघका संस्थाको रुपमा रहनेछन् । उक्त संघ संस्थाहरु नेपाल मगर संघको अभिन्न अंग हुनेछन् । यसको कानूनी हैसियत संघको जिल्ला समितिको स्तरको रहनेछ । भनेर प्रष्ट उल्लेख भएको अवस्थामा संघको विधान वाहिर गएर मनपरी सल्लाह दिनेलाई हामी मगरहरूले छोड्न हुँदैन, मलाई कृर्पा गरी उहाँको फोन नम्बर दिनुहोस् म अहिलेनै उहाँलाई फोन गर्दछु र आवस्यक कारवाहिको लागी अगाडी बढ्छु भन्दा फोन काट्नु भएको थियो । जहाँसम्म भरतजीले प्रवास अथवा नेपाली भूमिमा पनि नेपाल मगर संघको भात्री संगठनहरुको नामको अगाडी नेपाली नै छैन, भन्ने जस्ता भ्रम पूर्ण कुराहरु छन् जुन उहाँले आफ्नो उदाङ्गो चरित्र ढाकछोप गर्ने प्रयत्न गर्नु भएको जस्तो मैले महसुस गरें । त्यसो भए उहाँले अगाडी नेपाली रहेको संघहरुको कुरा किन गर्नु भएन ? नेपाल मगर संघ जिल्ला समिति काठमाडौँ, नेपाल मगर संघ कैलाली, नेपाल मगर संघ इजरायल, नेपाल मगर संघ ब्रुनाइ अन्य पनि छन् । यदि उहाँलाई थाहा छैन भने यी नामहरु पनि हेर्न सुझाब दिन चाहन्छु । मगर संघ दक्षिण कोरिया, नेपाल मगर संघ बेल्जियम र नेपाल प्रवासी मगर संघ दोहा-कतार छन् भने नेपालको वारेमा त तपाईलाई फिटिक्कै थाहाँ रहेनछ । पाल्पा मगर संघ, नवल परासी मगर संघ, तनहु मगर संघ होइन । नेपाल मगर संघ जिल्ला समिति पाल्पा, नेपाल मगर संघ जिल्ला समिति अर्घाखाँची, नेपाल मगर संघ जिल्ला समिति काठमाडौँ र नेपाल मगर संघ जिल्ला समिति दाङ हो,यस्तै अरु पनि ....। उहाँहरुको खेल अव खतम भै सक्यो । अरु केहि भ्रम छ भनेदायाँ वायाँ बुझ्नुहोला र नबुझे सोध्नु होला, नेपाली मगरहरू धेरै शिक्षित भई सकेका छन् , आफ्नो जातीय चेतनाले लैस भईसकेका छ । तपाईंको प्रश्नको एक प्रसंगमा भरतजीले भन्नु भएको थियो, तिन वर्षसम्म नचलेको विवाद अहिले उठ्नुको कारण अदृश्य शक्तिले चलेको छ भनेर पनि भन्नु भएको छ । तपाईं पत्रकारहरुले पनि अनुमान लगाउन सक्नु हुने छ कि संघको अगाडी नेपाली राख्ने मगरसंघ अदृश्य शक्तिले चलेको हो कि आफ्नो संघको नामवाट नेपाली हटाउने मगर संघ अदृश्य शक्तिले चलेको हो ? यो कुरालाई त्यसले पनि पुष्टि गरिरहेको छ कि जुन मान्छे आफु नेपाली हुनु भन्दा मगर हुनु आफ्नो गौरब ठान्ने गरेको छ ।
त्यसो भए मगर संघको नामवाट नेपाली हटाइनु तपाईंको निम्ति ठिक भएन, हो ?
एक हरि वहादुर घर्ति मगरलाई मात्रै होइन । यो कुरा आम नेपाली मगरहरुलाई ठिक लागेको छैन ।
मगर संघवाट नेपाली झिकिएको ३ वर्ष भन्दा वढी भइसकेको छ । किन बोल्नु भएन त त्यसको विरुद्दमा ?
तत्कालिन नेपाली मगर संघ केन्द्रीय समितिका सदस्य होम बहादुर बुढाथोकीले आफ्नो फेशवुक कमेन्टमा नेपाली मगर संघ युएईको नाम परिवर्तन संघको छैठौ महाधिवेशंनवाट नभएर मेरो समेत उपस्थिति भएको संघको केन्द्रीय समितिको बैठकवाट भएको हो र मेरो असमति हुँदाहुँदै पनि नेपाली मगर संघवाट नेपाली शव्द हटाई मगर संघ युएई गराइएको हो भनेर लेख्नु भएको थियो । यसको साक्षी प्रवासी नेपाली मगर संघ दोहा कतारका भू.पु.अध्यक्ष एवं संघका प्रमुख सल्लाहाकार सुनिल पुन र कथित छैठौं महाधिवेशनका तत्कालिन प्रत्यक्षदर्शी नेपाली मगर संघका भू.पु.केन्द्रीय सदस्य होम बहादुर बुढाथोकी समेत हुनुहुन्छ । उहाँहरुसंग यसको कुनै जवाफ छैन । फेरी समनाताका लागी कसैको एउटा खुट्टा छैन भने आफुले पनि समानता देखाउन आफ्नो खुट्टा काट्ने, कोहि अन्धो छ भने समानताको लागी आफुले आफ्नो आखाँ फोर्ने, अरु गरिव छ भने आफुसंग भएको सारा धन सम्पति उडाएर आफु पनि गरिव बनेर समानता देखाउने यो कस्तो किसिमको समनता हो ? समानता विचारमा हुनु पर्दछ, उदेश्यमा हुनु पर्दछ, रुपमा होइन । सारमा हुनु पर्दछ, सतहमा होइन । गहिराईमा हुनुपर्दछ । जीवन भरी अरुको गुलामी गरेर पछी लागेर हिड्ने पुच्छर प्रवृति, झोले प्रवृतिले गौरवशाली नेपाली मगर संघ युएईवाट नेपाली शव्दको मुन्टो निमुठीएको हो । अर्थात विचारवान मगरहरुलाई किनारा लगाएर विचार विहिन भिडले मनपरीतन्त्र गर्न खोज्दा दलदलमा भासिएको थाहा नपाएको अवस्था हो । एकतर्फ हामीले छैठौ महाधिवेशनवाट नेपाली शव्द हटाउने कुरा प्रस्ताव गर्दा सर्वसहमत पारित भएको हो अर्को तर्फभन्नुहुन्छ उक्त महाधिवेशनमा नेपाली राख्दा राम्रो हुन्छ भनेर केवल होम बहादुर बुढाथोकीले मात्र बोल्नु भएको थियो । अनि कसरी भयो त सर्वसहमत ? आफ्नो कुरा आफै खण्डन गर्नु भएको छ, तार्किक छ, वस्तुगत छ भने १ जनाको पनि निर्णयमा ठुलो महत्व हुन्छ ।
अध्यक्षज्यु पहिचान र परिचयको वारेमा तपाईं के भन्नु हुन्छ ? के फरक छ परिचय र पहिचानको विचमा ? के परिचय र पहिचान फरक कुराहरु हुन् ?
(हाँसेर) मलाई थाहा छ तपाईं किन यसो भन्दै हुनु हुन्छ । समाजमा प्रतिगामी शक्तिहरु अहिले नितान्त घोर प्रगतिवाद विरुद्द चहलपहल गरिरहेका छन । अस्ति मात्रै तपाईं र भरत राना मगर विच भएको कुराकानीमा उहाँले भन्नु भएको थियो । "म संसारको जहाँ जाउँ मगर नै हुन्छु । मगर मेरो पहिचान हो । म परिचय भन्दा पहिचानलाई मान्ने गर्छु । हामी आज यहि संघारमा उभिएर नेपाल राष्ट्रसंग पहिचान माग गरि रहेका छौं । हामीले अहिले राज्यसंग परिचय होइन, पहिचान खोजिरहेको छौं । चिनको राजधानी बेजिंग थियो अहिले आएर पेकिंग नाम परिवर्तन गरियो । युएई, अबुधाबी, दुबई, अलेन थिए, अहिले सयुक्त अरब ईमरेट्स भयो । त्यसैले परिचय परिवर्तनशिल छ परिवर्तन हुन सक्छ । तर मगर जाति परिवर्तन हुँदैन" म उहाँको कुरामा सहमति छैन । यो राष्ट्रियताको मुद्दा त्यस्तो मुद्दा हो जुन मुद्दा ५० औ वर्ष पछी पनि उठ्ने गर्छ । फौजदारी र देवानी मुद्दा जस्तो मुद्दाको हद म्याद तोकिएको हुँदैन, ३५ दिन पार गरे पछी उजुर वाजुर लाग्ने छैन भन्ने हुँदैन । बरु हाम्रो राष्ट्रिय पहिचानको मुन्टो निमुटनेहरु कतै अदृश्य शक्तिवाट परिचालित त छैनन् ? शंका गर्ने ठाउँ रहन्छ । मैले बुझेको परिचय र पहिचानमा खासै कुनै तात्विक भिन्नता छैन नेपाली वृहद शव्दकोषमा पहिचान र परिचयलाई यसरी व्याख्या गरीएको छ । परिचय:- राम्ररी जान्न वा थाहाँ पाउने काम, जान पहिचान, चिनाजानी ,चिनापर्ची, परिचित उल्लेख छ भने पहिचान:- चिनाजानी, परिचय, पारख, जाँचबुझ उहाँले कालेकामी र कामि कालेमा के अन्तर देखाउन खोज्नु भएको हो माफ गर्नुहोला म बुझ्न सकिन । तपाई मार्फत उहाँलाई प्रश्न गर्छु, तपाईले राष्ट्रसंग आफ्नो जातीय पहिचान माग्दा राष्ट्रिय पहिचानले कहाँ कसरी अवरोध खडा गर्यो र जातीय पहिचानवाट राष्ट्रिय पहिचान अलग गराउनु भयो । यदि तपाईलाई राष्ट्रिय पहिचान र जातीय पहिचानमा एक रोज्न लगाइएको थियो भने, हो तपाईले म मुलुक भन्दा आफ्नो जातिलाई माया गर्छु र आफ्नो जाति रोज्छु भन्नु स्वाभाविक थियो, यो त नितान्त विना सवालको उत्तर भएनर ? तसर्थ भरतजी, राष्ट्रिय पहिचान भनेको आखाँ हो, जातीय पहिचान भनेको कान हो हामीलाई कान र आखाँ दुवै प्यारो छ यसमा “वर्ता जान्ने भएर´ कसैले आखाँ र कानमा कुन रोज्दछस् भनेर नभन्दै म कान रोज्छु र म आखाँ रोज्छु भन्नु के हो म तपाईलाई प्रश्न गर्दछु । सक्नुहुन्छ भने जवाफ दिनु होला ।
हरिजी तपाईलाई युएईको चर्चित अग्रज आदिवासी जनजाति नेता भनेर चिनिन्छ तथापि १५ मार्च २०१२ मा नेपाल आदिवासी जनजाति महासंघ युएईको विरुद्दमा नेपाल आदिवासी जनजाति युवा परिषद नामको जातीय संस्थाको निर्माण गर्नु भयो । केहि समय अगाडी तपाईको मुख्य सहयोगमा मगर संघ युएईको विरुद्दमा अर्को जातीय संस्था खोल्नु भयो। तपाईलाई लाग्दैन तपाईले आदिवासी जनजातिहरुलाई फुटाउने काम गर्नु भएको छ भनेर ? के तपाईले खेल्नु भएको भूमिकाले आदिवासी जनजाति आन्दोलन कमजोर हुँदैन ?
निसन्देह आदिवासी जनजातिहरुको फुटले हाम्रो आन्दोलन कम्जोर हुन्छ । तर विचार विहिन भिड भन्दा आदिवासी जनजाति मुक्ति आन्दोलनलाई वुझेको, हाम्रा जन्मसिद्द नैसर्गिक हकअधिकार, समावेशी र समानुपातिक प्रतिनिधित्वका हाम्रा हक अधिकार, जातिको पुर्खौली थातथलो प्राप्तिकालागी तार्किक उदेश्य बोकेको संगठन र त्यस्तो नेतृत्वले मात्रै लक्ष्यमा पुग्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । त्यसैले हामीले आदिवासी जनजातिहरुलाई फुटाउने होइन जातीय हक अधिकार प्राप्ति गर्ने सवालमा संगठित गर्ने जुटाउने कामका लागि नेपाल आदिवासी जनजाति परिषद निर्माण गरेका हौ । अर्को तर्फ हाम्रो जातिको राष्ट्रिय पहिचान बोकेको सगौरवाशाली नेपाली मगर संघ युएईवाट राष्ट्रिय पहिचान मारिदिएकोले १३ सेप्टेम्बर २०१३ मा हामीले अध्यक्ष चन्द्र सारु मगरको अध्यक्षतामा संघलाई पुनर्गठन गरेका हौ, अर्को मगर संघ खोलेको होइन ।
केगरी रहेको छ त तपाईले नेतृत्व गरेको नेपाल आदिवासी जनजाति परिषद र तपाई प्रमुख सल्लाहकार एवं संरक्षक भएको नेपाली मगर संघ युएईले ?
भरखरै १५ नोबेम्बरमा विशेष महाधिवेशन सम्पन्न गर्यौ । महाधिवेशनमा उपस्थित मानव सागरले पनि के कुराको प्रमाणित गर्थ्यो भने युएईमा रहेको नेपालीहरुले अन्य संघ संस्थालाई भन्दा हाम्रो परिषदलाई धेरै मायाँ गर्नु भयो, स्वातन्त्र विश्लेषकहरुले पनि त्यहि मूल्यांकन गरेर हामीलाई अत्यन्तै हौसला दिनु भएको छ । भने नेपाली मगर संघ युएईको आयोजनामा मगर जातिको प्रमुख माघेसकान्तिपर्व १७ जनवरीमा भव्य रुपमा मनाइदै छ भने, २१ फेबुरीमा केरला सोसियल सेन्टरमा मगर दिवश मनाइदै छौं । यदपि हामीले मगरहरुलाई उहाँहरुको इच्छा, चाहना र द्क्षता हेरेर भाषण गर्न सिकाउने, कार्यक्रम संचालन गर्न सिकाउने, जातीय हक अधिकारको वारेमा बहश गर्न सिकाउने, आफ्नो जातीय साँस्कृतिक नाच्न, गाउन र बजाउन सिकाउने प्रशिक्षण दिइरहेका छौ, त्यसैले हामी भन्ने गरेका छौ । हामीहरुको परिषद र संघ मात्रै वैचारिक रुपमा लैस छ साथै जातीय मुक्तिको वारेमा वहस गर्न र संगठित हुन सिकाउछ, त्यो अहिले प्रमाणित भै सकेको छ ।
त्यो त अरु जातीय संगठन हरुले पनि त्यहि गर्छन नी ? अरु र तपाईहरुले नेतृत्व गरिको संघ संस्थामा के अन्तर छ ? अझ स्पष्ट पारिदिनुहोस् न ।
होइन, अन्य संघ संस्था र हाम्रोमा अलिक फरकछ । हाम्रो र अरु संघ संस्थाको विधान हेर्नु भयो भने थाहा हुन्छ । नेपाल आदिवासी जनजाती महासंघ युएई र अन्य युएईमा रहेका जातीय संगठनको वुझाई जातीय संगठन निर्माण गर्नुको उदेश्य आफ्ना भाषा,धर्म,संकृतिको संरक्षण र संवर्द्धन गर्नु भई परि आउने विविध समस्यामा विविध किसिमका सहयोग लिनुदिनु मात्रै हो । परिषद र नेपाली मगर संघ युएईको बुझाई र गराई अलि पृथक छ । हाम्रो बुजाई जातीय समस्याको कारण नै जातीय संघ संस्थाको निर्माण भएकोले उल्लेखित कुराको अलावा आफ्नो जातिको जातीय समस्या निराकरण गर्न आफ्नो जातिको सामजिक रुपान्तरण गर्दै अन्तराष्ट्रिय कानुन एवं मानव अधिकारका दस्तावेजमा प्रत्याभुति भएका हाम्रा जन्मसिध्द हक-अधिकारको वकालत गर्न आत्मनिर्णयको अधिकार सहित जातीय स्वशासन,राज्यको पुनर्संरचनाको सवालमा वहस गर्न सिकाउनु र त्यसको लागि संगठित गर्नु हाम्रो लक्ष्य हो । त्यसैले संघको विधानमा यी कुरा सम्वोधन हुने गरेर उल्लेख गरेका छौ ।
नेपाल आदिवासी जनजाति महासंघ युएई र नेपाली मगर संघमा रहेर यी कुरा गर्न सकिदैनथ्यो ? तपाईले जातीय उत्पीडनवाट मुक्तिको लागि के गर्नु भयो ?
युएईको सवालमा दावाका साथमा भन्न सक्छु आदिवासी जनजातिको अन्तराष्ट्रिय कानुन एवं मानव अधिकारका दस्तावेजमा प्रत्याभुति भएका हाम्रा जन्मसिध्द हक-अधिकारको वकालत गर्दै आत्मनिर्णयको अधिकार सहित जातीय स्वशासन,राज्यको सबै तर तप्कामा आफ्नो जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र जातीय पुर्खौली थातथलोको आधारमा राज्यको पुनर्संरचना जस्ता हाम्रा मुख्य मुद्दामा मन्चमा उभिएर चिच्यायर सम्वोधन गर्ने म नै पहिलो आदिवासी जनजाति हुँ | यसलाई सहकर्मी साथीहरुले वाहुन विरोधी गतिविधिको रुपमा बुझी दिनु भयो र उनी वाहुनवादीहरुको आखाँ झिम्काईमा म माथि षडयन्त्र हुन थाल्यो । तत्काल महासंघ र नेपाली मगर संघ युएई वाहुन्वादिहरुको चक्रब्यूह फसिसकेको थियो त्यो चक्रव्यूहलाई खबरदारी गर्न पनि हामीले नेपाल आदिवासी जनजाती परिषदको निर्माण गर्न र अहिले ३ महिना पहिला नेपाली मगर संघ युएई पुनर्जीवित गर्न वाध्य भएका हौ ।
नेपाल आदिवासी जनजाति महासंघ र नेपाली मगर संघ युएई वाहुनवादीहरुको चक्रव्यूहमा कसरी फस्यो ? नेपाली मगर संघ युएईको अध्यक्ष र तत्कालिन महासंघ युएईको प्रवक्ता त तपाई आफै नै हुनुहुन्थ्यो नि, होइन र ?
हो थिए । आदिवासी जनजाति महासंघ र अन्य जातीय संगठनहरुका अधिकाम्स कार्यक्रम हरुमा हाम्रा जातिका करिव ८५% वाट प्रवेश शुल्क उठाउने र कार्यक्रम आयोजना गर्ने अनि जातीय विभेद र जातीय उत्पीडनका मुद्दालाई गौण ठान्ने,हामीहरुलाई सदै सामाजिक,राजनैतिक र आर्थिक रुपमा उत्पिडनमा पार्ने सामन्तहरुलाई हाम्रो अतिथि वनाएर तिनीहरुलाई सम्मान गर्ने, खादा ओडाउने, उनीहरुलाई भाषण गर्न लगाउने अनि हाम्रा दिदि बहिनीहरुलाई नाच्न लगायर उनीहरुलाई मनोरंजन प्रदान गर्ने अनि हुन्छ हाम्रो जातीय मुक्ति ...? अनि मैले यी कुराको विरोध गर्दा मेरो विरुद्दमा षड्यन्त्र भयो । मैले यि अवान्छनीय गतिविधिको विरोध गर्दा मलाई माओवादी भएको भन्ने स्यालहुइयाँ पिटायो । म वर्षौ महासंघको प्रवक्ताको जिम्वेवारी अत्यन्तै इमान्दारी र कर्त्व्य निष्टको रुपमा सम्हालेको मान्छेलाई अध्यक्ष् हुन दिइएन । यो अध्यक्ष् भयो भने युएईमा जनजाति आफ्ना हक अधिकारको वारेमा बहस गर्न सिक्छन् संगठित हुन सिक्छन्, जनजाति आन्दोलनले फड्को मार्छ भन्ने नै बाहुनवादीहरुको चिन्ता थियो, त्यहि पुरा गरी दिए उनीहरुको मतियारको रुपमा काम गरेका साथीहरुले । महासंघमा चक्रीय प्रणालीमा पालैपालो अध्यक्ष हुने रोल अनुसार गुरुङ, तामांग र लिम्बुको पालो सकी सकेको थियो । पालो थियो मगर, राई र नेवारको । म वाहेक त्यस्तो सम्भावित योग्य उमेद्वार छदै थिएन । मेरो विरुद्दमा यस्तो मान्छेले उमेद्वारी दिनु भयो जुन महासंघको सदस्य पनि नभएको महासंघको कुनै बैठकमा १ पटक पनि उपस्थिति नहुनु भएका भुवन राईलाई अध्यक्ष बनाईयो । हाम्रो जातीय हक अधिकारका लागि हुन्थ्यो भने यस्तो किन हुन्थ्योर ? अनि कसले फुटायो आदिवासी जनजातिहरुलाई ?
नेपाली मगर संघ युएईको विधान अनुसार २ वर्षको लागि अध्यक्ष पदमा सर्वसहमति निर्वाचित तपाईले, १ वर्ष पनि नपुग्दै राजिनामा दिएर संघलाई किन अलपत्र पार्नु भयो, अलपत्र पार्नु पर्ने के कारण थियो ? स्पष्ट पारिदिनुहोस् न ।
मैले माथिनै भनि सकें । वाहुनवादीहरुको चक्रव्यूहमा फस्यो संघ । वाहुनावादिहरुको आखाँ झिम्काईले आफनै संघका साथीहरुले मलाई धोका दिए | ‘Oh God save me from my friend, I Can take care of my enemies myself. ( हे भगवान मलाई मित्रहरुवाहरुवाट वचाउ,मेरो दुस्मनको सामना गर्न म आफै सक्षम छु) हाम्रै संघका साथीहरुलाई प्रयोग गरेर मसंग वदला लिए वाहुनवादी हरुले । नेपाल मगर संघको २७ औ स्थापना दिवश फाल्गुन १५ “मगर दिवश” को साथमा संघको रष्ट्रिय सम्मेलन भएकोले तत्कालिन संघका महासचिव नुन प्रसाद सोमई मगरलाई महासचिवको प्रतिवेदन तैयार गर्न लगाएको थिए ।महासचिवले प्रतिवेदन लेख्न जान्दिन भन्नु भयो । १ हप्ता लगाएर म आफै महासचिवको प्रतिवेदन तैयार गरिदिएको थिए । उक्त प्रतिवेदन तत्कालको अवस्थामा म रहने अल ऐन दक्षिणी अतिविकट एरियामा पर्ने नाहेल भन्ने ठाउँवाट मेरो ब्यक्तिगत खर्च तिरेर टेक्सी मार्फत महासचिव नुन प्रसाद सोमईलाई दुबईमा पठाई दिए । मेरो साथमा परिवार भएकोले कार्यक्रमको अगिल्लो दिन दुबई जान सकिन । अर्कोदिन विहानै परिवार सहित दुबई गएँ ।कार्यक्रमको सम्पूर्ण रुपरेखा तयार गरेर महासचिव नुन प्रसादलाई उहाँको प्रतिवेदनसाथ करिव १० दिन पहिलानै पठाइदिएको थिएँ । कार्य समितिका सम्पूर्ण साथिहरुसंग फोनमानै सर-सल्लाह भै रहन्थ्यो । कसैले पनि कुनै कुरामा असमति जनाउनु भएको थिएन । हाम्रो आन्तरिक सल्लाह अनुसार, सबै उपस्थित मगर एवं गैर मगरहरुले साँकृतिक कार्यक्रम मात्रै हेर्न आएका हुँदैन्, उपस्थित मासलाई हाम्रो जातीय मुक्ति सम्वन्धि केहि संदेश दिनु पर्छ । तसर्थ कार्यक्रमको विचमा मास धेरै भएको वेलामा मलाई र प्रमुख अतिथिलाई बोलाउनु होला । मैले आफ्नो शुभकामना मन्तव्य सकिए पछी कार्यक्रम नियमित संचालन गर्न तपाई कार्यक्रम संचालकलाई माक्रोफोन दिन्छु अन्त्यमा कार्यक्रम सकिए पछी अध्यक्षको अनुमतिले यो कार्यक्रम यहि समापन भएको घोषणा गर्दै म कार्यक्रम संचालक नुन प्रसाद सोमई पनि विदा हुन्छु भनेर भन्नु होला । आजभोली मुख्य व्यक्तिको भनाई आम मासलाई सुनाउन यसरी कार्यक्रम संचालन गरिन्छ भनेको थिएँ उक्त कुरामा सबै राजि भएका थिए । तर कार्यक्रममा संचालक एवं महासचिवको मनमा के कुराको चल्यो, उहाँले त्यसो गर्नु भएन । उहाँलाई कार्यक्रम सभापतिको आशनबाट उठेर मैले पटक पटक मलाई बोलाउनुहोस्प्र । प्रमुख अतिथिलाई बोलाउनुहोस् र तपाईले संघको गतिविधि सम्वन्धमा अति महत्वपुर्ण महासचिवको प्रतिवेदन वाचन गर्नुहोस् भनेर अनुनयविनय गरें तर उहाँले पटक्कै सुन्नु भएन । कुरो के रहेछ भने अगिल्लो रातमा म बाहेक दुबईमा बरिष्ठ उपाध्यक्ष् गिरमान थापाको रुममा भएको सम्पूर्ण एमाले कार्यकर्ताको रुपमा नेपाली मगर संघ युएईमा काम गरेका वरिष्ठ उपाध्यक्ष गिरमान थापा मगर, महासचिव, नुन प्रसाद सोमई मगर, सचिव भरत राना मगर, कोषाध्यक्ष पूर्ण बहादुर थापा मगर र सह-कोषाध्यक्ष उपेन्द्र राना समेतको आन्तरिक सहमति भएको रहेछ कि अध्यक्ष हरि बहादुर घर्ति मगरले भने बमोजिम नगर्ने, युएईको एमाले पार्टीको निर्देशन बमोजिम गर्ने र गराउने भन्ने । यस्तो साथीहरुको मेरो र समग्र संघ प्रतिको षड्यन्त्र मलाई थाहाँ हुने कुरै भएन । कार्यक्रममा ठुलो धोका भएकोमा निकै दु;खि हुँदै आबुधाबी फर्के पछी उल्लेखित मगर दिवश र संघको राष्ट्रिय सम्मेलन कार्यक्रममा मेरो नीति तथा कार्यक्रम फेल भएकोले मैले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने थियो र दिएको हुँ ।
तपाईले राजिनामा दिएर आफ्नो जिमेवारीबाट त्यसरी पन्छिन मिल्थ्यो ? अन्य साथीहरुको माँझमा यो कुरा किन लिएर जानु भएन ?
राजनीति एवं संघ सस्थामा काम गर्दा नैतिकता, इमान्दारिता एवं मूल्य र मान्यतामा काम गर्नु पर्दछ ।तत्काल मगर दिवश पछी म विदा लिएर नेपाल गए सोहि समयमा मेरो परिवारमा ठुलो दुर्घटना पर्यो जसको कारण लामो समयसम्म यी कुरा हरु साथीहरु माझमा लग्न पनि सकिन तुरुन्त संघमा कृयाशील हुन पनि सकिन ।
अनि आदिवासी जनजाती परिषद गठन कसरी भयो त ?
म पारिवारिक समस्यावाट निस्कनसाथ नेपालमा चलेको राजनैतिक गतिविधिको कारण युएईको आइकाटमा आदिवासी जनजाति साथीहरुको ठुलो भेला भयो । त्यो भेलामा संयुक्त राष्ट्र संघको आदिवासी जनजाति सम्वन्धित घोषणा, अन्तराष्ट्रिय मानव अधिकारका दस्तावेजमा उल्लेख भएका आदिवासी जनजातिको जन्म सिद्द हक अधिकारको वारेमा वहस गर्न, संगठित हुन सिकाउन र नेपाल सरकारलाई ज्ञापन मार्फत प्रवासवाट पनि दवावदिन एउटा आदिवासी जनजातिहरुको जातीय संगठनको आवस्यकता महासुस् गरिएकोले त्यहि भेलाले मेरो अध्यक्षतामा नेपाल आदिवासी जनजाति परिषद नामको संस्था निर्माण गरेको हो ।
तपाईले माथि बाहुनवादीहरुको चक्रब्युहमा फसेको भनेर एमाले पार्टीलाई लक्षित गरेर भन्नु भयो । यो कसरी पुष्टि गर्नुहुन्छ ?
२०६९ सालको बैशाखको पहिलो हप्ता केरेला सोसियल सेन्टर आबुधाबिमा भएको नेकपा एमालेको भात्री संगठन प्रवासी संघ युएईको अधिवेशन एवं नववर्ष शुभकामना कार्यक्रममा सोहि पार्टीका नेता खडक प्रसाद ओली आउनु भएको थियो । म प्रवासी संघको निमन्त्रणामा नेपाल आदिवासी जनजाति परिषदको तर्फवाट अतिथिको रुपमा कार्यक्रमा सहभागी हुँदै, राज्यको पुनर्संरचना गर्दा पहिचानलाई प्रधान र सामर्थ्यलाई सहायक मानेर हुनु पर्दछ भनेर ज्ञापन-पत्र दिनाको लागी गएको थिए । तर जहानिया राणाशासनको पालामा समेत दिन पाइने विन्तिपत्रको निश्चित अधिकारलाई समेत पछाडी धकेलेर मलाई अपमान जनक किसिमले हलबाट निकाल्दा अहिले युएईमा आदिवासी जनजाति नेता हुँ भन्दै कार्यक्रमहरुमा ब्याच लगाउन तछाड मछाड गर्नेहरु बडो गर्वको साथ मुसुमुसु हास्दै रमिता हेरेका थिए । साच्चै उनीहरु आदिवासी जनजातिका नेता हुन्थे भने उनीहरुलाई त्यसरी बस्न नैतिकताले दिने थिएन र उनीहरुको मनले मान्ने पनि थिएन ।अहिले उनीहरुलाई आदिवासी जनजाति कार्यक्रममा देख्दा मलाई लाज लागेर आउछ ।
सुन्नमा आएको थियो, नेपाली मगर संघ युएई र मगर संघ युएईको विचमा पछिल्लो विवाद समाधान गर्न दुई संघ विच वार्ता हुँदै छ भन्ने । वार्ता कहाँ पुग्यो ?
के को वार्ता ? वार्ताको आवस्यक छैन । युएईका मगरहरुको राष्ट्रिय पहिचान मार्नेहरु युएईका मगरहरुका कसुरदार हुनुहुन्छ । राष्ट्रिय पहिचान मार्ने मुख्य भूमिका निर्वाह गर्ने भूपू अध्यक्ष् द्वय गिरमानजी र नुन प्रसादजी र तत्कालिन महासचिव भरत रानाजीले युएईका मगरहरुसंग माफी माग्नु पर्दछ । वार्ता हुने एजेन्डामा हो, जुन अहिले नेपाली मगर संघ युएईले सतहमा देखाएका मुख्य एजेन्डा आफैमा तर्क र तथ्य संगत भएकोले अकाट्य छन् वार्ता गर्नु जरुरि छैन । फेरी उहाँहरुमा जति गफ गरेपनि आफ्नो जातिप्रति चिन्तन-मनन र मायाँ छैन । यो पूर्वाग्रहमा लगाएको आरोप होइन घटनाक्रमले पुष्टि गरेकोछ । ६/७ वर्ष नेपाली मगर संघ युएईको नेतृत्व तहमा काम गर्नु भएका साथीहरुलाई नेपाल मगर संघको जिल्ला र अन्तराष्ट्रिय संघ संगठनको नाम के हो भन्ने थाहाँ समेत नहुँदा दु:ख लाग्छ । विचराहरु दृष्टि विहिनले हातिको खुट्टा छोपेर घरको ठामको अन्दाज गरे जस्तै, मगर संघ युकेको नामकरणले संसार भरी यस्तै होला भनेर अनुमान लगाउनुहुन्छ तर रात-दिन इन्टरनेटमा वस्दा समेत त्यस तर्फ कुनै किसिमको दिलचस्पी देखिदैन । उनीहरु त नेपाली नागरिकता त्यागिसकेका छन् । उनीहरुको संघमा नेपाली लेख्न कुनै आबस्यकता छैन ।
वार्ता गरेर दुवै मगर र संघ विच एकीकरण गर्नु पर्यो नि होइन ?
युएईमा रहेका सम्पूर्ण मगरहरुलाई आफ्नो भाषा, धर्म, संस्कृतिको संरक्षण गर्न र सामाजिक चेतना जगाउंदै आफ्ना सामाजिक, राजनैतिक र आर्थिक हक अधिकार प्राप्त गर्न वहस गर्न संगठित हुन गौरवशाली राष्ट्रिय पहिचान बोकेको मगर संघ युएईले गरी हाल्छ । राष्ट्रिय पहिचान विहिन मगर संघ युएईको कुनै काम छैन त्यसलाई विघटन गराए हुन्छ । त्यसै पनि उक्त संघमा सक्रिय भूमिका खेल्नुहुने श्रदेय मगर साथीहरुले हामी पनि नेपाली मगर संघ युएईमा आवद्द हुन चाहन्छौं, फेशबुक र फोन मार्फत मलाई पटक पटक जानकारी गराउनु भएको छ भने कोहि आवद्द भई सक्नु भएको छ । मगर साथीहरु राष्ट्रिय पहिचान विहिन मगर संघ युएईमा रहँदा आफ्नो अपमान महसुस गर्नु भएको छ । मलाई लाग्छ त्यसरी अपमानित भएर मगर संघ युएईमा पक्कै रहनु हुने छैन ।