Friday, 5 June 2015

मन्चको पाँचौं बैठक अल ऐनको झ्याली पार्कमा सम्पन्न-इन्द्र स्मृति क्लबलाई आर्थिक सहयोग गर्ने निर्णय

५ जुन, कैलाश पुन, दुवई, नेपाल खाम भाषा जागरण मंच युएईको पाचौं वैठक सम्पन्न भएको छ । अल ऐनको झ्याली पार्कमा बसेको वैठक मंचका अध्यक्ष भुवन बुढा मगरको अध्यक्षतामा बसेको थियो भने जागरण मंचका प्रमुख सल्लाहकार रामकृष्ण पुन मगर र पृथीछक बुढा मगरको बिशेष उपस्थिति रहेको थियो भने वैठकको संचालन मंचका महासचिव जितमान बुढा मगरले गर्नु भएको थियो । बैठकमा बिभिन्न प्रस्ताबहरु माथि छलफल गरेर निर्णयहरु पारित गरेको छ ।

बैठकले इन्द्र स्मृति युवा क्लव, रोल्पाले भूमे पर्वको अबशरमा खाम समुदायको सस्कृति झल्काउने बिभिन्न कार्यक्रम गर्ने भएको र  उक्त क्लबले मन्चलाई सहयोगको लागि पत्राचार गरेको हुनाले उक्त कार्यक्रमलाई सफल पार्नको लागि आफुहरुले सक्दो आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मंचका सचिव, दिप बुढा मगरले बताउनु भएको थियो ।

त्यस्तै मंचका उपाध्यक्ष बिकाश रोका मगरले प्रस्ताबित बुँदाहरु माथि छलफल गर्दै मन्चको आर्थिक अबस्था सुधार गर्ने कुरामा जोड दिंदै संगठनको आन्तरिक गतिबिधी चुस्त त दुरुष्ट हुनु पर्ने कुरा बताउनु भएको थियो । त्यस्तै  अर्का उपाध्यक्ष हिक्मत रोका मगरले  इन्द्र स्मृति युवा क्लबले आयोजना गर्न लागेको कार्यक्रमका लागि जति नै न्यून रकम भए पनि सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

उक्त कार्यक्रमको लागि भूमे पर्ब नजिकै आइसकेको हुनाले मंचले गरेको प्रतिबद्दता अनुसार आर्थिक सहयोग हस्तान्तरण गर्न मंचका सल्लाहकार राम कृष्ण पुन र दिप बुढा मगरलाई जिम्मेवारी दिएको छ । त्यस्तै गएको केहि महिना अगाडी रुकुम तकसेरामा भएको आदिवादी जनजाति महोत्सबको बेला मन्चलाई आर्थिक सहयोग गर्नु हुने खड्क घर्ति मगर, कृष्ण प्रशाद रेग्मी र तन, मन र धनले संधै मन्चलाई माया गरिरहने पूर्ण बहादुर ओलीलाई मन्चको बैठकले धन्यबाद ज्ञापन गरेको छ ।

बैठकको अन्त्यमा जागरण मंचका अध्यक्ष तथा बैठकका सभापति भुवन बुढा मगरले बिभिन्न बिषयहरु माथि प्रकाश पार्दै युएईमा रहेका सवै संघ सस्थाहरुसंग समान सम्बन्ध कायम गरि सबैसंग मिलेर सहकार्य गर्दै अघि बढ्नको लागि हामीसंग ढोका खुल्ला रहेको छ भनि कुरा स्पष्ट पार्नु भयो ।

मंचले नेपालमा मातृ संस्थाको रुपमा '१८ मगरात प्रतिष्ठान'लाई मान्ने निर्णय गरेको छ । साथसाथै मंचले आफ्नो संगठनको बिधान २०७२ पारित गरेको छ । बिधान निर्माण गर्न मंचका सल्लाहकार पृथीछक बुढा मगरको संयोजकत्वमा  रामकृष्ण पुन मगर, रिखीश्वर बुढा मगर, भुवन बुढा मगर, खड्क घर्ति मगर रहने गरि पांच सदसीय बिधान निर्माण समिति गठन गरेको थियो ।

नेपाल खाम भाषा जागरण मन्चमा आबद्द सदस्यहरुको नामावली यस प्रकार रहेको छ:-


संख्या: नाम ठेगाना
१ रामकृष्ण पुन मगर कुरेली, रोल्पा
२ पृथीछक बुढा मगर रन्मामैकोट-६ रुकुम
३ भुवन बुढा मगर महत, रुकुम
४ हिक्मत रोका मगर उवा, रोल्पा
५ पूर्ण माया रोका मगर थावांग, रोल्पा
६ जितमान बुढा मगर मिरुल १, रोल्पा
७ डम्वर बुढा मगर रोल्पा
८ राम कुमार रोका मगर कुरेली, रोल्पा
९ नविन घर्ति मगर रोल्पा
१० कैलाश खाम पुन मगर कोल ५, रुकुम
११ बिरनारायण पुन मगर कोल ८ गर्खानी, रुकुम
१२ निखिराम बुढा मगर कोल, रुकुम
१३ खल जित बुढा मगर कुरेली, रोल्पा
१४ दिलमान पुन मगर कुरेली, रोल्पा
१५ मन प्रसाद बुढा मगर कुरेली, रोल्पा
१६ खड्क घर्ति मगर राङ्सी, रोल्पा
१७ रिखीश्वर बुढा मगर महत ४ धर्मशाला, रुकुम
१८ बले पुन मगर
१९ मनराज पुन मगर
२० धनराज बुढा मगर काँडा, रुकुम
२१ चन्द रोका मगर
२२ होम घर्ति मगर
२३ जनक पुन मगर
२४ उच्य रोका मगर मिरुल, रोल्पा
२५ दिपक पुन मगर कुरेली २ सिवारी, रोल्पा
२६ राजबिर बुढा मगर
२७ जलन पुन मगर
२८ जय प्रकाश बुढा मगर
२९ अविनाश रोका मगर
३० राज कुमार बुढा मगर
३१ कमल बुढा मगर
३२ कमला बुढा मगर चोयाबांग, रोल्पा
३३ सिता बुढा मगर चोयाबांग, रोल्पा
३४ रबिना बुढा मगर चोयाबांग, रोल्पा
३५ गणेश बुढा मगर बुर्तिबांग, बाग्लुंग
३६ भिमराज बुढा मगर मिरुल २, रोल्पा
३७ कमल घर्ति मगर रोल्पा
३८ नविन घर्ति मगर
३९ हेमसरि थापा मगर सुलिचौर, रोल्पा
४० जोखमान बुढा मगर काक्री, रुकुम
४१ धनकुमार बुढा मगर काक्री, रुकुम
४२ जोगेश्वर बुढा मगर काक्री, रुकुम
४३ सुकविर बुढा मगर
४४ चुन बहादुर बुढा
४५ कुमार झाँक्री मगर थावांग ७, रोल्पा
४६ बिकाश मगर मिरुल ३ सिवारी, रोल्पा
४७ धनप्रसाद पुन मगर मिरुल, रोल्पा
४८ प्रकाश बुढा मगर तकसेरा, रुकुम
४९ कुमार झाँक्री मगर थावांग रोल्पा
५० बिराट बुढा मगर थाबांग, रोल्पा
५१ गङ्गा घर्ति मगर थावांग, रोल्पा
५२ दिल कुमार बुढा मगर
५३ दिप बुढा मगर कुरेली २ सिवारी, रोल्पा
५४ कृष्ण प्रसाद रेग्मी गोर्खा सेवा समाज
५५ धनराज बुढा मगर कोल-२ रुकुम
५६ केबी गुरुङ, रोल्पा 
५६ पूर्ण बहादुर ओली, रोल्पा 















Sunday, 17 May 2015

अल एनको झ्याली पार्कमा फेरी खामेहरुको भेटघाट हुँदै- सबै खामेहरुलाई निमन्त्रणा


सम्पुर्ण १८ मगरात अन्तर्गत खाम भाषी दाजु भाइ तथा दिदिवहिनीहरुमा नमस्कार । हामी निकै लामो समय देखि खाम भाषा र हाम्रो १८ मगरात अन्तर्गतका सस्कृती, रितिथिती, परम्परा र पहिचानको उत्थान र सम्बर्द्दनको लागि कृयाशिल रहेको कुरा यहाँहरुलाई थाहा भएकै कुरा हो । यसै सम्बन्धमा हामी सामु असार सावन महिना पनि नजिकिँदै छ । नेपालमा भुमे नाच्ने बेला पनि आउदै छ । त्यही सेरोफेरोमा हामीले पनि केही कार्यक्रम आयोजना गरौं भन्ने पनि लागिरहेको छ । त्यस्तै युएईको मामिलामा पनि अब इड पनि आउदै छ । यस अवशरमा लामो बिदा पनि मिल्ने भएको हुनाले कुनै न कुनै कार्यक्रम गरौं भन्ने कुरा मन्चमा उठिरहेको हुनाले सोही बिषयमा छल्फल गर्नको लागि भेला बोलाइएको छ । यो भेलामा उपस्थिती हुनको लागि सम्पुर्ण खामे दाजु भाइ दिदी बहिनीहरुमा हार्दिक अनुरोध गर्दछौं ।
भेला हुने समय र स्थान : 
मिति : ५ जुन २०१५ 
स्थान : अल एन (झ्याली पार्क)
समय : बिहान ११ बजे

            भुवन बुढा मगर                                                                                  कैलाश खाम पुन मगर 
                अध्यक्ष                                                                                                  प्रवक्ता 
नेपाल खाम भाषा जागरण मंच, युएई                                                  नेपाल खाम भाषा जागरण मंच, युएई           

Saturday, 16 May 2015

युएईमा विप्लब मोर्चाले शोक सभा मनायो ।






कैलाश पुन, दुवई युएई- नेपाली जनप्रगतिशील मोर्चा, यूएई विप्लब समर्थक मोर्चाले २५ अप्रिल शनिबार गएको विनासकारी महा भुकुमपा परि ज्यान गुमाएका मृतकहरुको सम्झनामा शोक समाहरोह सम्पन्न गरेको छ । यूएईको राजधानी अबुधाबी स्थित मोहम्मद रेस्टुरेन्टको सभा हलमा मोर्चाको अध्यक्ष रामशरण कडरियाको सभापतित्व र समर खत्रीको बिशेष उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा संचालन मोर्चाका महासचिब पृथीछक बुढा मगरले गर्नु  भएको थियो
महा बिनाशाकारी भुकुम्पमा परि हाल सम्म पटक पटक गरि मृतु हुने मृतकहरुको सम्झनामा १ मिनेट मौनधारणवाट शुरु गरिएको शोक समारोह नेपालको मानचित्रमा अंकित ७५ वटै जिल्लाहरुको नामाकरण गरि ७५ वटै दिप बालि मृतकहरुको मृत आत्माको चिर शान्तिको कामना गर्दै कार्यक्रमको शुरुवातको शुरुवाट गरियो कार्यक्रममा बिभिन्न बक्त्ताहरुले आ-आफ्नो मनतब्य राख्नु भएको थियो मन्तब्यकै क्रममा मोर्चाका केन्द्रिय उपाध्यक्ष ज्ञानु लम्शालले नेपाल सरकारको असक्षमताको कारण अझैँ जिल्लाका बिकट ठाउँहरुमा राहत सामाग्री नपुगेको आरोप लगाउनु भएको थियो । उहाँले भन्नु भयो, ‘यो देश भन्नाले राजधानी काठमान्डौ मात्रै होइन । राजधानी बाहिर पनि देश छ ।‘
त्यस्तै अर्को वक्ता मोर्चाक केन्द्रिय सचिब दिनेश नेपालले भन्नु भयो, १९९० सालको भुकुम्पमा परि १० हजार मानिसहरुको मृतु भयको थियो भने ७२ सालको महाभूकम्पमा परि लगभग ८/९ हजारले ज्यान गुमाउनु परेको छ यसको अर्थ बितेको एक सताब्दीमा देशले कुनै उपलब्दी हासिल गरेको रहेनछ बन्ने कुरा प्रमाणित गरेकोछ यो बनेको नेताहरुको अदुरदर्सिताको कारणले भएको हो यी मरेका हैनन् मरियाका हुन् राज्यले । राज्यले हत्या गरेको हो । भुगर्भविदहरुले वर्षौं देखि नेपाल भुककम्पिए जोखिम छ बनेर चेताउनी दिंदा दिंदै पनि सरकारले कुनै योजना ल्याउन नसक्न यो बिडम्बना हो । त्यसैले यो सबै राज्यले जिम्मा लिनु पर्छ । यो राज्यको दायित्व पनि हो ।
त्यस्तै अर्को बक्ता मोर्चा को केन्द्रिय सदस्य केदार लम्शालले पनि सरकारको कामकाज प्रति असन्तुस्टी पार्कत गर्दै बन्नु बायो बिदेशि ले दिएको राहत सामाग्री वितरण हुनुको सट्टा बजारमा बेचिएकोछ दुर्गम इकाकाहरुमा उद्दार र ब्यबस्थापनका कुराहरु अझै भइसकेको छैन । कुनै कुनै बस्तिहरुमा त लाशका गन्धले पुरै गाउँ नै दुर्गन्धित भईरहेका विभिन्न मेडियाहरु मार्फत सुन्नमा आएको छ । अझै राहत वितरण गर्नुको सट्टामा उल्टै ६०१ जना सभासदहरु जो जनताका रगत र पसिनाबाट लाखौँ भट्टा खाइरहेका छन् विदेशबाट प्राप्त भएका पालहरु आफु आफु बिचका भाग वन्दा लगाइरहेका छन् । मानसिक दरिद्रता भएका यो देशका नेताहरुबाट अपेक्षा गर्ने कुनै पनि कुरा बचेको छैन । सानै हिस्सा भए पनि हाम्रो युवा दस्ता ठाउँ ठाउँमा गएर जनताका गास, वास, कपासका बन्दोवस्त गर्ने काम गरिरहेको छ भने स्वयं पार्टीका महासचिव घरबार बिहिन भएका भुकम्प पिडितहरुको लागि बास निर्माण गर्न इँटा र बाँस बोकेर आफै त्यहाँ संग्लग्न हुनु भएको छ । यो खुसीको खवर हो ।
गत २ हप्ता पहिले मोर्चाले मोर्चाका केन्द्रीय सदस्य केदार लम्सालको नेतृत्वमा संयोजकत्वमा भुकम्प पिडित राहत संकलन समिति गठन गरेको थियो । निम्न प्रतिनिधिहरुले आ-आफ्नो क्षेत्रबाट निम्न रकम संकलन गर्नु भएको थियो । नारायण खनाल १९५०, दिनेश नेपाल देरा १२५०, बर्षा हमाल १०३०, बिराट लामिछाने वर दुवई १०१५, केदार लम्शाल १५२०, शमर खत्री १०००, दिप मगर १२२०, हिक्मत रोका मगर ८५५, ज्ञानु लम्साल २०५०, रामशरण कडरिया ११३५, कैलाश खाम पुन ९०० रहेको छ । मोर्चाका कोषाध्यक्ष बिराट लामिछानेले उक्त समितिको विवरण प्रस्तुत गर्नु भयो । प्रतिनिधिहरुले बिभिन्न स्थानहरुबाट १३३२५ (१३ हजार तिन सय पच्चीस) दिहराम संकलन गर्नु भएको छ । राहत वितरण गर्न मोर्चा आफै भुकम्प पिडितहरुको घर आँगनमा गएर वितरण गर्ने छ । मोर्चाका कोषाध्यक्ष बिराट लामिछानेले भन्नु भयो, ‘यो सरकारवाट आश मरिसकेको छ ।‘




नेपाल खाम भाषा जागरण मन्चमा आबद्द सदस्यहरुको नामावली यस प्रकार रहेको छ:-


संख्या:नाम ठेगाना 
रामकृष्ण पुन मगर कुरेली, रोल्पा 
पृथीछक बुढा मगर रन्मामैकोट-६ रुकुम 
भुवन बुढा मगर महत, रुकुम 
हिक्मत रोका मगर उवा, रोल्पा 
पूर्ण माया रोका मगर थावांग, रोल्पा 
जितमान बुढा मगर मिरुल १, रोल्पा 
डम्वर बुढा मगर रोल्पा 
राम कुमार रोका मगर कुरेली, रोल्पा 
नविन घर्ति मगर रोल्पा 
१०कैलाश खाम पुन मगर कोल ५, रुकुम 
११बिरनारायण पुन मगर कोल ८ गर्खानी, रुकुम 
१२निखिराम बुढा मगर कोल, रुकुम 
१३खल जित बुढा मगर कुरेली, रोल्पा 
१४दिलमान पुन मगर कुरेली, रोल्पा 
१५मन प्रसाद बुढा मगरकुरेली, रोल्पा 
१६खड्क घर्ति मगर राङ्सी, रोल्पा
१७रिखीश्वर बुढा मगर महत ४ धर्मशाला, रुकुम 
१८बले पुन मगर 
१९मनराज पुन मगर 
२०धनराज बुढा मगर काँडा, रुकुम 
२१चन्द रोका मगर 
२२होम घर्ति मगर 
२३जनक पुन मगर 
२४उच्य रोका मगर मिरुल, रोल्पा 
२५दिपक पुन मगर कुरेली २ सिवारी, रोल्पा 
२६राजबिर बुढा मगर 
२७जलन पुन मगर 
२८जय प्रकाश बुढा मगर 
२९अविनाश रोका मगर 
३०राज कुमार बुढा मगर 
३१कमल बुढा मगर 
३२कमला बुढा मगर चोयाबांग, रोल्पा 
३३सिता बुढा मगर चोयाबांग, रोल्पा 
३४रबिना बुढा मगर चोयाबांग, रोल्पा 
३५गणेश बुढा मगर बुर्तिबांग, बाग्लुंग 
३६भिमराज बुढा मगर मिरुल २, रोल्पा 
३७कमल घर्ति मगर रोल्पा 
३८नविन घर्ति मगर 
३९हेमसरि थापा मगर सुलिचौर, रोल्पा 
४०जोखमान बुढा मगर काक्री, रुकुम 
४१धनकुमार बुढा मगर काक्री, रुकुम 
४२जोगेश्वर बुढा मगर काक्री, रुकुम 
४३सुकविर बुढा मगर 
४४चुन बहादुर बुढा 
४५कुमार झाँक्री मगर थावांग ७, रोल्पा 
४६बिकाश मगर मिरुल ३ सिवारी, रोल्पा 
४७धनप्रसाद पुन मगर मिरुल, रोल्पा 
४८प्रकाश बुढा मगर तकसेरा, रुकुम 
४९कुमार झाँक्री मगर थावांग रोल्पा 
५०बिराट बुढा मगर थाबांग, रोल्पा
५१गङ्गा घर्ति मगर थावांग, रोल्पा 
५२दिल कुमार बुढा मगर 
५३दिप बुढा मगर कुरेली २ सिवारी, रोल्पा 
५४कृष्ण प्रसाद रेग्मी गोर्खा  सेवा समाज
५५धनराज बुढा मगर कोल-२ रुकुम



















Saturday, 11 April 2015

नेपाल खाम भाषा जागरण मंचले तकसेरा महोत्सवको लागि सहयोग हस्तान्तरण !

कैलाश खाम, दुवई, युएई- नेपाल खाम भाषा जागरण मन्च युएईले तकसेरामा हुँदै गरेको आदिवासी जनजाति महोत्सवमा सहयोग हस्तान्तरण गरेको छ  तकसेरामा हुँदै गरेको आदिवासी जनजाति महोत्सवको तर्फवाट महोत्सव संयोजक प्रमुख पहलसिंङ्ग घर्ति मगरले खाम भाषा बोल्ने बिशेष त १८ मगरातका मगरहरुको साझा मंच नेपाली खाम भाषा जागरण मंचका युएईसंग सहयोगको अपेक्षा राख्नु भएको थियो  । सो बिषयलाई गत अप्रिल १७ मा वसेको मन्चको चौथो वैठकले छलफल गरि सहयोग गर्ने प्रतिबद्दता जाहेर गरेको थियो । सोहि प्रतिबद्दता अनुरुप मंचका महासचिव जितमान बुढा मगरले मन्चको नामबाट अक्षरुपि रु. दश हजार (१००००) महोत्सवका संयोजक प्रमुख पहलसिंग घर्ति मगरलाई आई ए मि मार्फत पठाइदिनु भएको छ । यो सहयोगमा खड्क घर्ति मगर, राङ्सी रोल्पाको अतुलनीय सहयोग रहेको छ भने मंचका सुभ चिन्तक गोर्खा सेवा समाजका पदाधिकारी कृष्ण रेग्मीको पनि सहयोग रहेको थियो । 

सहयोग वारे बोल्दै मंचका अध्यक्ष भुवन बुढा मगरले भन्नु भयो, यो पटक हामीले रुकुम तकसेरामा सम्पन्न हुन गइरहेको आदिवासी जनजाति महोत्सवलाई केहि सहयोग गर्यौं । हामीसंग समय छोटो थियो । हतार-हतारमा हामीले तयारी राम्रोसंग गर्न पाएनौं । अवका दिनहरुमा रोल्पामा पनि यस्तै कार्यक्रमहरु भए अथवा कुनै कार्यमा हाम्रो सहयोगको आवस्यकता पर्यो भने हामीले सक्दो सहयोग गर्ने नै छौँ । 

मन्चमा सवै १८ मगरातहरुलाई समेट्ने योजना भए पनि हालसम्म रुकुम र रोल्पाका जम्मा गरि ६६ जना सदस्यहरुको एक जम्वो टिम यो मन्चमा कृयाशील हुनु भएको छ । यो मंचले युएईमा रहनु भएका सवै खामे तथा १८ मगरातका मगरहरुलाई समेट्ने र गोलबन्द गर्दै लैजाने योजना बनाएको छ । प्रदेशको ठाउँमा एकले अर्कोलाई आपत विपद पर्दा यस्तै संस्थाको आबस्यक पर्ने गर्छ । छोटै समयमै सांगठानिक रुपमा निकै प्रगति गरेका मंचका सदस्यहरु निकै कृयाशील रहेका छन् 

Friday, 27 March 2015

नेपाल खाम भाषा जागरण मंच युएईले रुकुम तकसेरा महोत्सवमा सक्दो सहयोग गर्ने

२७ अप्रिल, कैलाश पुन, दुवई, नेपाल खाम भाषा जागरण मंच युएईको चौथो वैठक सम्पन्न भएको छ । दुवईको बर दुवई क्यारिफ़र डांडामा बसेको वैठक मंचका अध्यक्ष भुवन बुढा मगरको अध्यक्षतामा बसेको थियो भने जागरण मंचका प्रमुख सल्लाहकार पृथीछक बुढा मगर र रामकृष्ण पुन मगरको बिशेष उपस्थिति रहेको थियो भने वैठकको संचालन मंचका महासचिव जितमान बुढा मगरले गर्नु भएको थियो । बैठकमा बिभिन्न प्रस्ताबहरु माथि छलफल गरेर निर्णयहरु पारित गरेको छ ।

बैठकले रुकुमको तकसेरामा सम्पन्न हुन गइरहेको आदिवासी जनजाति महोत्सवको लागि आधिकारिक रुपमा सहयोगको निम्ति पत्र आएको हुनाले उक्त महोत्सवलाई सफल पार्नको लागि आफुहरुले सक्दो आर्थिक र प्रचारात्मक सहयोग गर्ने निर्णय गरेको छ । साथै मंचका उपाध्यक्ष पुर्णिमाया रोका मगरको स्वास्थ्य अवस्था केहि कमजोरी भएको र त्यसको लागि अप्रेशन गर्नु पर्ने भएको हुनाले जागरण मंचले उहाँलाई सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्दता जाहेर गरेको छ ।
बैठकले तत्कालै आर्थिक संकलन गर्ने निर्णय गरे लगत्तै गोर्खा सेवा समाज युएईका पदाधिकारी कृष्ण प्रसाद रेग्मीले महोत्सव सफल रहोस भन्ने कामना गर्दै आफ्नो व्यक्तिगत तर्फवाट केहि आर्थिक सहयोग पनि हस्तान्तरण गर्नु भएको थियो । उहाँलाई मंचले शाब्दिक सम्मान गर्दै आभार प्रकट गरेको छ ।

त्यस्तै मंचका उपाध्यक्ष बिकाश रोका मगरले निर्णय प्रस्ताबित बुँदाहरु माथि छलफल गर्दै रुकुमको तकसेरा आदिवासी जनजाति महोत्सबमा सहयोग गर्नको लागि जति नै न्यून रकम भए पनि सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो भने महोत्सव नजिकै आइसकेको अवस्थामा आर्थिक संकलन गर्ने कुरामा अलि ढिलाई हुने स्थिति आउने भएको हुनाले मंचका सदस्य खड्क घर्ति मगरले मंचलाई आइपरेको आर्थिक समस्यालाई मध्यनजर गर्दै आफुले तत्कालका लागि काम चलाउन सकिने प्रतिबद्दता जाहेर गर्नु भएको थियो ।

बैठकको अन्त्यमा जागरण मंचका अध्यक्ष तथा बैठकका सभापति भुवन बुढा मगरले बिभिन्न बिषयहरु माथि प्रकाश पार्दै युएईमा रहेका सवै संघ सस्थाहरुसंग समान सम्बन्ध कायम गरि सबैसंग मिलेर सहकार्य गर्दै अघि बढ्नको लागि हामीसंग ढोका खुल्ला रहेको छ भनि कुरा स्पष्ट पार्नु भयो । उहाँले नेपाली मगर संघ युएईमा दुई वटा मगर संघ रहेको कुरा प्रति गहिरो दुख प्रकट गर्दै भन्नु भयो, ‘युएईमा २ वटा मगर संघ छन् । यो नितान्त दुखको कुरा हो । कुनै देशमा तपाईं हामीहरुले हेर्यौं भने कहिँ कतै दुईवटा मगर संघ छैन । ति दुई मगर संघको एकीकरण गरेर लैजानु पर्छ । उहाँहरु मिल्नु पर्छ । मिल्नुको बिकल्प छैन । यदि मिल्नु भएन भने त्यसबाट हुन जाने परिणामको जिम्मेवारी उठाउन उहाँहरु तयार हुनु पर्यो । ति दुई मगर संघसंग हामी समान ब्यबहार गर्न चाहन्छौं । को सहि छ को गलत छ ? हाम्रो लागि सवै वाराबर हो । उहाँहरु मिलेर मगर जात र पहिचान, संस्कृतिको उत्थान गर्नु पर्छ । यदि यो कुरामा उहाँहरु चुक्नु भयो भने बिकल्पमा हामी छौं । हामी उहाँहरुलाई भन्छौं, यदि मिलेर जाने भए जानुस नत्र हामीलाई बाटो छोड्दिनुस हामी मिलाएर अघि बढ्छौं । हामी सक्षम छौं । हामीलाई त्यो सम्भब लाग्छ ।'

मंचले २०१५ भित्र कुनै मगर चाडको अबशर पारेर परम्परागत सांस्कृतिक झाँकी जस्तै २२ ताल दिग्रे, घरुवा, अन्य मगर भूमे नाच प्रस्तुत गर्ने तयारी पनि गर्ने भएको छ । 

नेपाल खाम भाषा जागरण मन्चमा आबद्द सदस्यहरुको नामावली यस प्रकार रहेको छ:-

संख्या: नाम  ठेगाना 
रामकृष्ण पुन मगर  कुरेली, रोल्पा 
पृथीछक बुढा मगर  रन्मामैकोट-६ रुकुम 
भुवन बुढा मगर  महत, रुकुम 
हिक्मत रोका मगर  उवा, रोल्पा 
पूर्ण माया रोका मगर  थावांग, रोल्पा 
जितमान बुढा मगर  मिरुल १, रोल्पा 
डम्वर बुढा मगर  रोल्पा 
राम कुमार रोका मगर  कुरेली, रोल्पा 
नविन घर्ति मगर  रोल्पा 
१० कैलाश खाम पुन मगर  कोल ५, रुकुम 
११ बिरनारायण पुन मगर  कोल ८ गर्खानी, रुकुम 
१२ निखिराम बुढा मगर  कोल, रुकुम 
१३ खल जित बुढा मगर  कुरेली, रोल्पा 
१४ दिलमान पुन मगर  कुरेली, रोल्पा 
१५ मन प्रसाद बुढा मगर कुरेली, रोल्पा 
१६ खड्क घर्ति मगर  राङ्सी, रोल्पा
१७ रिखीश्वर बुढा मगर  महत ४ धर्मशाला, रुकुम 
१८ बले पुन मगर 
१९ मनराज पुन मगर 
२० धनराज बुढा मगर  काँडा, रुकुम 
२१ चन्द रोका मगर 
२२ होम घर्ति मगर 
२३ जनक पुन मगर 
२४ उच्य रोका मगर  मिरुल, रोल्पा 
२५ दिपक पुन मगर  कुरेली २ सिवारी, रोल्पा 
२६ राजबिर बुढा मगर 
२७ जलन पुन मगर 
२८ जय प्रकाश बुढा मगर 
२९ अविनाश रोका मगर 
३० राज कुमार बुढा मगर 
३१ कमल बुढा मगर 
३२ कमला बुढा मगर  चोयाबांग, रोल्पा 
३३ सिता बुढा मगर  चोयाबांग, रोल्पा 
३४ रबिना बुढा मगर  चोयाबांग, रोल्पा 
३५ गणेश बुढा मगर  बुर्तिबांग, बाग्लुंग 
३६ भिमराज बुढा मगर  मिरुल २, रोल्पा 
३७ कमल घर्ति मगर  रोल्पा 
३८ नविन घर्ति मगर 
३९ हेमसरि थापा मगर  सुलिचौर, रोल्पा 
४० जोखमान बुढा मगर  काक्री, रुकुम 
४१ धनकुमार बुढा मगर  काक्री, रुकुम 
४२ जोगेश्वर बुढा मगर  काक्री, रुकुम 
४३ सुकविर बुढा मगर 
४४ चुन बहादुर बुढा 
४५ कुमार झाँक्री मगर  थावांग ७, रोल्पा 
४६ बिकाश मगर  मिरुल ३ सिवारी, रोल्पा 
४७ धनप्रसाद पुन मगर  मिरुल, रोल्पा 
४८ प्रकाश बुढा मगर  तकसेरा, रुकुम 
४९ कुमार झाँक्री मगर  थावांग रोल्पा 
५० बिराट बुढा मगर  थाबांग, रोल्पा
५१ गङ्गा घर्ति मगर  थावांग, रोल्पा 
५२ दिल कुमार बुढा मगर 
५३ दिप बुढा मगर  कुरेली २ सिवारी, रोल्पा 
५४ कृष्ण प्रसाद रेग्मी  गोर्खा  सेवा समाज
५५ धनराज बुढा मगर  कोल-२ रुकुम