Saturday, 11 April 2015

नेपाल खाम भाषा जागरण मंचले तकसेरा महोत्सवको लागि सहयोग हस्तान्तरण !

कैलाश खाम, दुवई, युएई- नेपाल खाम भाषा जागरण मन्च युएईले तकसेरामा हुँदै गरेको आदिवासी जनजाति महोत्सवमा सहयोग हस्तान्तरण गरेको छ  तकसेरामा हुँदै गरेको आदिवासी जनजाति महोत्सवको तर्फवाट महोत्सव संयोजक प्रमुख पहलसिंङ्ग घर्ति मगरले खाम भाषा बोल्ने बिशेष त १८ मगरातका मगरहरुको साझा मंच नेपाली खाम भाषा जागरण मंचका युएईसंग सहयोगको अपेक्षा राख्नु भएको थियो  । सो बिषयलाई गत अप्रिल १७ मा वसेको मन्चको चौथो वैठकले छलफल गरि सहयोग गर्ने प्रतिबद्दता जाहेर गरेको थियो । सोहि प्रतिबद्दता अनुरुप मंचका महासचिव जितमान बुढा मगरले मन्चको नामबाट अक्षरुपि रु. दश हजार (१००००) महोत्सवका संयोजक प्रमुख पहलसिंग घर्ति मगरलाई आई ए मि मार्फत पठाइदिनु भएको छ । यो सहयोगमा खड्क घर्ति मगर, राङ्सी रोल्पाको अतुलनीय सहयोग रहेको छ भने मंचका सुभ चिन्तक गोर्खा सेवा समाजका पदाधिकारी कृष्ण रेग्मीको पनि सहयोग रहेको थियो । 

सहयोग वारे बोल्दै मंचका अध्यक्ष भुवन बुढा मगरले भन्नु भयो, यो पटक हामीले रुकुम तकसेरामा सम्पन्न हुन गइरहेको आदिवासी जनजाति महोत्सवलाई केहि सहयोग गर्यौं । हामीसंग समय छोटो थियो । हतार-हतारमा हामीले तयारी राम्रोसंग गर्न पाएनौं । अवका दिनहरुमा रोल्पामा पनि यस्तै कार्यक्रमहरु भए अथवा कुनै कार्यमा हाम्रो सहयोगको आवस्यकता पर्यो भने हामीले सक्दो सहयोग गर्ने नै छौँ । 

मन्चमा सवै १८ मगरातहरुलाई समेट्ने योजना भए पनि हालसम्म रुकुम र रोल्पाका जम्मा गरि ६६ जना सदस्यहरुको एक जम्वो टिम यो मन्चमा कृयाशील हुनु भएको छ । यो मंचले युएईमा रहनु भएका सवै खामे तथा १८ मगरातका मगरहरुलाई समेट्ने र गोलबन्द गर्दै लैजाने योजना बनाएको छ । प्रदेशको ठाउँमा एकले अर्कोलाई आपत विपद पर्दा यस्तै संस्थाको आबस्यक पर्ने गर्छ । छोटै समयमै सांगठानिक रुपमा निकै प्रगति गरेका मंचका सदस्यहरु निकै कृयाशील रहेका छन् 

No comments:

Post a Comment