सम्पुर्ण १८ मगरात अन्तर्गत खाम भाषी दाजु भाइ तथा दिदिवहिनीहरुमा नमस्कार । हामी निकै लामो समय देखि खाम भाषा र हाम्रो १८ मगरात अन्तर्गतका सस्कृती, रितिथिती, परम्परा र पहिचानको उत्थान र सम्बर्द्दनको लागि कृयाशिल रहेको कुरा यहाँहरुलाई थाहा भएकै कुरा हो । यसै सम्बन्धमा हामी सामु असार सावन महिना पनि नजिकिँदै छ । नेपालमा भुमे नाच्ने बेला पनि आउदै छ । त्यही सेरोफेरोमा हामीले पनि केही कार्यक्रम आयोजना गरौं भन्ने पनि लागिरहेको छ । त्यस्तै युएईको मामिलामा पनि अब इड पनि आउदै छ । यस अवशरमा लामो बिदा पनि मिल्ने भएको हुनाले कुनै न कुनै कार्यक्रम गरौं भन्ने कुरा मन्चमा उठिरहेको हुनाले सोही बिषयमा छल्फल गर्नको लागि भेला बोलाइएको छ । यो भेलामा उपस्थिती हुनको लागि सम्पुर्ण खामे दाजु भाइ दिदी बहिनीहरुमा हार्दिक अनुरोध गर्दछौं ।
भेला हुने समय र स्थान :
मिति : ५ जुन २०१५
स्थान : अल एन (झ्याली पार्क)
समय : बिहान ११ बजे
समय : बिहान ११ बजे
भुवन बुढा मगर कैलाश खाम पुन मगर
अध्यक्ष प्रवक्ता
नेपाल खाम भाषा जागरण मंच, युएई नेपाल खाम भाषा जागरण मंच, युएई
No comments:
Post a Comment