समायोजनको अर्थ, सम भनेको वरावर र योजन भनेको जोड्नु हुन्छ । आज नेपाली मगर संघ र मगर संघ युएईको विचमा समायोजन भयो । समायोजन भएर एक भएको छ । तर यो स्थितिलाई कुन कोणवाट समायोजनको अर्थ दिने ? म भने असमान्जसमा परिरहेको छु । यदपी समायोजन हुनु र टुक्रे अवस्थामा पुगेका मगरहरुको संगठनलाई एकतावद्ध गर्नु आफैमा एक ऐतिहासिक क्षण थियो । त्यसमा हामी सवैले गर्भ गर्नु पर्छ । यो कुरा हुँदा हुँदै पनि म यो कुरालाई समायोजन वा एकतावद्द भएर संगठन एकता भएको कुरा मान्न असमर्थ छु । यो मेरो व्यक्तिगत अधिकारको कुरा हो ।
दुई संगठनको एकता गर्नको निम्ती जुन प्रकृया अपनाउनु पर्दथ्यो त्यो हुन सकेन । कोठे वैठकवाट पारित गरिएको नामावली त्यहाँ प्रस्तुत गरियो र त्यसलाई खाए खा नत्र घिच भन्ने उखान चरितार्थ गरेर जवरजस्ती रुपमा त्यसलाई पारित गर्ने दुष्प्रयास गरियो । यो परिस्थिमा वैठक वहिस्कार गरेर वाहिरिनु वाहेक अर्को विकल्प थिएन जुन मैले गरें ।
संगठन एकता गर्नको निम्ति निम्न कुराहरुको तयारी अत्यावस्यक थियो । जुन यस किसिमले गर्न सकिन्थ्यो । सर्व प्रथम प्रत्यक संगठनवाट निश्चित संख्यामा संगठन पदाधिकारी चयन समिति गठन गर्नु पर्थ्यो । त्यस समितिले आ-आफ्नो तर्फवाट योग्य व्यक्तिहरु मध्य कुन-कुन व्यक्तिहरुलाई पदाधिकारी वनाएर पठाउने हो तिनीहरुलाई चयन गरेर नामावली पेस गर्नु पर्ने हुन्थ्यो । त्यस पछी पदाधिकारी चयन समितिले प्रस्तुत गरेको नामावली अध्ययन गरेर छलफलमा लग्नु पर्ने थियो । तर त्यो हुन सकेन । पहिल्यै तयारी गरिएको नामावलीहरुलाई त्यहाँ प्रस्तुत गरियो र छलफलमा लगियो । छलफल पनि यस किसिमले भयो जसलाई छलफल गर्नुको औचित्य थिएन जव कि छलफल गरिसके पछी पनि उहाँहरुले प्रस्तुत गर्नु भएको कागजी नामावलीमा कुनै फेरवदल भएको थिएन । उहाँहरुको अडान अन्तिमसम्म पनि उही कागजी नै थियो । जुन उहाँहरुले प्रस्तुत गर्नु भएको थियो । यदि त्यसो हो भने भेला वोलाएर नौटंकी गरिरहनुको कुनै अर्थ थिएन ।
यो हुन परिस्थिति हुन सक्दछ भनेर तात्कालिन नेपाली मगर संघका चन्द्र सारु मगरलाई सल्लाह दिएको थिएँ । उहाँले भन्नु भयो "होइन यस्तो हुन सक्दैन । वरिष्ठ उपाध्यक्ष र महासचिव हामीले दावी गर्नु पर्छ । यसमा कदापी सम्झौता हुन सक्दैन । हामीले संगठन एकता गर्नु पर्छ र आउँदो महाधिवेशनमा सम्पूर्ण संगठन कब्जा गर्नु पर्छ" भन्ने जस्ता वेतुकका कुराहरु गर्नु भएको थियो । यो कुरामा मैले भनेको थिएँ "संगठन भित्र गुट वन्दीको कुरा अव समाप्त हुनु पर्छ । संगठन कब्जाको कुरा नगर्नु होला ।" आज मैले उहाँलाई प्रश्न सोधिरहेको छु "चन्द्र जी संगठन तपाईंको कव्जामा आउँछ त ? गर्न सक्नु हुन्छ ? हिम्मत छ ? नो वे ! दुश्साहस नगर्नु होला ।" कुन आधारमा संगठन कब्जा गर्ने कुरा गर्नु भयो ? कब्जा गरेर तपाईंले के गर्नु हुन्छ ? जव कि तपाईंको अडानमा कुनै दम नै छैन । अव विस्वासका आधारहरु समाप्त पार्नु भएको छ । हिजो कुन आधारमा संगठनलाई चिरा पार्नु भयो ? आज कुन आधारमा असमानजनक रुपमा विलय हुँदा पनि तपाईं एक शब्द वोल्नु भएन । तपाईं गद्दार हो । एक नेतृत्व तहमा वसेको मान्छेले आफ्नो पराजय हुने स्थिति हुँदा पनि उसले टुलुटुलु हेरेर वस्दछ भने त्यसलाई कुन अर्थ लगाउने ? यसको अर्थ यहि हो कि चन्द्र सारु मगरले संगठनलाई गद्दारी गरेको छ । मैले यहि वुझिरहेको छु ।
अर्का एक जना पात्र तत्कालीन मगर संघ युएईका महासचिव भुवन मगर हुनु हुन्छ । उहाँले मसंग यसको वारेमा पनि केहि कुरा गर्नु भएको थियो । यसमा तत्कालिन नेपाली मगर संघको सल्लाहकारको हैसियतले संगठनको तर्फवाट केहि सुझाव दिएको थिएँ जुन हामीले सामुहिक छलफल गरेर महासचिव र वरिष्ठ उपाध्यक्ष नेपाली मगर संघले प्राप्त गर्नु पर्छ भनेर भनेको थिएँ । त्यतिवेला उहाँले भन्नु भएको थियो "सुशी पुलामी घर्ति मगरलाई महासचिव दिनु नमिल्ने कुरा गरिरहनु भएको छ । किन भने हरि घर्ति मगरले आफ्नो श्रीमतीलाई आउँदो महादिवेशनमा अध्यक्षमा उठाउने छन् ।" यो वडो हाँसो लाग्दो कुरा थियो । संगठनको एक जिम्मेवारी व्यक्ति जो आफ्नै संगठनका व्यक्तिहरुको विरुद्दमा लागेको कुरा वुझ्दा संघको एकता भित्रको खास वास्तविक अर्थको वारेमा केही शंकाहरु जन्माएको थियो । यस अर्थले तत्कालिन नेपाली मगर संघका अध्यक्ष चन्द्र सारु मगर र भुवन मगर वास्तविक अर्थमा आफ्नै संघ विरुद्द भित्र भित्रै लागि परेको कुरा पुष्टि हुन्छ । जेविल पार्कमा वसेको एकता वैठकमा उहाँहरुको कुराले यसलाई थप पुष्टि गरेको छ ।
अव अर्को प्रसङ्ग तिर जाउँ, जव दुवै संगठनको सम्मानजनक एकता हुने हो भने अध्यक्ष पद मगर संघ युएईले पाउने भयो । त्यस पछीको महत्व पूर्ण पद नेपाली मगर संघले पाउनु पर्ने थियो । त्यो पनि भएन । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव सवै नेपाली मगर संघले दावी गर्न थाल्यो । अव यो प्रकारको एकतालाई के भन्ने ? एकाध साथीहरुले वहसमा मलाई पदोन्मुख भएको हो कि भन्ने प्रश्न पनि सोध्नु भएको थियो । यदि यो कुरा गर्ने नै हो भने तिन-तिन वटा पद आफै मात्र राख्न खोज्ने व्यक्तिहरुलाई के भन्ने ? के त्यसमा पदको लोभ छैन ? पदको मोह त ति व्यक्तिहरुलाई छ जसले त्यो प्रश्न मलाई सोधेका थिए । ठिक छ, एक किसिमले त्यो मान्न सकिन्थ्यो कि हामी पदको लागि वार्गेनिंग गर्दै छौं । तर ति व्यक्तिहरुले पनि त्यो पद समाएर छोडिरहेका छैनन् । तिनीहरुलाई के यो लागु हुँदैन ? प्रश्न गर्नु भन्दा पहिले मैले के वोलिरहेको छु भन्ने कुराको हेक्का राख्नु अनिवार्य हुन्थ्यो । पद लोभकै प्रसंगमा मैले मेरो तर्फवाट स्पष्टिकरण दिन चाहिरहेको छु कि म यो संघमा लगेर मोटो रुपियाँ कमाउछु भन्ने पनि लागेको होइन । न कुनै विशेष जातीयताको साम्प्रदायिक नेता भएर नै केहि प्राप्त गर्न चाहन्छु । न जातीयताको मुद्दा उठाई वाहुन क्षत्रीलाई गाली गरेर नै आफ्नो असफलताको ढाकछोप गर्न चाहन्छु । मात्र हाम्रो पहिचानको निम्ति । जातीय मुक्तिको निम्ति । लोप हुँदै गईरहेको भाषा र सास्कृतिको निम्ति । त्यसो त विभिन्न संघ संस्थाको मुख्य जिम्मेवारी व्यक्ति भएको हुनाले मेरो काँधमा महान जिम्मेवारी पनि छ । प्रवाशमा आफ्नो जागिरको कुरा पनि धयान दिनु पर्ने हुन्छ । यहीं व्यस्तताको कारणले पनि स्वयं साथीहरुले मगर संघको कुनै जिम्मेवारी लिनु परयो भनेर यदि भने पनि म त्यसमा वस्ने थिएन । त्यसैले पद सम्वन्धि पर्न गएको भ्रम प्रति सवैको ध्यानाकर्षण गर्न चाहन्छु । अन्त्यमा नेपाल मगर संघ युएईका सम्पूर्ण नयाँ पदाधिकारीहरुमा सफलता कार्यकालको कामना गर्दछु ।
पृथीछक वुढा मगर
नेपाली जनप्रगतिसिल मोर्चा केन्द्रीय सचिव
नेपाल आदिवासी जनजाती परिषद युएई महासचिव
This comment has been removed by the author.
ReplyDeleteसमायोजन हुदैमा समस्या समाधान हुदैन
ReplyDeleteपदिय लोभ को सिकार बनेकाहरुको चाल यस्तै यस्तै हुन्छ भन्दा फरक नपर्ला, पृथीछक जी, " केटा केटी आयो, गुलेली खेलायो मट्यांग्राको सत्यानाश भन्या येही हो " हरेक बस्ती, समुदाय मा एकताको अत्यन्तै खाचो रहेको हुन्छ र एकता बिना हामी कुनै कुराको बिकास गर्न सजिलो छैन, मानव एक चेतनशील प्राणी भएको नाताले एक आपसमा एकताबद्ध भएर अगाडी बढ्नु हिजोको र आजको मात्र नभएर भोलिको पनि आवस्यकता हो, “युनिटी इज द पावर” भन्ने कुरा हामि सबैले बुझिरहेकै कुरा हो, मानव जिवन मा हरेक कार्य हरु गर्दै जादा समस्याहरु आउनु स्वभाविक नै हो, आउछ नै, र समस्या पनि हामी व्यक्तिले नै गर्दा आउने हो र त्यसको समाधान पनि हामी व्यक्ति समुदायले नै गर्ने हो र गर्नु पर्छ पनि, तर आज मगर संघ यु ए ई र नेपाली मगर संघ यु ए ई को समायोजन भएको कुरा सुनिरहदा मलाई लाग्छ हिजो का ति समस्याहरु प्रति ध्यानाकर्षण पक्कै पनि भएन कि जस्तो लागेको छ, बास्तबिकता र यथार्थ भन्ने शब्द एकै एकै हुन् ति हिजो का समस्याहरु बास्तब मा किन आयो ??? कसरी आयो ??? र कसले गर्दा आयो त ??? यी कुरा हरु भुझ्नु जरुरी थियो तर त्यो पक्कै पनि भएन, एक हिसाबले, ल ठिकै छ, मगर संघ यु ए ई समायोजन भयो, हुनु जरुरी थियो, राम्रो कुरा हो तर भोलि फेरी नटुक्रिएला, विभाजन नहोला भन्ने यसका गतिला, बलिया आधार हरु के के रहे त ??? यो मेरो लागि जिज्ञासा को कुरा रह्यो, तर समायोजन हुदैमा समस्याको समधान हुन्छ भन्ने चाहि होइन, जब सम्म व्यक्तिको सोच र बिचार सकारात्मक रुपमा परिबर्तन हुदैन, कू बिचार लाई त्याग गर्दैन तब सम्म मस्या समाधान हुदैन, र समस्या १००% समाधान हुन्छ र ०% मा नै ल्याउन सकिन्छ भन्ने चाहि होइन मात्र समस्या न्यूनीकरण चाहि गर्न सकिन्छ भन्ने मेरो भनाइ होi संस्थागत कुरा लाई व्यक्तिगत निर्णय लियो भयो भने पनि यस्तै हुन्छ, “आफ्नो अनुहार एना (मिरर) मा हेर्न खोज्छ अनुहार राम्रो देखिदैन, अनि एना भुइमा पछार्छ र त्यो चिरा चिरा परेर चर्केर जान्छ तर फेरी भोलि त ऐनामा अनुहार हेर्न पर्यो र उसले फेरी त्यो फुटेको ऐनालाई सुपर ग्लु ले चप्काउन खोज्छ तर चप्किदैन र सेलो टेप को सहायताले चप्काउछ अनि एना मा फेरी हेर्छ तर तेहा त अझै नराम्रो देखाउछ अनि फेरी भुइमा पछार्छ” छोटोमा भन्दा खेरि “आफ्नो अनुहार राम्रो छैन ऐना लाई दोष” भनेको यही हो त्यो गर्नु उसको मुर्खता हो र आफुलाई निकै नै बुद्धिमानी ठान्ने व्यक्तिहरुले ट्वाल्ल परेर हेर्नु अझै महामुर्ख हो, हैन र ?? समाज सेवा र जातीय उत्थान को नाउ मा राजनीतिकरण गर्नु भन्या येही हो भन्ने बुझेको छु i
खेम जीको विचार एक दम सहि छ ! म त्यसलाई सलाम गर्छु ! यी तमाम कुराहरुको वोध तपाईलाइ पनि रहेछ ! हिजोको कार्यक्रममा तपाइको उपस्थिति नदेख्दा भने मलाई अति दुख लागिरहेको छ ! जुन मान्छे संगठन एकता गर्नको लागि नेपाली मगर संघको विचमा एउटा पुलको काम गरिरहेको थियो त्यही मान्छेलाई पदको लोभ गरेको हो कि भन्ने अभिव्यक्ति पनि केहि साथीहरुले गर्नु भयो ! दु:ख लागिरहेको छ ! यदपी सम्पूर्ण मगरहरु समेट्न भने यो मगर संघले पनि सकेको स्थिति छैन !
Deleteप्रेश विज्ञप्ति |
ReplyDelete४ अप्रिल युएईको दुवईमा भएको तत्कालीन नेपाली मगर संघ युएई र मगर संघ युएई समायोजन पश्चात हुने नेपाल मगर संघ युएईमा संघको केन्द्रीय महासचिवमा मेरो नाम प्रस्ताव हुँदा शुशी पूलामी घर्तिमगरलाई यदी महासचिव दिइयो भने,आउँदो महधिवेशनमा शुशी पुलामी घर्ति मगरलाई हरि घर्तीमगरले अध्यक्षमा उम्मेद्वार गराई निर्वाचित गराउनेछ त्यसैले पनि शुशी पुलामी घर्ति मगरलाई महासचिव दिनुहुन्न भन्ने तत्कालिन मगर संघ युएईका मूल नेतृत्ववाटै तत्कालिन नेपाली मगर संघका महासचिव भुवन मगर संग भनिएको र उक्त कुरा तत्कालिन संघका सल्लाहकार प्रितीछक बूढा मगर संग जानाकारी गराएको भन्ने स्वयम् बूढा मगरको "दुई मगर संघको विचमा एकता ! त्यो भित्रको भ्रम र वास्तविक्ता" भन्ने लेखमा पढ्न पाँउदा म अत्यन्तै गम्भीर भएकी छु | यो कुरा साँचो हो या होइन ? संबन्धित पक्षवाट यथासिघ्र स्पष्ट पार्न हुन अनुरोध गर्दछु | साथै म शुशी पुलामी घर्तिमगर अहिलेसम्म जुन संघ सस्थामा आवद्धछु, म मेरो मिहिनेत,लगाव,झुकाव,इमान्दारिता,कर्तब्यनिष्ठ र क्षेमताको कारणवाट छु |उक्त कायर भनाइ जो सुकैवाट आएको भएपनि घोर आपति प्रकट गर्दै, मलाई कुनै पनि संघ संस्थामा काम गर्न रहन कोहि कसैको बैशाखीको जरुरी नपर्ने व्योहोरा समेत यसै विज्ञप्ति मार्फत स्पष्ट पार्न चाहन्छु |
शुशी पुलामी घर्तिमाग
सचिव
नेपाल मगर संघ केन्द्रीय समिति युएई