Friday, 14 March 2014

क्रान्तिकारी धुर्वीकरणको आवस्यकता- प्रिथीछक वुढा मगर

भर्खरै मात्र नेकपा-माओवादी र एकीकृत नेकपा माओवादी पार्टीको संयुक्त प्रेस वक्तव्य वाहिर आएको छ । त्यसले नेपाली राजनीतिमा एक प्रकारको तरङ्ग सिर्जना गरेको पनि छ । एकातीर त्यसको घोर विरोध भइरहेको छ भने, अर्को तीर त्यसले समर्थन । प्रमुख कुरा त नेपालमा जनताको अधिकार स्थापना भएको हेर्न नचाहने तत्वहरु अहिले थर्कमान भएको स्थिति छ । नेपालमा यी दुई माओवादी शक्ति फेरी मिल्ने त होइनन् ? उनीहरुको एकताले फेरी माओवादी वलियो हुने त होइन ? भन्ने कुराले उनीहरु त्रसित छन् । त्यो स्वभाविक प्रकृया  हो कि, विरोधी शक्तिहरु मध्य कुनै एक शक्तिको उदयमा अर्को शक्ति कम्जोर हुने गर्दछ । यो वुझिरहेका उनीहरु वास्तवमा नेपालमा कम्युनिष्ठहरु एकता भएको हेर्न चाहँदैनन । त्यसैले उनीहरुलाई टुटाउनु र फुटाउनुमा ति प्रतिगामी शक्तिहरु हमेशा विचमा खेलिरहेका हुन्छन । त्यो कुरा नेपाली कम्युनिष्ट घटकले अझै वुझेका छैनन् । उनीहरु व्यक्तिगत स्वार्थ अनुकुल कम्युनिष्टको सिद्दान्तको व्याख्या गर्ने गरेका छन् । जुन आफै पनि क्रान्तिको निम्ति घातक कुरा हुन्छ ।

अहिलेको नेपाली राजनीतिको सन्दर्भमा कमरेड लेनिनले भन्नु भएको जस्तै नेपाली क्रान्ति एउटा संकटमा फसेको कुरा अवश्य हो । नेपाली क्रान्ति, क्रान्तिकारी संकटको माध्यमवाट गुज्रिरहेको छ । यो स्थितिमा आम क्रान्तिकारीहरु एक हुनु अनिवार्य हुन्छ । साम्यवादको सिद्दान्त वोकेको कम्युनिष्टहरु छोटामोटा कुराहरुमा अल्झिनु आफैमा विडम्वनाको कुरा हो । क्रान्तिकारिहरु एक सिंगो समाज निर्माण गर्न चाहन्छन । के त्यो समाज एकाध मान्छेहरुको वलिदानवाट मात्रै सम्भब छ र ? अनि कम्युनिष्टहरु सभ्य समाजको स्थापना गर्नको निम्ती   सभ्य मान्छेहरु उसले कहाँवाट ल्याउछ त ? जरुर ति मान्छेहरु कुनै अर्को ग्रहवाट आउने कुरा हुँदैन । कम्युनिष्टले मान्छे रुपान्तरण गर्ने हो । त्यहि रुपान्तरीत मान्छेहरु नै साम्यवादका हकदारहरु हुन्छन । भने पछी कम्युनिष्टको काम के हो ? स्पष्ट छ, कम्युनिष्टको काम अरुलाई रुपान्तरण गर्ने हो । अनि मात्रै साम्यवादको निम्ति सभ्य मान्छेहरु जन्मिन सक्दछन । अरुलाई रुपान्तरण गर्नु भन्दा आफुलाई रुपान्तरण गर्नु पहिलो प्राथमिकता हो । अनि मात्रै अरुलाई रुपान्तरण गर्न सम्भव हुने गर्दछ । साम्यवादको स्थापना त्यसबेला मात्रै सम्भव हुन्छ जतिवेला सम्पूर्ण पृथ्वीका मान्छेहरु कम्युनिष्ट वनिसकेका हुन्छन् । तर नेपालका कम्युनिष्टहरु ? टुटेर, फुटेर आफैमा समाप्त हुदै गइरहेको इतिहास हाम्रो सामु छन्। कुनै न कुनै आरोपमा चिरा पर्दै गइरहेका छन्  । यो सवभन्दा बिडम्वनाको कुरा हो । वर्ग युद्द मानिसहरुको महासागरले मात्रै सम्भव हुन्छ । यो वुझ्न हामीले किन सकिरहेका छैनौ । के कुनै विशेष व्यक्तिहरुको क्रन्तिकारित्वले मात्रै वाँकी रहेको क्रान्तिको कार्यभार पुरा हुन सम्भब छ ? छैन । यो हुनै नसक्ने कुरा हो । त्यसैले हामीले जुट्नु अहिलेको आवस्यकता हो । फुट्नु होइन । हो, पार्टी भित्र गलत प्रवृतिहरु भित्रिन्छन । के ति प्रवृतिहरुवाट पराजित भएर हामी रुपान्तरणको अभिभारावाट च्युत हुने ? हामीले गलत रवैयाहरुको विरुद्दमा संघर्ष अनि रुपान्तरणको कुरा गरेको होइन ? त्यो हाम्रो जिम्मेवारी होइन ? ति प्रवृतिहरुलाई पराजित गर्न नसक्नु हामी क्रान्तिकारीहरुको कमजोरी हो । अनि आफ्नो कमजोरीलाई मुल्यांकान गर्ने कि नगर्ने ? गलत प्रवृतिहरु हावी हुने र ति प्रवृतिहरुले स्वयं हामीलाई नै धमिल्याउन सक्ने कुरामा चिन्तित हुनु भनेको आफैले आफैलाई विस्वास नगर्नु नै हो भन्ने मेरो मत रहेको छ । हामीले आफैलाई दृद रहेको कुरामा प्रष्ट हुनु पर्छ । नत्र कसरी अरुलाई हाम्रो एजेन्डामा सहभागी गराउन सक्दछौं ? किन भने हाम्रो अभिभारा साम्यवादको हो । हाम्रो अभिभारा रुपान्तरणको हो । विश्व कम्युनिष्टमय बनाउनु हो । संकीर्ण र जिर्ण विचारहरुलाई खतम गर्नु हो । ठुलो सोच र ठुलो विचारले मात्रै महान कार्यहरु सम्पन्न गर्न सकिन्छ । हाम्रो लक्ष महान छ । हाम्रो यात्रा कठिन छ । यो हामीलाई वोध हुनु जरुरी छ । त्यसैले सम्पूर्ण असहमतिहरुलाई समाधान गर्दै आम प्रगतिसिल धाराका प्रगतिसिल मोर्चाहरु विच एकता हुनु अपरिहार्य छ । तव मात्रै हाम्रो विजय सम्भव हुन सक्दछ ।

अहिले माओवादी पार्टीहरुलाई खतम गर्न राज्य परिचालित छ । जनयुद्दका मुद्दाहरुलाई उठाएर माओवादीहरुलाई तहखानामा कोच्ने जुन कसरत भइरहेको छ त्यस घटनाक्रमवाट हामीले वुझ्नु आवस्यकता के हो भने प्रतिक्रान्तिकारीहरु फेरी टाउको उठाउदै छन् र नेपालमा माओवादीलाई सिध्याउन चाहन्छन । त्यसको निम्ति मोर्चा वनाउनु पर्छ कि पर्दैन ? त्यस मुठभेदको तयारी गर्नु पर्छ कि पर्दैन ? प्रतिक्रान्तिकारीहरु विच मोर्चावन्दी भएर हाम्रो विरुद्दमा घृणित षड्यन्त्र गर्न लागिपरेको बेला हाम्रो मोर्चा वलियो वनाउनु पर्छ कि पर्दैन ? यसको लागि पनि दुई पार्टी विच मोर्चा निर्माण गरेर अघि वढ्नु आवश्यक छ । विहिवार दुई माओवादी पार्टीले प्रेस वक्तव्य निकायो । पहाड खसेको छैन । कतिपय कमरेडहरुमा भ्रम रहेको छ, विग्रेको प्रचण्डसंग मोर्चा निर्माण गर्न सम्भव छैन । किन ? एमाओवादी भन्नु नै प्रचण्ड हो ? त्यो कुरा सत्य हो, एमाओवादी पार्टी दलदलमा भासिंदै गइरहेको पार्टी हो । त्यो पार्टीका नेता र कार्यकर्ताहरु भ्रष्ट छन् । तर यो कुरा भुल्नु भएन कि त्यहाँ पनि यो देशलाई माया गर्ने र सर्वहारा वर्गको अधिनायकत्वलाई उद्देश्यसंग जोडेर नितान्त व्यक्तिगत स्वार्थवाट टाडा रहेका मान्छेहरु पनि छन् । त्यो पार्टीलाई सुधार्न हाम्रो कर्तव्य पनि हो । उसले झापड खाइसकेको छ । उसले सजाई पाइसकेको छ । जनतालाई गरेको अपमानको वदला पाइसकेको छ । हिजो पानीको फोको भन्नेहरु आज नेकपा-माओवादी पनि एक शक्ति हो भन्ने कुरामा उनीहरु पुगेका छन् । विशेस त मंगसिर ४ को निर्वाचनमा सर्वनाक हार व्यहोरेको घटनाले त्यो सोच्न वाध्य पारेको छ । हो, अहिलेको सन्दर्भमा पार्टी एकीकरणको सम्भावना छैन । तर द्वन्दात्मक भौतिकवादमा असम्भब भन्ने कुरा पनि हुँदैन । एमाओवादी परिवर्तनको पक्षमा आउन तयार हुन्छ भने पार्टी एकीकरण हुदैन भन्न सकिने आधारहरु छैनन् । एमाओवादी पार्टी नयाँ पार्टी हुनु पर्छ । उसले आफुलाई सुधार्नु पर्छ । सहिदका सपनाहरु उसले स्मरण गर्नु पर्छ । यदि यसरी एमाओवादी आउन तयार छ भने क्रान्तिकारी शक्तिहरु विच धुर्विकरणको आवस्यकता अनिवार्य रहन्छ । यो विज्ञानको नियम हो । विजय प्राप्त गर्नको निम्ति सम्पूर्ण परिवर्तनकारी शक्तिहरु एक ठाउँमा मोर्चा निर्माण गर्नु पर्छ । यसको लागी हामीले आ-आफ्नो ठाउँवाट सकारात्मक भूमिका निर्वाह गर्नु पर्छ ।

पृथीछक बुढा मगर - ग्लोभिभोना
नेपाली जनप्रगतिसिल मोर्चा युएई (केन्द्रीय सचिव)

नोट: उपरोक्त विचार मेरा निजि विचारहरु हुन् । यसमा संगठन जिम्मेवारी छैन ।

No comments:

Post a Comment