Sunday, 9 February 2014

कतारमा राप्तीका मगरहरुको भेला

सुनिल पुन,फेब्रुअरी ०७ तारिख २०१४ । दोहा कतारमा कार्यरत राप्ती अञ्चलवासी मगर दाजु भाई तथा दिदी बहिनीहरुको प्रथम भेटघाट परिचय तथा बनभोज कार्यक्रम कतारको होम साईडमा समपन्न भएको थियो । राप्ती अञ्चलको पाँच ओटा जिल्लाबाटै प्रतेक जिल्लाबाट ५-५ जना मगर सहभागी हुने तथा ५ जना मात्र महिला सहभागी हुने भनि कार्यक्रम तय भएको थियो । अन्तमा तोकिएको संख्या भन्दा ४०% धेरै मगर दाजु भाई तथा दिदी बहिनीहरुको सहभागिता भएको थियो । राप्ती अञ्चलको रुकुम रोल्पा प्युठान सल्यान दाङ पाँच जिल्ला मध्ये प्युठान जिल्लाबाट तोकिएको संख्या भन्दा धेरै मगर दाजु भाई तथा दिदी बहिनीहरु सहभागी हुनु भएको थियो । एक दुई जना गैर मगर एक दुई जना गैर राप्तीवासी पनि कार्यक्रममा उपस्थिति हुनुहुन्थ्यो । सोही कार्यक्रमबाट नेपाल प्रवासी मगर संघ दोहा कतारका नवौँ तथा दशौँ कार्यसमितिका केन्द्रिय सदस्य श्री भोज सारु मगर ज्यू कतार नफर्किने गरि नेपाल जानु हुने भएकोले ५ जिल्लाको एक एक जना तथा एक महिला गरी ६ जनाले खादा ओदाई सम्मान तथा बिदाई गरिएको थियो । शाथमा कार्यक्रममा खर्च गरि बचेको रकम तथा इच्छुक व्यक्तिहरुबाट जम्मा भएको रकम ९४५ कतारी रियाल भोज सारु मगर ज्यूको गाउँमा रहेको प्रथामिक बिद्दालयलाई सहयोग सहरुप हस्तान्त्रण गरिएको थियो । कार्यक्रममा उपस्थित राप्तीवासी मगर दाजु भाई तथा दिदी बहिनीहरु प्राय सबैले आगामी दिनहरुमा संगठिट भएर अगाडी बडनु पर्ने धारणा राख्नु भएको थियो । राप्तीवासी भएको नाताले म पनि यस कार्यक्रममा स्वयम प्रटक्ष्य उपस्थिति भएको थिएँ धेरै रमाईलो तथा बनभोज कार्यक्रम सफल भएको थियो । अन्यथा अर्थ नलागोस यसै कार्यक्रमबाट दश बर्ष पछि फेरी औपचारिक प्रटक्ष्य रुपमा समाज सेवामा फर्केको जानकारी गर्दछु धन्यवाद ।
सुनिल पुन रुकुम ।

                                        भोज सारु मगरलाई बिदाई गर्ने क्रममा क्रमश लाईनमा 

नेपाल प्रवासी मगर संघ दोहा कतारका नवौँ तथा दशौँ कार्यसमितिका केन्द्रिय सदस्य प्युठान निवासी श्री भोज सारु मगरलाई रुकुमबाट मैले खादा ओदाई सम्मान तथा बिदाई गर्दै !

फेब्रुअरी ०७-२,०१४ राप्तीका मगर दाजु भाई तथा दिदी बहिनीहरु कतारको होम साईडमा सामुहिक तस्विर खिच्दै 

No comments:

Post a Comment