समाज रुपान्तरणको निम्ती वर्ग संघर्ष अनिवार्य हुन्छ । यो नै माक्सवादको मुलभुत सिद्दान्त हो । यो सिद्दान्त हरेक कम्युनिष्ट पार्टीमा लागु हुन्छ । आज हाम्रो अगाडी त्यो सिद्दान्त चुनौतिको रुपमा खडा हुँदै गैईरहेको छ । तर त्यो चुनौती भित्र पनि त्यतिकै सम्भाबनाहरु पनि छन । चुनौती वेगरको सम्भावनाहरु सम्भव हुँदैन । कम्युनिष्टहरुलाई द्वन्दात्मक भौतिकवादले यही सार सिकाएको छ । हामीले आज भन्दा ठीक १९ वर्ष पहिले फागुन १ गतेको दिन संसार परिवर्तनको निम्ती यस अभियान सन्चालन गरेका थियौँ । त्यो दिन केही दिन पछी १९ वर्ष पुग्दै छ । हामीले त्यो सुनौलो दिनलाई स्मरण गरिरहेका छौं । हरेक क्रान्तिकारी तब्काले त्यो रक्तरन्जित युगको स्मरण गर्नु उसको कर्तब्य पनि हो । यो हाम्रो गौरवको दिन हो । तर आदरणीय कमरेडहरु ईतिहास सुनौलो हुन्छ, सुन्दर हुन्छ तर ईतिहासको पानाहरुवाट हामीले सिक्नु पर्ने कुराहरु के-के हुन् ? यो हामीले भुलिसकेका छौं । हामीले हाम्रो पथ विर्सिसकेका छौं । अव नयाँ युगको निम्ति नयाँ तरिकाले नयाँ रुपमा फेरी अर्को सुनौलो इतिहास लेख्ने अभिभारा हाम्रो काँधमा थपिएको छ । कमरेडहरु, वर्तमान सुन्दर नभई ईतिहास सुन्दर हुन सक्दैन भन्ने कुरा माक्सवादी सौन्दर्य शास्त्रले हामीलाई वाताईसकेको छ । हामीले हाम्रो वर्तमान सुन्दर वनाउने अभियानमा फेरी जुटौं । अवस्य हाम्रो विजय हुने छ । सम्पूर्ण राता मान्छेहरुलाई नेपाली जनप्रगतिसिल मोर्चाको तर्फवाट हार्दिक अपिल गर्दछु ।
त्यो संसार हल्लाउने महान अभियानमा हामीले तमाम लालहरुलाई गुमाएका छौं । हजारौं आमा-वुवाहरुको काख रित्तिएको छ । हजारौं चेलीहरुको सिन्दुर पुछिएको छ । हजारौं छोरी चेलीहरुको अस्मिता लुतिएको छ । वास्तवमा त्यो अभियान हामीले धेरै मुल्य चुकाएका छौं । नेपाली जनताले धेरै ठुलो वलिदान गरेको छ । तर ति वलिदानहरु के को निम्ती थियो ? कस्को स्वार्थ पुर्तिको निम्ती थियो ? आज नेपाली जनताले जवाफ खोजिरहेका छन । हो, जनताको यो प्रश्न जायज छ । सर्वहारा वर्गीय चरित्रको रुपमा विकसित भएको जनयुद्द अहिले प्रतिक्रान्ति भइसकेको स्थिति छ । नेतृत्वकर्ता रातारात पुँजीपति वर्गको घृणित चरित्रमा रुपान्तरण भएको छ । हिजोको प्रधान शत्रुहरुसंग हातेमालो गर्दै ति भोका मानिसहरुको पेटमा लात्ती वर्षाईरहेका छन् । यो स्थितिमा जनतालाई लाग्नु शोभाविकै हो कि हिजोको जनयुद्द के एकाद मानिसहरु सिंहदरवार छिर्न र शहरमा घर घडेरी जोड्ने कामको निम्ति थियो त ? होइन ! त्यो थिएन । जनयुद्दको लक्ष त्यो थिएन । आम भोका मानिसहरुले खान पाउनु पर्छ भन्ने उद्देश्य थियो हाम्रो युद्द । नाङ्गो शरिरहरुमा लुगाफाटो पुगोस भन्ने थियो हाम्रो युद्द । तर आज त्यो सपना चकनाचुर भएको छ । क्रान्तिको ध्वजालाई विसर्जन गरिसकेका छन् प्रतिक्रान्तिकारी शक्तिहरुले । अब त्यो लाल झण्डालाई उठाउन फेरी अर्को क्रान्तिकारी शक्ति जन्मिएको छ । त्यो रातो झण्डा उठाउनु आज हाम्रो काँधमा आएको छ । क्रान्तिकारी शक्तिहरुको काँधमा आएको छ । अधुरो र अपुरो क्रान्तिलाई पुरा गर्न हाम्रो जिम्मेवारी हुन आएको छ । जनयुद्द दिवसले यहि संदेश दिएको छ । शहिदहरुको सपना पनि यहि थियो । जनयुद्द जिन्दावाद ! वीर शहिद लाल सलाम !
पृथीछक वुढा मगर ग्लोभिभोना -भूगोल
केन्द्रीय सचिब
नेपाली जनप्रगतिसिल मोर्चा युएई

No comments:
Post a Comment