युएई/नेपाली जनप्रगतिशील मोर्चा, युएईले १९ औ महान् जनयुद्ध दिवस कार्यक्रम यही १४ फेब्रुअरी २०१४ शुक्रबारका दिन सिन्ध पंजाब रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ ।
“सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो चाहना, दिगो शान्ति र स्वाधीन नेपाल हाम्रो परिकल्पना” भन्ने उद्धघोषका साथ मोर्चाका कार्यबाहक अध्यक्ष साहस न्यौपानेको सभापतित्व तथा प्रमुख सल्लाहकार हरि नेपालीको प्रमुख आतिथ्यमा संचालन भएको थियो । जनयुद्ध र जनआन्दोलनका दौरानमा जीवनको आहुति गर्ने सम्पुर्ण सहीदहरु प्रति श्रद्धाञ्जली सहित एकैसाथ १९ वटा मैनबत्ती बालेर उद्घाटन गरिएको उक्त कार्यक्रमलाई मोर्चाका सचिब छक बुढाले संचालन गरेका थिए । मोर्चाका विभिन्न क्षेत्र, इकाई तथा विभागीय समितिहरुको सहभागिता रहेको सो कार्यक्रममा सहिद परिवारहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो भने राष्ट्रिय युवा जनस्वयंसेवक युएईका अध्यक्ष काशी काफ्लेले स्वागत मन्तव्य राखेका थिए । अन्र्तक्रियात्मक शैलीमा संचालन गरिएको उक्त कार्यक्रममा सहभागीहरुको प्रश्नको जवाफ दिदै प्रमुख अतिथी हरि नेपालीले दश बर्षीय जनयुद्धले स्थापित गरेको मुल्य र मान्यतालाई आत्मसात गर्न सकेमात्र हामीले सहिदका सपनाहरुप्रति साचो अर्थमा न्याय गरेको ठहर्ने नत्र संसोधनवादमा पतन हुने कुरालाई कसैले रोक्न नसक्ने विचार राखेका थिए । उक्त कार्यक्रममा सहिद परिवार तथा केन्द्रिय समिति सदस्य उत्तम वि.क.ले क्रान्तिकारी कविता सुनाएर हललाई उत्साहित बनाएका थिए ।