Saturday, 30 November 2013

दुवै माओवादी अहिलेको सरकारमा गए घातक- पृथीछक वुढा


सामाज परिवर्तनको निम्ति ज्वारभाटाको रुपमा रक्तविज जन्माउने क्रान्तिकारी कम्युनिस्टहरु अहिले स्पष्ट कार्यनितिक खाका वनाउन नसक्दा कतै क्रान्ति डरमराउन थालेको हो कि भन्ने पनि भान परीरहेको छ । प्रतिकृयावादीहरुले कहिलेकाहीँ यस्तो परिस्थिती पनि जुराइदिन्छन कि विकरल वन्दै गईरहेको क्रान्तिकारी धुर्विकरण पनि घुम्दै अन्त्यमा त्यो एकताको शुत्रमा आएर वलियो मोर्चामा वदलिन्छ । त्यो परिस्थिती केही समय अगाडि थियो, जती खेर एमाओवादी पार्टी सँविधान सभा भाग २ मा नराम्रो तरिकाले पराजय भोग्नु परेको थियो । नेकपा-माओवादीले प्रतिकृयावादी दलाल, नोकरशाही तथा वाह्य शक्तिको गुरु योजनामा रचिएको कथित रेग्मी सरकारको नेत्रित्वमा सम्पन्न गरिएको निर्वाचनको विरुद्दमा आन्दोलन गरेको थियो । जव चुनावमा एमाओवादिको शर्मनाक पराजय भयो तव उसलाई यो चुनाव वाह्य शक्तीको डिजाईनमा वनेको कुरा महसुस गर्‍यो । यो एमाओवादीको दुर्गामी पराजयको परिणाम थियो भने राजनीतिक रुपमा नेकपा-माओवादीको विजय थियो । यदपी यो पराजयमा नेकपा-माओवादीले उत्सव मनाउने कुरा थिएन । अरु मित्र शक्ती पराजयको तितो अनुभुती गरेको थियो । अन्य शक्तिले भनेको जस्तो एमाओवादीलाई पराजित गर्नको निम्ती नेकपा-माओवादी लागि परेको भन्ने कुरा आँफैमा वकवास थियो । त्यो कुरा सत्य थिएन । त्यो विरोधीहरुको प्रोपोगन्दा मात्रै थियो । नेकपा-मओवादिलाई थाहा थियो, एमाओवादीलाई खतम गरिसके पछी निसानमा पर्ने भनेको नेकपा-माओवादी शक्ती पनि हो । त्यसैले नेकपा-माओवादी यस् कुरामा चनाखो रहन्छ ।  यसमा उत्सव मनाउने कुरा आफैमा गलत हो । सम्पूर्ण शक्ती दुई माओवादीलाई एक आपसमा लडाएर खतम गर्न चाहन्छन तर एमाओवादिले त्यो भेउ सम्म पाउन सकेन । 

एमाओवादी पराजयको परीणाम पछी 'सविधान सभामा भाग नलिने र नेकपा-माओवादी शक्तिसँग मिलेर जाने' यो उसको कार्यनिती ठीक लागेको थियो । तर अहिले आएर त्यो केवल पराजयको कायकल्प मात्रै रहेको भान लागिरहेको छ । एमाले र काङग्रेसले प्रचन्डलाई राष्ट्रपतिको ग्रीन सिग्नल देखाएको भोली पल्टै प्रचन्डले कुरा फेरे 'सममतिको सरकार' । त्यसवाट थाहा हुन्छ, प्रचन्ड कुर्ची र सत्ताको लिप्सा मात्रै हुन । कुन बेला उनी विद्रोहको कुरा गर्छन् । कुन वेला सहमतिको कुरा गर्छन् । बोलिमा लोली नभएको करणले पनि हो एमाओवादी पराजय भएको । यो एमाओवादिले वुझेको छ कि छैन ।   

अहिलेको सरकारमा सहभागी भएर उनीहरुले धेरै ठोक गुमाउने छन । अहिलेको परिस्थितिमा सरकारमा सहभागी नभएर सडकवाट नै छिनोफानो गर्ने अवस्था हो । नेकपा-माओवादीले अहिले आन्दोलनको तयारि गरिरहेको छ । एकातिर उसले पनि एमाओवादी जति अथवा ८० सभासदको सिट संख्या पाए, अन्तरिम संविधान संसोधन गरेर ६०१ सभासदको संख्या बढाए सरकारमा सहभागी हुने संकेत देखाएको छ । यो पनि गलत हो । सरकारमा सहभागी भए आन्दोलन गर्ने नैतिकता समाप्त भएर जाने छ । त्यसैले अहिलेको सरकारमा सहभागी नभएर अहिलेको सरकार र संविधान सभाको चुनावको औचित्य नभएको अडानमा अडिग रहनुका साथ् साथै जना परिचालन गर्नु नै अहिलेको परिस्थितिको माग हो । होइन भने एमाओवादिको जस्तो द्द्वद चरित्र लागु हुने छ नेकपा-माओवादीमा पनि । 

अहिलेको संविधान सभावाट जनताको हित अनुकुल सविधान वन्न नसक्ने निश्चित भईसके पछि पनि त्यहि सरकारमा सहभागी भएर संविधान सभामा भाग लिनु भनेको जनतालाई धोका दिनु हो । यो संबिधान सभावाट संविधान जारि हुन त सक्ला तर जनताको अधिकार सुनिस्चित हुन सक्दैन । किन भने अहिलेको विजेता दलहरु त्यहिँ शक्तिहरु हुन् जसले पिछडिएका वर्ग र जनसमुदायको प्रतिनिधित्व हुने गरि संविधान जारि गर्न चाहदैनन । संघियताका विरोधीहरु हुन । पहिचानका विरोधीहरु हुन । ति शक्तिहरुको हालिमुहाली रहेको संसदमा सहभागी हुनु भनेको जनताले माओवादी प्रतिको गरेको विश्वासको घात गर्नु हो । किन भने यो संविधान सभावाट सँविधान वनेन भने जनताले प्रश्न गर्न सक्ने छन कि माओवादी पार्टी संलग्न भएको सँविधान सभावाट सँविधान जारी हुन किन सकेन ? सँविधान सभावाट सँविधान जारी भए पनि यो स्थितिमा पिछडिएको वर्ग र समुदायको हित अनुकुल सँविधान बन्ने छैन । त्यो स्थितिमा पनि माओवादिलाई नै दोष जाने छ त्यसैले अहिलेको अवस्थामा दुवै माओवादी पार्टी सँविधान सभामा सहभागी हुनु हुँदैन ।   
औचित्य पुष्टी गर्नको निम्ती दुवै माओवादीले कार्यनितिक रुपमा सहकार्य गरेर आन्दोलनका कृयाकलाप अगाडि वढाउनु आवश्यक छ । होइन भने माओवादी पार्टी देशी तथा विदेशी प्रतिकृयावादिहरुको चङगुलवाट मुक्त हुन सक्ने छैन । 
प्रिथी छक वुढा मगर 
नेपाली जनप्रगतिसिल मोर्चा केन्द्रिय(सचिव) 
नेपाल आदिवासी जनजाती परिषद (महासचिव)

No comments:

Post a Comment