Saturday, 23 November 2013

एमाओवादिका वर्तमान विकल्पहरु !!


अहिलेको चुनावको औचित्यको वारेमा नेकपा- माओवादी पार्टीले प्रष्ट रुपमा आफ्नो धारणा सार्वजनिक गरेको थियो । हुँदै गरेको चुनाव र त्यस प्रकारको प्रतिगामी चहल पहल खतम गर्नको निम्ती माओवादी पार्टीले कार्तिक २५ गते देखी मंसिर ४ गतेसम्म आम हडताल घोषणा गरेको थियो । वकाइदाका साथ् यो कथित संविधान् सभा भाग २ वाट जनताको वास्तविक संविधान् प्राप्त हुन नसक्ने निष्कर्ष निकालेको थियो । यो कुरा मत गणना शुरु हुन नपाउँदै पुष्टी हुन थालेको छ ।

३३ दललाई वाय पास गरेर सैनिक घेरामा सम्पन्न गरिएको चुनाव, ७० प्रतिशत मत खसेको अभिमत दिनु यो हत्कन्दा भनेको आफ्नो पराजय धाकछोप गर्ने तरिका मात्रै  हो ।    २०६४ सालमा १ करोड ७६ लाख ११ हजार ८ सय ३२ जना मतदानको लागि योग्य थिए तर ६ बर्षपछि त्यो संख्या ३१ प्रतिशतले घटेर १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मा खुम्चिएकोमा इतिहासको सवैभन्दा बढी मत खस्यो भनेर जनतामा भ्रम सिर्जना गर्न खिरारे सरकारका भरियाहरु लागि परेको देख्दा कुरी कुरी नभनिरहन सकिएला ?  यो आंकडाको तथ्य जवाफ दिन सरकार र अहिलेका नेताहरु सक्षम छैनन ।

चुनाव भयो । चाहे जस्तोसुकै कथित तरिकाले भएको किन नहोस् । चुनावमा माओवादीले पराजित हुनु पर्‍यो । यो सत्य थियो । उसले पराजय हुनु अवस्यमभावी थियो । किन भने एमाओवादीको कार्यनिती गलत थियो । क्रान्तिकारीहरुको विजय वा पराजय  भन्ने कुरा उसको कार्यनितिमा भर पर्दछ । एमाओवादिको गलत कार्यनितिले उस्को पराजयको पुर्व अनुमान लगाउन कथिन थिएन । जतिखेर पार्टी एक थियो, त्यतिखेर संगठन भित्र पनि यस्ता गलत कार्यनितिहरुको वारेमा वारम्वार दुई लायन संघर्ष चलाऊदै आएको थियो क्रान्तिकारी धारले । जव त्यो प्रकृया सम्हालिनै नसकिने तरिकाले घट्नाक्रम अघी वढ्न
थाल्यो तव क्रान्तिकारीहरुको काँधमा क्रान्तिकारी चरित्र र सर्वहारा वर्गको रक्षा गर्नु पर्ने जिम्मेवारी थपिएर आयो । क्रान्ति सम्पन्न गर्नको निम्ती क्रान्तिकारी पार्टीको आवश्यकता रहेको तथ्यगत कुराहरुलाई आत्मसात गर्दै पार्टीले नया पहलकदमिका साथ नया क्रान्तिकारी पार्टीको पुनर्गठन् गर्‍यो । यो आँफैमा एक युगान्तकारी कार्यदिशा  थियो ।

पार्टी विभाजन भईसके पछी पनि नेकपा-माओवादिले उस्को गलत रवैयाहरुको विरुद्द भन्दाफोर गर्दै गयो तर २१औं शताब्दिमा माक्सवादलाई नया उचाईमा बिकास गर्ने बाहानामा त्यसको आधारभुत कुराहरुलाई निमिट्यान्न पार्ने काम जुन श्रीङखलावद्द रुपमा एमाओवादी पार्टीवाट भयो । यो क्षमा योग्य कार्यहरु थिएनन । त्यसको सजाईँ भोग्नै पर्थ्यो ।

पराजय भईसके पछी एमाओवादी चुनावको परिणाम स्वीकार गर्न मानिरहेको छैन । यो गैर जिम्मेवारी कदम हो । राजनैतिक वेइमानी हो । खेलमा समावेश भईसके पछी खेलको नियम मान्दैन भनेर हुन्छ ? नियमको पालना गर्नै पर्छ । जहाँसम्म जालझेलको कुरा छ, त्यो संसदीय प्रक्रियामा यस्तै जालझेल, षड्यन्त्र हुन्छ भन्ने कुरा के उहाँहरुलाई थाहा थिएन र ? संसदीय चरित्रको वारेमा उहाँहरुलाई ज्ञात थिएन र ? षड्यन्त्र भन्नु नै संसदिय प्रणालीको अर्को नाम हो । त्यो जान्दा जान्दै  त्यो भाषमा फस्नु भनेको मुर्खता हुनु होइन र ? अहिले एमाओवादी त्यस्तो घडीमा उभिएको छ जहाँ न क्रान्तिकारी जनताको साथ् छ न त प्रतिकृयावादी तथा विदेसी प्रभुहरुको विश्वासको पात्र नै वन्न सकेको छ । विदेसी प्रभुहरुलाई रिझाउन जुन प्रकारले क्रान्तिकारी तव्काहरुको ईच्छाको हत्या गर्‍यो त्यस पछी क्रान्तिकारी जनतामा फर्केर आउने वाटो वन्द भएको छ । जसरी हिजो जनमुक्ती सेनाको विघटन गर्दा प्रतिकृयावादी तथा विदेशी शक्तिहरु प्रचन्डको त्यो कार्यमा ताली वजाएका थिए, त्यसरी आज ति शक्तिहरु नै  प्रचन्ड तथा एमाओवादीको पराजयमा अत्ताहास भएर हासिरहेका छन । आज एमाओवादी नितान्त एक्लो भएको छ । हिजोका उसका मित्रहरु नि आज उनलाई लात मारिरहेका छन र २०४७ को कथित संविधान् ब्युताउन खोजिरहेका छन । यो स्थितिमा कमरेड प्रचन्ड के गर्नु हुन्छ ? २०४७ को संविधान स्विकार गर्नु हुन्छ कि विद्रोह गर्नु हुन्छ ? यस स्थितिले प्रचन्डको भविश्यको पनि फैसला गर्ने छ । या त आत्मसमर्पन गर्नु पर्‍यो या त विद्रोह । तर अहिले तत्कालै जनताले यो हुँकार पत्याउने स्थिती पनि छैन किन भने प्रचन्ड अवशरवाद पनि हो । सदुपयोग गर्छ अनि आवश्यक नभएको वेलामा फ्याक्ने उसको रणनिती सवैले देख्दै आएको हो ।

अहिले एमाओवादी पंति चुनाव पराजयको वारेमा पेरिसडांडामा समिक्षा गरिरहेको छ । एकोहोरो षड्यन्त्र भएको वालहठको रटान लगाइरहेको छ । त्यो मान्न सकिन्छ, धेरै ठाउँमा त्यस प्रकारको षड्यन्त्र भएको छ । देशी तथा विदेशी शक्तिकेन्द्र लागिपरेकै हो । त्यो सत्य नै हो तर त्यतिले मात्रै उसको पराजयको कारण हुन सक्दैन । हिजो माओवादीसंग सेना थियो । वन्दुक थियो । जनताको आशाको केन्द्र विन्दु थियो । नेपालमा जनताको निम्ति सोच्ने कोहि छ भने त्यो माओवादी शक्ति नै हो भन्ने वुझाई जनतामा थियो तर शान्ति प्रक्रियाको यो ६ वर्षमा न माओवादीसंग जनसेना छ, न जनतामा आशा नै छ, न त्रास नै छ । जनताको आशा भत्किएको छ । नेताहरु सुविधामुखी भएका छन । भ्रष्ट भएका छन् । अनि जनताले कसरि विश्वास गर्छ ? सिस्ने र जलजलाको फेदीमा कति निमुखाहरु खान-लाउन नपाएर रोग र भोगले तड्पिरहेका छन् । खोइ ति जनताहरुको घर आँगनमा ओत पाएका नेताहरु अहिले आलिशान महलमा वसिरहेका छन् र ति हिजोका वलिदान दिएका शहिदहरुले के पाए ? शहिद परिवार, घाइते, वेपत्ता तथा अपाङ्ग परिवारले के पाए ? हो, कुरोको चुरो यहि हो । जनतासंगको सम्वन्ध विच्छेदले एमाओवादी पराजित भएको हो । लडाईं जित्नु छ भने एमाओवादी आत्मआलोचित गरेर नेकपा-माओवादिसँग एकता र सहकार्य गरेर क्रान्तिको दिशामा अघी वढ्नुको विकल्प छैन ।

पृथीछक वुढा मगर
नेपाली जनप्रगतिसिल मोर्चा -केन्द्रीय सचिव
नेपाल आदिवासी जनजाती परिषद -महासचिव


No comments:

Post a Comment