प्रेम सुनार । मेरो आफ्नो स्वतन्त्र विचार ब्यक्त गर्नु पर्दा नेपाली कम्युनिष्ट क्रान्तिका असली हिरो मोहन वैद्य किरण रहेछन् । जसले चुनावको तिथी मिति घोषणा हुन अघि नै भनेका थिए अव हुन लागेको संविधानसभा चुनाव नौटङ्की हो । यसले देशलाई शान्ति तिर होईन युद्ध तिर धकेल्न खोज्दै छ । उनले यो पनि भनेका थिए कि यो चुनाव विदेशी शक्ती केन्द्रहरुको डिजाईनमा हुँदैछ ।
उनका ति भनाईहरु कति सत्य कति असत्य ? त्यो पाठकहरु आफैले विश्लेषण गर्नुहोस् । अनि एमाओवादीले अहिले भन्ने गरेकोे ‘धाधली’ धेरैपछि मात्र सत्य तथ्य बाहिर आउन सक्ला तर साँच्ची भन्ने नै हो भने एमाओवादी हारको कारक आफै हो भन्ने मेरो बुझाई छ । हिजो एउटै थालमा खाना खाएर कहिले भोकै एकलाई बचाउन अर्कोले छाती थापेका साथीहरुलाई पाखा लगाएर चुनावमा होमीने एमाओवादी नेताहरुको मुर्खता थियो ।
त्यसैले नेकपा–माओवादी चुनाव वहिस्कार भन्दा पनि एमाओवादी हराउ अभियानमा जुटेको केहि जिल्लामा देखिएका घटनाले बुझ्न सकिन्छ । जनयुद्धका हस्तीहरु रामबहादुर थापा (वादल), नेत्र विक्रम चन्द (विप्लव ) , पम्फा भुसाल लगायतलाई सम्झीदा उहाँहरुले पनि पार्टी फुट्नबाट जोगाउने भुमिका खेल्नु पर्दथ्यो । यता अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईले पनि अल्पमतलाई एकाएक पेलेर लैजान हुँदैनथ्यो ।
शान्ति नायक बन्ने आफ्नै लहड र विदेशीहरुको समेत पुल्काईमा प्रचण्डले यो वेलामा चुनावमा जाने मुर्खता गर्दा यति ठुलो हार बेहोरेको हो भन्ने मेरा बुझाई छ । अदृश्य रुपमा हरेक चुनाव क्षेत्रमा रातौरात करोडौं रकम कहाँबाट आयो ? दलित बस्तीमा गत एक महिना देखि राँगा पाडा कटाई र रक्सीको भेल बगाइ हुँदा पनि रोक्ने प्रयास कतैबाट भएन । चुनावका बेला कैयौं बस्तीमा सोलर बाँड्ने काम भयो । कार्यकर्ता परिचालनका नाममा वडा वडामा रकम पुग्यो त्यसप्रति प्रशासन मौन रह्यो । लिएँ भन्ने छैन र दिएँ भन्ने त झन हुने कुरै भएन तर ठुलो धन राशी खर्चिएको चुनाव हो यसपालीको भन्न थालेका छन् गाउँका सर्वसाधरणले समेत ।
राजाको शासनकाल बाहेक लोकतन्त्रीक ईतिहाँस मैं पहिलो पटक सेना परिचालन गरेर निर्वाचन गराउने सरकारको योजना यो पनि आफैमा रहस्यपुर्ण छ । चुनाव अघि टोल टोलमा सेनाको गस्ती देख्दा एमाओवादी विरुद्ध विपक्षीले भ्रम छर्ने गतिलो मौका पाएका थिए । उता जनयुद्धमा लडेका तर सोझा एमाओवादी कार्यकर्ता सेना परिचालनबाट त्रसित थिए । अर्को कुरा जनयुद्धमा खटेका तर भरण पोषण नपाएर गरिवीले आक्रान्त एमाओवादी कार्यकर्ता आफै पनि विकेको कुरा गाविसको भोट संख्याले देखाउँछ ।
घरको धुरीमा एमाओवादीको हसिया हथौडाको झण्डा , तल आँगनमा विपक्षी पार्टीले दिएको खसी ढलाएर भुट्टा खाँदै गरेको पनि देखियो । खोलामा आन्द्रा धुँदै थिए एक जना एमाओवादी कार्यकर्ता । देख्न साथ धुदै गरेको आन्द्रासंगै टाउँका माथी मुठी कसेर सलाम सर भने । आन्द्राहरु मुठी हुँदै हिजो गोली थापेको छातीमा समेत लत्रिएको थियो । म संगै पुगेका र सलाम खाएका कमरेडले सोधे आज खान पिनको मेलो रहेछ भनेर । उनको जवाफ थियो हैन सर सुत्केरीलाई खुवाउन काटेको हो ।
कुन घरमा को सुत्केरी ? भन्दै बुझन गईयो । जहाँ सुत्केरी महिला नभएर अन्य कमरेडहरु र गैह्र कमरेडहरु भुटुवा बनाउने र मासु पोल्ने कार्यमा रुवाँसे र ध्वाँसे भएको भेटियो । खै को सुत्केरी ? भनेर सोध्धा निजवाफ भए सवै । त्यो घरमा त के त्यो सिङ्गो टोल मै कोही सुत्केरी नभएको बुझियो । एक जना भने हुनेवाला सुत्केरी त्यसै खान पिन घरमा देखियो । विगतका चुनावमा रक्सी मासुमा विक्ने दलित समुदाय मात्र भनिन्थ्यो तर यसपालीको चुनावमा अन्य समुदायका केहि मानिस उनिहरुको तुलनामा बढि देखियो । चुनावमा केहि सम्पन्न परिवारका मानिसहरु आफ्नो पार्टीलाई जिताउन आफै खर्च गरेर पनि हिडे । त्यस्ता ब्याक्तिहरुको विस पच्चीस हजार रुपैयाँ कहाँ गयो थातथलो छैन् ।
खुवाउने काममा एकीकृत नेकपा माओवादीका उम्मेदवार परीपक्क देखिएनन् । हिँजो जनयुद्धकै शैलीमा आफ्ना सक्रिय कार्यकर्तालाई मात्र एककठ्ठा गरेर चुनावका लागि खट्न भन्दै मेस चलाए तर त्यसमा सर्बसाधारणको भाग परेन । अघिपछि हिँड्नेले मात्रै केही मिठोचोखो खाईपिई गरे होलान् तर गाउँका सर्बसाधारण पोसिन सकेनन् । खुवाउँदै नखुवाउनेहरुमा परे उनिहरु भन्न मिल्दैन, खुवाए तर पछिल्लो एक साता सम्म । खास खुवाउने कुन वेलामा ? भन्ने कुरा बुझ्न सकेनन् । चुनावको अघिल्लो रातको अन्तिम क्षणमा कसले कति खुवाउन वा दिन सक्यो त्यसले निर्भर ग¥यो ।
यी र यस्ता प्रबृद्धिले अहिले कसले जित्यो कसले हा¥यो भन्ने सवाल भन्दा पनि चुनावमा किन यस्तो विहारी संस्कृति यो देशमा भित्रियो भन्ने चिन्ता हरेक दलका नेता कार्यकर्ताले गर्न जरुरी छ । यहि संस्कृति कायमै रह्यो भने अव गरिवहरुले राजनिती नगरे हुन्छ ,चुनाव नलडे हुन्छ । यहाँ सम्म की अवको स्थानिय निर्वाचनमा समेत गरिवहरु वडा अध्यक्ष समेत लड्न सक्ने छैनन् । गाविसको चुनाव लड्न कम्तीमा १५ लाख चाहिने देखिन्छ ।
सवै भन्दा दुखद पक्ष, माओवादी द्धन्द्ध र पटक पटकका आन्दोलनबाट दलित समुदाय सचेत भई सक्यो भन्ने लागेको थियो तर वास्तविकता त्यो रहेनछ । एउटा मान्छेले एउटा दलको टिका पुछ्दै फेरी अर्को दलको टिका लगाउने गरेको पाईयो । जो गए पनि ठिक्क पार्ने र अन्तिममा कसले पोस्यो उसैलाई भोट हान्ने गरेको पनि नतिजाले देखाएको छ ।
सुन्नमा आए अनुसार चुनावको अघिल्लो रात एक जना दलित नेताले हाम्ले पनि पाडा कटाउनु प¥यो भनेर पार्टीलाई उक्साए । हुन्छ कटाउ भन्ने निर्देशन आए पछि पाडा खोजे दिनभरी । गाउँमा पाडाहरु कतै पाईएन । अन्य गाविसमा पनि सोधे पाडाहरु लैना देखि राँग सम्म चुनावले नै सकेको पाए । उनको पालो रातारात दुईचार जना कार्यकर्ता बोलाएर घरको भैसी डोराउँदै जंगलको चौरमा कटाउन पुगे । त्यहाँ पुग्दा विपक्षीहरुले तिनै दलितहरुलाई राँगाको भुट्टा खुवाउँदै थिए । चुनावको अन्तिम क्षणमा ढिला हुँदा परेन फसाद ! आफुले भैसी नढलाउँदै विपक्षीहरुले भुटुवा खुवाउँदै गर्दा ?
यसर्थ पनि सिमित सचेत दलित बाहेक उनिहरुको भोट आफ्नो अधिकार स्थापित गर्नका लागि हालिएन । जसले सदियौंदेखि दवाउँदै आएको थियो उनै ( वराजु ) को पछि लाग्ने काम भएको छ ।
जनजाती जसको पहिचान खोसिएको थियो उनिहरु पनि आफ्नो पहिचानका पक्षमा लागेको देखिएन । पहिचान एक जातीले अर्को जाती माथी शासन गर्नका लागि होईन भन्ने कुरा एमाओवादीले बुझाउन सकेन । अर्को कुरा जसको हितका लागि माओवादीले पहिचानको कुरा उठाएको थियो उनिहरु नै एकमत छैनन् भने त्यो मुद्धालाई उसले त्याग्न वा विचारधिनमा सक्नु पर्दथ्यो । जनताकहाँ आफ्नो कुरा प्रष्टसंग बुझाउन नसकेर ठूला कार्यक्रममा भाषण मात्रै गर्नु एमाओवादीको हारको अर्को कारण हो ।
यी र यस्ता कुराबाट वैद्यजीहरु निकै सचेत रहेको र यो चुनाव ति एजेण्डाहरुको पक्षमा हुने छैन भन्ने बुझेको प्रष्ट देखियो । मेरो वुझाईमा वैद्यजीहरुसंग पार्टी एकता नभए एमाओवादी अर्को चुनावमा झन बढि सखाप हुने देखिन्छ । यस पालीको चुनावी परिणामले अव २०४६ ब्युँतिएको छ । एमाले नेता माधवकुमार नेपालको भनाईले अव बन्ने संविधान २०४७ को टालटुले संंविधान हुने देखिन्छ । जसले दलित, जनजाती, मधेशी लगायतका पछाडी परेका मजदुर वर्गलाई फेरी पनि थाङ्गनामा सुताउनेैछ ।
अध्यक्ष प्रचण्ड र बाबुराम लगायतका एमाओवादीहरु शान्तिका नाममा फेरी पनि त्यस्तो संविधानमा ल्याप्चे लगाए भने अवको क्रान्ति तिनका विरुद्ध खनिने देखिन्छ । जित्नेहरु नरमाए हुन्छ । यो देशमा गरिव मजदुर र सदियौं देखि पछाडी पर्दै आएको समुदायको अवको क्रान्ति रोक्ने शक्ति कसैमा हुने छैन् । अवको क्रान्ति वैद्धजीहरुले गर्न नसके अरु हजारौं वैद्यहरु जन्मीने छन् । जे होस अहिले सम्मको शैद्धान्तीक अडान देख्दा नेपाली कम्युनिष्ट आन्दोलनको एक मात्र आशाको किरण मोहन वैद्य ( किरण ) देखिए मेरो नजरमा् । यसर्थ जनयुद्धको भन्दा पनि अझ ठुलो आँधीवेरी ल्याउनका लागि प्रचण्डजीहरु उहाँहरुसंग तत्काल हातेमालो गर्नुहोस अन्यथा तपाईहरु अनि वैद्यजीहरु पनि मोहनविक्रम सिंह झै सधै कोरा सिद्धान्तमा रुमाल्लीएर विलाउनु हुनेछ भन्ने मेरो सुझाव छ । क्रान्ति रोकिन्न , कसैले छेकेर छेकीन्न संविधानले होईन सडकको आँधीवेरी विना मजदुर वर्गको मुक्ति सम्भव देखिन्न । तयार हौ, हे मजदुर वर्ग क्रान्तिका ,लागि तिम्रो मुक्ति संविधानमा लेखिन्न । एकदिनको एक वोतल रक्सी र एउटो विलो मासुमा विक्नेहरु अव सचेत हौ । अव जातिय होईन वर्गिय मुक्ति आन्दोलनका लागि कम्मर कसौं
Saturday, 30 November 2013
चीनमा अझै कम्युन छ ?
माओत्सेतुङ पीपुल्स रिपब्लिक अफ चाइनाका संस्थापक हुन । उनको निधन सन् १९७६ मा भएको थियो । चीनको एक सानो गाउँ नानझिकुनमा पुग्ने जो कोहीलाई पनि अहिले पनि माओ शारीरिक रुपमा पनि उपस्थिति छ जस्तो लाग्छ । नानझिकुनमा चीनको अन्तिम माओवादी कम्यून अहिले पनि चलिरहेको छ, जस्तो माओकालमा थियो ।
यो गाउँमा त्यो गीत बज्छ, जसलाई सुनेर धेरै चिनियाँहरु आफ्नो र पुर्खाको बचपना र गर्विलो इतिहासको याद गर्छन् । ६० वर्ष पहिले यस्ता कम्यूनहरु जताततै थिए, हरेक शहर र गाउँमा । तर,अब यो यहाँ अर्थात मध्य चीनको हेनान प्राप्तमा मात्र छ ।
गाउँका मानिसहरु आगन्तुकहरुको स्वागत गर्न मन पराउँछन । त्यहाँका अभिलेखहरुमा इतिहासहरु कोरिएका छन् । एतिहासिक तस्वीरमा जर्जर कोटेजको तस्वीर छ । त्यसमै एक चित्र छ, जहाँ कसरी गोरुको सट्टा दुई पुरुष हलो तानेर खेत जोत्छन् भन्ने देखिन्छ । सन् १९६० को दशकमा देशमा लागू नियम कडा थियो । जव चिनियाँ गाउँबाट माओवादी कम्यूनहरु १९८० को दशकमा हट्न सुरु भयो र स्थिति बदलियो ।
नानझिकुनको ग्रामिण बस्तीहरु भव्य बस्तीमा बदलिएको छ र गाउँको प्रवेशद्वारमा परम्परागत चिनियाँ प्रवेश द्वार बनाइएको छ । त्यहाँ माओको विशाल प्रतिमा छ । जसमा अन्य कम्युनिष्ट नायकहरु कार्ल माक्र्स, लेनिन, स्टालिनको पोष्टरसमेत छ ।
यो गाउँमा आफ्नो पत्रिका र रेडियो स्टेशन छ । जसमा हरेक विहान बज्ने माओसँग जोडिएका गीतहरु सुनेर मानिसहरु उठ्छन । टीवी स्टेशनमा विभिन्न समारोहका टेपहरु छन् ।
यहाँ १५ वर्ष पहिले जापानी लगानीमा चाउचाउ उद्योग खुलेको थियो । मानिसहरु चाउचाउको स्वाद चाख्न थालेका छन् । यसलाई पेश गर्ने एक महिलाले हालै मात्र गाउँका एक युवासँग विवाह गरेकी छिन् । ली जुएनजुन नामकी युवती कम्यूनकी सदस्य समेत हुन् । गाउँको नजिकैको भीडभाड र आधुनिक शहरी चीनको जीवनशैलीको तुलनामा यो शान्ति जीवन राम्रो भएको बताउँछिन् ।
नानझिकुनमा कुनै कार गुड्दैन । केही इलेक्ट्रोनिक स्कूटर देखिन्छन् । जसको टू-स्ट्रोक इन्जिनलाई हालै परिर्वतन गरिएको छ । केही तीन पाङ्ग्रे ट्रक गुड्छन् । यो गाउँ सफा छ, कुनै व्यवसायिक विज्ञापन देखिँदैन । तर, धेरै माओवादी व्यानर र नाराहरु भने छन् ।
यहाँ तलब निकै कम छ । ३२ डलर महिनाको पारिश्रमिक छ । तर, कम्यून सदस्य बाहेकका भाडाबाललाई अपार्टमेन्ट, सुविधा, खानाको समान उपलब्ध छ र शिक्षा पनि निःशुल्क छ ।
- See more at: http://www.onlinekhabar.com/2013/11/140236/#sthash.nCzRVPCL.dpufदुवै माओवादी अहिलेको सरकारमा गए घातक- पृथीछक वुढा
![]() |
सामाज परिवर्तनको निम्ति ज्वारभाटाको रुपमा रक्तविज जन्माउने क्रान्तिकारी कम्युनिस्टहरु अहिले स्पष्ट कार्यनितिक खाका वनाउन नसक्दा कतै क्रान्ति डरमराउन थालेको हो कि भन्ने पनि भान परीरहेको छ । प्रतिकृयावादीहरुले कहिलेकाहीँ यस्तो परिस्थिती पनि जुराइदिन्छन कि विकरल वन्दै गईरहेको क्रान्तिकारी धुर्विकरण पनि घुम्दै अन्त्यमा त्यो एकताको शुत्रमा आएर वलियो मोर्चामा वदलिन्छ । त्यो परिस्थिती केही समय अगाडि थियो, जती खेर एमाओवादी पार्टी सँविधान सभा भाग २ मा नराम्रो तरिकाले पराजय भोग्नु परेको थियो । नेकपा-माओवादीले प्रतिकृयावादी दलाल, नोकरशाही तथा वाह्य शक्तिको गुरु योजनामा रचिएको कथित रेग्मी सरकारको नेत्रित्वमा सम्पन्न गरिएको निर्वाचनको विरुद्दमा आन्दोलन गरेको थियो । जव चुनावमा एमाओवादिको शर्मनाक पराजय भयो तव उसलाई यो चुनाव वाह्य शक्तीको डिजाईनमा वनेको कुरा महसुस गर्यो । यो एमाओवादीको दुर्गामी पराजयको परिणाम थियो भने राजनीतिक रुपमा नेकपा-माओवादीको विजय थियो । यदपी यो पराजयमा नेकपा-माओवादीले उत्सव मनाउने कुरा थिएन । अरु मित्र शक्ती पराजयको तितो अनुभुती गरेको थियो । अन्य शक्तिले भनेको जस्तो एमाओवादीलाई पराजित गर्नको निम्ती नेकपा-माओवादी लागि परेको भन्ने कुरा आँफैमा वकवास थियो । त्यो कुरा सत्य थिएन । त्यो विरोधीहरुको प्रोपोगन्दा मात्रै थियो । नेकपा-मओवादिलाई थाहा थियो, एमाओवादीलाई खतम गरिसके पछी निसानमा पर्ने भनेको नेकपा-माओवादी शक्ती पनि हो । त्यसैले नेकपा-माओवादी यस् कुरामा चनाखो रहन्छ । यसमा उत्सव मनाउने कुरा आफैमा गलत हो । सम्पूर्ण शक्ती दुई माओवादीलाई एक आपसमा लडाएर खतम गर्न चाहन्छन तर एमाओवादिले त्यो भेउ सम्म पाउन सकेन ।
एमाओवादी पराजयको परीणाम पछी 'सविधान सभामा भाग नलिने र नेकपा-माओवादी शक्तिसँग मिलेर जाने' यो उसको कार्यनिती ठीक लागेको थियो । तर अहिले आएर त्यो केवल पराजयको कायकल्प मात्रै रहेको भान लागिरहेको छ । एमाले र काङग्रेसले प्रचन्डलाई राष्ट्रपतिको ग्रीन सिग्नल देखाएको भोली पल्टै प्रचन्डले कुरा फेरे 'सममतिको सरकार' । त्यसवाट थाहा हुन्छ, प्रचन्ड कुर्ची र सत्ताको लिप्सा मात्रै हुन । कुन बेला उनी विद्रोहको कुरा गर्छन् । कुन वेला सहमतिको कुरा गर्छन् । बोलिमा लोली नभएको करणले पनि हो एमाओवादी पराजय भएको । यो एमाओवादिले वुझेको छ कि छैन ।
अहिलेको सरकारमा सहभागी भएर उनीहरुले धेरै ठोक गुमाउने छन । अहिलेको परिस्थितिमा सरकारमा सहभागी नभएर सडकवाट नै छिनोफानो गर्ने अवस्था हो । नेकपा-माओवादीले अहिले आन्दोलनको तयारि गरिरहेको छ । एकातिर उसले पनि एमाओवादी जति अथवा ८० सभासदको सिट संख्या पाए, अन्तरिम संविधान संसोधन गरेर ६०१ सभासदको संख्या बढाए सरकारमा सहभागी हुने संकेत देखाएको छ । यो पनि गलत हो । सरकारमा सहभागी भए आन्दोलन गर्ने नैतिकता समाप्त भएर जाने छ । त्यसैले अहिलेको सरकारमा सहभागी नभएर अहिलेको सरकार र संविधान सभाको चुनावको औचित्य नभएको अडानमा अडिग रहनुका साथ् साथै जना परिचालन गर्नु नै अहिलेको परिस्थितिको माग हो । होइन भने एमाओवादिको जस्तो द्द्वद चरित्र लागु हुने छ नेकपा-माओवादीमा पनि ।
अहिलेको संविधान सभावाट जनताको हित अनुकुल सविधान वन्न नसक्ने निश्चित भईसके पछि पनि त्यहि सरकारमा सहभागी भएर संविधान सभामा भाग लिनु भनेको जनतालाई धोका दिनु हो । यो संबिधान सभावाट संविधान जारि हुन त सक्ला तर जनताको अधिकार सुनिस्चित हुन सक्दैन । किन भने अहिलेको विजेता दलहरु त्यहिँ शक्तिहरु हुन् जसले पिछडिएका वर्ग र जनसमुदायको प्रतिनिधित्व हुने गरि संविधान जारि गर्न चाहदैनन । संघियताका विरोधीहरु हुन । पहिचानका विरोधीहरु हुन । ति शक्तिहरुको हालिमुहाली रहेको संसदमा सहभागी हुनु भनेको जनताले माओवादी प्रतिको गरेको विश्वासको घात गर्नु हो । किन भने यो संविधान सभावाट सँविधान वनेन भने जनताले प्रश्न गर्न सक्ने छन कि माओवादी पार्टी संलग्न भएको सँविधान सभावाट सँविधान जारी हुन किन सकेन ? सँविधान सभावाट सँविधान जारी भए पनि यो स्थितिमा पिछडिएको वर्ग र समुदायको हित अनुकुल सँविधान बन्ने छैन । त्यो स्थितिमा पनि माओवादिलाई नै दोष जाने छ त्यसैले अहिलेको अवस्थामा दुवै माओवादी पार्टी सँविधान सभामा सहभागी हुनु हुँदैन ।
औचित्य पुष्टी गर्नको निम्ती दुवै माओवादीले कार्यनितिक रुपमा सहकार्य गरेर आन्दोलनका कृयाकलाप अगाडि वढाउनु आवश्यक छ । होइन भने माओवादी पार्टी देशी तथा विदेशी प्रतिकृयावादिहरुको चङगुलवाट मुक्त हुन सक्ने छैन ।
प्रिथी छक वुढा मगर
नेपाली जनप्रगतिसिल मोर्चा केन्द्रिय(सचिव)
नेपाल आदिवासी जनजाती परिषद (महासचिव)
Saturday, 23 November 2013
चकनाचुर भयो प्रचन्ड घमण्ड
![]() |
काठमाडौँ । नेकपा-माओवादीलगायत ३३ दलीय मोर्चाले विरोध गर्दागर्दै पनि गत मंसिर ४ गते दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको छ । चार दलीय राजनीतिक एकाधिकार र उसैको खटनपटनमा बनेको सरकारले नेपाली सेनालाई समेत सडकमा उतारेर निरङ्कुश शैलीले निर्वाचन गरिछाड्यो । वर्तमान अवस्थामा निर्वाचन समस्याको समाधान होइन । वर्तमान समस्या समाधान गर्नु गोलमेचसभा गर्नुपर्छ, त्यहीँबाट निकास खोज्नुपर्छ भन्ने नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चाको अग्राहलाई चार दल र सरकारले टेरपुच्छर लगाएन । नेकपा-माओवादीलगायतको ३३ दलीय मोर्चाले वर्तमान संकटको निकास संविधानसभाको निर्वाचन हुनैसक्दैन । यसले त संकट समाधान नभई झन् संकट बढाउने काम गर्छ भन्ने प्रष्ट धारणा अगाडि सारेका थिए । तर, सरकार र चार दलले सुनुवाई गरेन ।
नेकपा-माओवादीलगायत ३३ दलीय मोर्चाको उक्त माग सम्बोधनका लागि तत्कालीनरूपमा ठूलो दलको हैसियतले एमाओवादीले पहलकद्मी लिनु उसको दायित्व थियो भने देशलाई निकास दिन्छु भन्दै अरु दलका शिर्ष नेताभन्दा आफूलाई अब्बल दर्जाको राजनेताको रूपमा प्रस्तुत गर्दै आएका एमाओवादी अध्यक्ष प्रचण्डको नैतिक दायित्व पनि थियो । तर, प्रचण्डले यस विषयमा कहिल्यै गम्भीर भएर सोचेनन् । उनले नेकपा-माओवादीलगायतका ३३ दलीय मोर्चाको मागको सुनुवाई गर्नु त कता हो कता उनीहरूको दोहोलो काढ्न मै आफ्नो सम्पूण् शक्ति खर्च गरे । देश र जनताको निम्ति सहमति र सहकार्यको राजनीति गर्नुपर्ने प्रचण्ड एकलौटी ढङ्गले अगाडि बढिरहे । उनले कहिले पनि राष्ट्र, राष्ट्रियता र जनतालाई केन्द्रभागमा राखेर सोचेनन्, खाली आफू र आफ्नो पार्टी स्वार्थमा मात्र चुर्लुम्म डुबिरहे । जसको फलस्वरूप नेकपा-माओवादीलगायतका राष्ट्रवादी र दलहरूले उठाएको राष्ट्र, राष्ट्रियता, स्वाधीनता र जनजीविकाका विषयहरूको सम्बोधन गर्न एमाओवादी कहिल्यै राजी भएन ।
पुराना संसद्वादी र यथास्थितिवादी शक्ति र दलहरूको काँधमा चढी नेकपा-माओवादीलगायतका राष्ट्रवादी शक्तिहरूलाई नामेट पार्न प्रचण्ड कम्मर कसेर लागे, जसका कारण सहमति र सहकार्यको राजनीति तोडियो । ३३ दलले बहिष्कार गर्दागर्दै राज्यको सम्पूण्ा शक्ति लगाएर तानाशाही ढङ्गले मंसिर ४ मा निर्वाचन सम्पन्न गराइयो । प्रचण्डले मंसिर ४ को निर्वाचनलाई आफ्नो र्सवश्व ठाने । किनकि यो निर्वाचनबाट उनले सत्ता हत्याउने मोह पालेका थिए । उनको सत्ता उन्मादले राष्ट्र, राष्ट्रियता र जनताको इच्छा समेट्न सकेको थिएन । तर, उनी एकोहोरो ढङ्गले आफ्नै शैलीमा अगाडि बढे । जुन कुरा आमस्वाभिमानी नेपाली जनतालाई चित्त बुझेको थिएन । मंसिर ४ गतेका दिन निर्वाचन सम्पन्न भएपछि प्रचण्डले ठूलो युद्ध जितेजस्तो गरेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न भयो भन्दै निर्वाचनमा संलग्न सबैलाई विशेष धन्यवाद र बधाई समेत दिए । जब निर्वाचनको मतगणना सुरु भयो, आफ्नै पक्षमा जनताले दिएको अभिमत र आफ्नो पार्टर्ीी पाएको मत हेरेपछि उनी छाँगाबाट खसेजस्तो भए, उनले बल्ल आफ्नो हैसियत बुझे । नेपाली जनतामा उनको स्थान कस्तो रहेछ भन्ने थाहा पाए ।
प्रचण्डले विगतमा गरेको गल्ती, कमजोरी सच्याउनु त कता हो कता? पार्टी क्रान्तिकारी शक्तिलाई बाहिरिन बाध्य पार्नु, सहमति र सहकार्यको राजनीतिलाई लत्याउँदै एकलौटी ढङ्गले अगाडि बढ्नु, राष्ट्र, राष्ट्रियता, स्वाधीनता र जनजीविकाका विषयलाई नजरअन्दाज गर्नुको परिणाम भोगे । तर पनि उनी यसलाई आत्मसात गर्ने पक्षमा छैनन् । आफैँले निर्वाचन सफलरूपमा सम्पन्न भएको र्सार्वजनिक गरेको २४ घण्टा बित्न नपाउँदै निर्वाचन धाँधलीपूण् भयो, यो निर्वाचनको औचित्य छैन र मान्दिन भन्ने अभिव्यक्ति र्सार्वजनिक गरे । अब प्रचण्डले आफ्नो कमीकमजोरी सच्याउनेबेला भएको छ । नेपाली जनताले व्यक्ति होइन, विचारलाई सम्मान गर्छन्, कुरालाई होइन कामलाई सम्मान गर्छन् भन्ने प्रचण्डले बुझनु जरुरी छ । त्यसैले एक पटक नेपाली जनताले यस निर्वाचनका क्रममा प्रचण्डको घमण्ड तोडिदिएका छन् । अब प्रचण्डले जनतासामु पुनः घमण्ड नगरी आमसहमति र सहकार्यका साथ मुलुकको राजनीतिमा अग्रसर हुनुपर्छ भन्ने राजनीतिक विश्लेषकहरूको ठहर छ । अब एमाओवादीले आफ्नो गल्ती कमजोरी सच्याउँदै नेकपा-माओवादीसहितका सम्पूण् राष्ट्रवादीलाई एकत्रित गरी सहमति र सहकार्यको राजनीतिमा अगाडि बढ्नुपर्छ भन्ने राजनीतिक विश्लेषकहरूको सुझाव छ
एमाओवादिका वर्तमान विकल्पहरु !!
![]() |
३३ दललाई वाय पास गरेर सैनिक घेरामा सम्पन्न गरिएको चुनाव, ७० प्रतिशत मत खसेको अभिमत दिनु यो हत्कन्दा भनेको आफ्नो पराजय धाकछोप गर्ने तरिका मात्रै हो । २०६४ सालमा १ करोड ७६ लाख ११ हजार ८ सय ३२ जना मतदानको लागि योग्य थिए तर ६ बर्षपछि त्यो संख्या ३१ प्रतिशतले घटेर १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मा खुम्चिएकोमा इतिहासको सवैभन्दा बढी मत खस्यो भनेर जनतामा भ्रम सिर्जना गर्न खिरारे सरकारका भरियाहरु लागि परेको देख्दा कुरी कुरी नभनिरहन सकिएला ? यो आंकडाको तथ्य जवाफ दिन सरकार र अहिलेका नेताहरु सक्षम छैनन ।
चुनाव भयो । चाहे जस्तोसुकै कथित तरिकाले भएको किन नहोस् । चुनावमा माओवादीले पराजित हुनु पर्यो । यो सत्य थियो । उसले पराजय हुनु अवस्यमभावी थियो । किन भने एमाओवादीको कार्यनिती गलत थियो । क्रान्तिकारीहरुको विजय वा पराजय भन्ने कुरा उसको कार्यनितिमा भर पर्दछ । एमाओवादिको गलत कार्यनितिले उस्को पराजयको पुर्व अनुमान लगाउन कथिन थिएन । जतिखेर पार्टी एक थियो, त्यतिखेर संगठन भित्र पनि यस्ता गलत कार्यनितिहरुको वारेमा वारम्वार दुई लायन संघर्ष चलाऊदै आएको थियो क्रान्तिकारी धारले । जव त्यो प्रकृया सम्हालिनै नसकिने तरिकाले घट्नाक्रम अघी वढ्न
थाल्यो तव क्रान्तिकारीहरुको काँधमा क्रान्तिकारी चरित्र र सर्वहारा वर्गको रक्षा गर्नु पर्ने जिम्मेवारी थपिएर आयो । क्रान्ति सम्पन्न गर्नको निम्ती क्रान्तिकारी पार्टीको आवश्यकता रहेको तथ्यगत कुराहरुलाई आत्मसात गर्दै पार्टीले नया पहलकदमिका साथ नया क्रान्तिकारी पार्टीको पुनर्गठन् गर्यो । यो आँफैमा एक युगान्तकारी कार्यदिशा थियो ।
पार्टी विभाजन भईसके पछी पनि नेकपा-माओवादिले उस्को गलत रवैयाहरुको विरुद्द भन्दाफोर गर्दै गयो तर २१औं शताब्दिमा माक्सवादलाई नया उचाईमा बिकास गर्ने बाहानामा त्यसको आधारभुत कुराहरुलाई निमिट्यान्न पार्ने काम जुन श्रीङखलावद्द रुपमा एमाओवादी पार्टीवाट भयो । यो क्षमा योग्य कार्यहरु थिएनन । त्यसको सजाईँ भोग्नै पर्थ्यो ।
पराजय भईसके पछी एमाओवादी चुनावको परिणाम स्वीकार गर्न मानिरहेको छैन । यो गैर जिम्मेवारी कदम हो । राजनैतिक वेइमानी हो । खेलमा समावेश भईसके पछी खेलको नियम मान्दैन भनेर हुन्छ ? नियमको पालना गर्नै पर्छ । जहाँसम्म जालझेलको कुरा छ, त्यो संसदीय प्रक्रियामा यस्तै जालझेल, षड्यन्त्र हुन्छ भन्ने कुरा के उहाँहरुलाई थाहा थिएन र ? संसदीय चरित्रको वारेमा उहाँहरुलाई ज्ञात थिएन र ? षड्यन्त्र भन्नु नै संसदिय प्रणालीको अर्को नाम हो । त्यो जान्दा जान्दै त्यो भाषमा फस्नु भनेको मुर्खता हुनु होइन र ? अहिले एमाओवादी त्यस्तो घडीमा उभिएको छ जहाँ न क्रान्तिकारी जनताको साथ् छ न त प्रतिकृयावादी तथा विदेसी प्रभुहरुको विश्वासको पात्र नै वन्न सकेको छ । विदेसी प्रभुहरुलाई रिझाउन जुन प्रकारले क्रान्तिकारी तव्काहरुको ईच्छाको हत्या गर्यो त्यस पछी क्रान्तिकारी जनतामा फर्केर आउने वाटो वन्द भएको छ । जसरी हिजो जनमुक्ती सेनाको विघटन गर्दा प्रतिकृयावादी तथा विदेशी शक्तिहरु प्रचन्डको त्यो कार्यमा ताली वजाएका थिए, त्यसरी आज ति शक्तिहरु नै प्रचन्ड तथा एमाओवादीको पराजयमा अत्ताहास भएर हासिरहेका छन । आज एमाओवादी नितान्त एक्लो भएको छ । हिजोका उसका मित्रहरु नि आज उनलाई लात मारिरहेका छन र २०४७ को कथित संविधान् ब्युताउन खोजिरहेका छन । यो स्थितिमा कमरेड प्रचन्ड के गर्नु हुन्छ ? २०४७ को संविधान स्विकार गर्नु हुन्छ कि विद्रोह गर्नु हुन्छ ? यस स्थितिले प्रचन्डको भविश्यको पनि फैसला गर्ने छ । या त आत्मसमर्पन गर्नु पर्यो या त विद्रोह । तर अहिले तत्कालै जनताले यो हुँकार पत्याउने स्थिती पनि छैन किन भने प्रचन्ड अवशरवाद पनि हो । सदुपयोग गर्छ अनि आवश्यक नभएको वेलामा फ्याक्ने उसको रणनिती सवैले देख्दै आएको हो ।
अहिले एमाओवादी पंति चुनाव पराजयको वारेमा पेरिसडांडामा समिक्षा गरिरहेको छ । एकोहोरो षड्यन्त्र भएको वालहठको रटान लगाइरहेको छ । त्यो मान्न सकिन्छ, धेरै ठाउँमा त्यस प्रकारको षड्यन्त्र भएको छ । देशी तथा विदेशी शक्तिकेन्द्र लागिपरेकै हो । त्यो सत्य नै हो तर त्यतिले मात्रै उसको पराजयको कारण हुन सक्दैन । हिजो माओवादीसंग सेना थियो । वन्दुक थियो । जनताको आशाको केन्द्र विन्दु थियो । नेपालमा जनताको निम्ति सोच्ने कोहि छ भने त्यो माओवादी शक्ति नै हो भन्ने वुझाई जनतामा थियो तर शान्ति प्रक्रियाको यो ६ वर्षमा न माओवादीसंग जनसेना छ, न जनतामा आशा नै छ, न त्रास नै छ । जनताको आशा भत्किएको छ । नेताहरु सुविधामुखी भएका छन । भ्रष्ट भएका छन् । अनि जनताले कसरि विश्वास गर्छ ? सिस्ने र जलजलाको फेदीमा कति निमुखाहरु खान-लाउन नपाएर रोग र भोगले तड्पिरहेका छन् । खोइ ति जनताहरुको घर आँगनमा ओत पाएका नेताहरु अहिले आलिशान महलमा वसिरहेका छन् र ति हिजोका वलिदान दिएका शहिदहरुले के पाए ? शहिद परिवार, घाइते, वेपत्ता तथा अपाङ्ग परिवारले के पाए ? हो, कुरोको चुरो यहि हो । जनतासंगको सम्वन्ध विच्छेदले एमाओवादी पराजित भएको हो । लडाईं जित्नु छ भने एमाओवादी आत्मआलोचित गरेर नेकपा-माओवादिसँग एकता र सहकार्य गरेर क्रान्तिको दिशामा अघी वढ्नुको विकल्प छैन ।
पृथीछक वुढा मगर
नेपाली जनप्रगतिसिल मोर्चा -केन्द्रीय सचिव
नेपाल आदिवासी जनजाती परिषद -महासचिव
Subscribe to:
Posts (Atom)