Tuesday, 30 April 2013

माओवादीसहितका ३३ दलले दल दर्ता प्रक्रिया बहिस्कार गर्ने


१७ वैशाख, काठमाडौं । नेकपा-माओवादीसहितका ३३ दलले मंगलबारबाट सुरु भएको दल दर्ता प्रक्रिया बहिस्कार गर्ने भएका छन् ।
माओवादी पार्टी कार्यालय बुद्धनगरमा मंगलबार बसेको आन्दोलनरत दलहरुको ११ दलको बैठकले२५ बुँदे बाधा अड्काउ फुकाउ ओदश खारेज नभएसम्म दल दर्ता नगर्ने निर्णय गरेकोहो । ‘चैत्र १ गतेको २५ बुँदे प्रतिगामी र असंवैधानिक आदेश बदर नहुँदासम्म कुनैपनि दलले दल दर्ता नगर्ने’ बैठकको निर्णयमा भनिएको छ’उक्त दल दर्ता कार्यक्रम अविलम्ब बन्द गर्न माग गर्दै निर्वाचन आयोगको दल दर्ता कार्यक्रमको विरोध गर्ने ।’ ११ दलले २० गते २ घण्टा कान्तिपथमा चक्काजाम गर्दै निर्वाचन आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने समेत निर्णय गरेका छन् ।
बैठकले वैशाख २५ गतेदेखि जेठ १४ गतेसम्म मेची-महाकाली राष्ट्रिय स्वाधीनता अभियान सञ्चालन गर्ने र नागरिकता वितरण कार्यक्रमलाई बन्द गराउन प्रत्येक जिल्लामा विरोध प्रदर्शन र सभा गर्ने निर्णय गरेको छ । बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टचारीको अभियोग लागेका र रायमाझी आयोगद्वारा दोषी ठहर्‍याएका व्यक्तिलाई नियुक्त नगर्न सम्बन्धित पक्षलाई चेतावनी दिएको छ ।
३३ दलले राज्यले अवलम्वन गर्ने कुनैपनि निर्वाचन प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आधारमा सुनिश्चित गर्न समेत माग गरेका छन् ।

No comments:

Post a Comment