जनकराज सापकोटा
चैतको अन्तिम सातादेखि वैशाखको पहिलो सातासम्म देश दौडाहामा निस्केका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मधेसभन्दा धेरै पहाड र भित्री मधेसका जिल्लामा संगठन विस्तारमा केन्दि्रत रहे। कुर्ता र धोती/पाइजामा लगाएरै पहाड उक्लेका महतोको अधिकांश कार्यक्रममा मञ्चभर िढाका टोपी लगाएका पहाडी समुदायका कार्यकर्ता र स्थानीय नेताको बाहुल्य देखिन्थ्यो।
महतो त उदाहरण मात्रै हुन्। मधेस केन्दि्रत राजनीति गररिहेका राजनीतिक दलहरू पछिल्लो समय मधेसकै पहाडिया समुदायलाई विश्वासमा लिन त लागिपरेका छन् नै, उनीहरू पहाडी जिल्लामा समेत संगठन विस्तारको अभियान चलाइरहेका छन्।
राष्ट्रिय जनगणना ०६८ का अनुसार मधेसका २२ जिल्लामा मात्रै पहाडी मूलको जनसंख्या ३३ प्रतिशत छ। मधेसीहरूको मात्रै सहभागिता र प्रतिनिधित्व रहेका मधेसवादी दलहरू पछिल्ला वर्ष पहाडी समुदायलाई पनि मधेसी राजनीतिमा समेट्ने प्रयास गर्दै छन्। मधेसका जिल्लामा हुने राजनीतिक सभा र सम्मेलनमा पहाडी समुदायको उपस्थिति देखिनु त्यसैको प्रमाण हो। त्यस्तै मधेस केन्दि्रत क्षेत्रीय दलको परचिय बोकेका मधेसवादी दलहरू आफ्नो संगठन काठमाडौँ उपत्यकाका अतिरत्तिm पूर्वी र पश्चिमी पहाडी जिल्लाका साथै राजमार्ग छेउका पहाडी बाहुल्य क्षेत्रमा पुगिरहेका छन्।
उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाललाई नै लिऔँ। मधेसका २२ जिल्लाका अतिरत्तिm काठमाडौँ उपत्यकाका तीन जिल्ला र पश्चिम पहाडको मुगु, हुम्ला र सुर्खेदेखि पूर्वी पहाडको धनकुटामा समेत पार्टीको जिल्ला कार्यसमिति विस्तार भएको छ। पार्टीका विदेश विभाग प्रमुख रहेका अर्जुन थापा मधेसवादी दलहरू मधेसीका निम्ति मात्रै राजनीति गर्नुपर्छ भन्ने मान्यताबाट पछाडि हटिसकेको बताउँछन्। भन्छन्, "पहाडी बाहुल्य क्षेत्रमा मधेसीलाई नेतृत्व गर्न दिएर संगठन बलियो भएन, त्यसैले समुदायको पहिचानका आधारमा नेतृत्व फेर्दै छौँ।"
लामो समयसम्म कांग्रेस राजनीति गरेका धनकुटाका थापाले मधेस आन्दोलनलगत्तै फोरम प्रवेश गरेका हुन्। उनी मधेसी दलका पहाडी प्रतिनिधि हुन्। मैथिली राम्रो गरी बोल्न सक्ने थापा भन्छन्, "मधेसी दलले पहाडीको विरोध गरेका होइनन्, पहाडी शासक वर्गको चरत्रिको विरोध गरेका हुन् भन्ने बिस्तारै स्थापित हुँदै छ।" उनी अबको चुनावमा आफ्नो पार्टीबाट पनि थुप्रै पहाडिया उम्मेदवार उठ्ने पक्का भएको ठोकुवा गर्छन्।

संविधानसभा निर्वाचनमा मधेसवादी दलबाट चुनाव जित्ने पहाडी मूलका एक मात्र उम्मेदवार शरत्सिंह भण्डारी थिए। त्यस्तै, फोरम लोकतान्त्रिकले समानुपातिक तर्फबाट पहाडी मूलका तिलक रावललाई स्थान दिएको थियो। तीमध्ये भण्डारी आफँैले क्षेत्रीय दल राष्ट्रिय मधेस समाजवादी पार्टी खोलिसकेका छन्।
पाँच पुस्ताअघि पोखराबाट महोत्तरी सरेका भण्डारीको त्यसयताको पुस्ता मधेसकै माटोमा हुर्किएको हो। उनी आफ्नो पार्टीलाई राष्ट्रिय एजेन्डा बोकेको मधेस केन्दि्रत पार्टी भन्न रुचाउँछन्। राजमार्गको उत्तरी भेगमा बस्ने तामाङ र बारा परवानीपुर भेगका पहाडी समुदायलगायत जनजातिलाई पनि पार्टीभित्र समेट्ने प्रयास थालेका भण्डारी भन्छन्, "पहाडी मूलका मधेसीलाई मधेसका दलले नसमेटेसम्म मधेसको द्वन्द्व अन्त हुँदैन।"
मधेस आन्दोलनका बेला मधेसवादी दलहरूले पहाडी समुदायलाई खेदेको आरोप लगाउँदै उनीहरूको पक्षमा खडा भएको चुरे भावर राष्ट्रिय एकता पार्टी संविधानसभा अवसानको विन्दुसम्म आइपुग्दा तीन टुक्रामा विभाजित मात्रै भएन, उसको राजनीति केन्द्र र जिल्ला दुवै ठाउँमा खुम्चियो। भण्डारी अब मधेसका पहाडी र जनजातिलाई मधेसकै दलले समेट्न थालेपछि चुरे भावरको अस्तित्व संकटमा परेको बताउँछन्। भन्छन्, "अब मधेसी दलहरूले सबैलाई समेट्नुपर्छ भनेर बुझ्न थालिसकेका छन्।"
मधेसका पहाडी समुदायलाई समेट्ने प्रयासमा लागेका मधेसवादी दलहरूले उनीहरू अनुकूलको पार्टी संरचना निर्माण गर्ने प्रयाससमेत थालेका छन्। सद्भावना पार्टीले त आफ्नो विधान नै परविर्तन गरेर केन्द्रीय सदस्यमा २५ प्रतिशत गैरमधेसीलाई समावेश गर्ने नीति अख्तियार गरेको छ। त्यस्तै, फोरम लोकतान्त्रिकबाट अलग्गिएर राष्ट्रिय मधेस समाजवादी पार्टी खोलेका भण्डारीले २० प्रतिशत सिट आदिवासी, जनजाति, दलित र मुसलमानका लागि भनेर छुट्याएका छन्।
फोरम नेपालले पनि पहाडी समुदायको जनघनत्व बढी रहेको मोरङको इटहरा, होक्लाबारी र बाहुनीमा संगठन विस्तार गर्दै छ। त्यस्तै उसले इटहरीको नगर कमिटीको जिम्मेवारी पहाडी मूलका यादव पौडेललाई सुम्पेको छ। मधेस आन्दोलनलगत्तै फोरमले पहाडी समुदायलाई समेत आफ्नो पार्टीमा केन्दि्रत गर्न पहाडी विभाग नै गठन गरेको थियो। एक वर्षपहिले उक्त विभागलाई संगठन विभागभित्रै गाभिएको छ। पार्टीका विदेश विभाग प्रमुख थापा भन्छन्, "अब मधेसको भूगोलभित्र बस्ने सबैलाई
समेट्नु जरुरी छ।"
त्यसो त भण्डारीले मधेसका २२ जिल्लाका अतिरत्तिm काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै काभ्रेमा पनि संगठन विस्तार गरेका छन्। उनले पश्चिम पहाडी जिल्ला सुर्खेत र जाजरकोटमा पनि जिल्ला कमिटी बनाउन संयोजक तोकिसकेका छन्। त्यस्तै, फोरम लोकतान्त्रिकले पनि काभ्रे, सिन्धुपाल्चोक, सुर्खेत र जुम्लामा आफ्नो संगठन विस्तार गरेको छ।
फोरम लोकतान्त्रिकका वरष्िठ उपाध्यक्ष रामेश्वर राय यादव भूगोललाई मात्रै प्राथमिकतामा नराखेर सबै उत्पीडित समुदायसम्म संगठन विस्तार गरनिे बताउँछन्। भन्छन्, "मधेसी दलहरूले निषेधको राजनीति गर्छन् भन्ने सोच अब हटाउँदै छौँ।" उनको पार्टीले त आफ्नो पोलिटब्युरो सदस्य र केन्द्रीय कमिटीमा पहाडी मूलका सदस्यलाई पनि बिस्तारै स्थान दिन थालेको छ। वीरगन्जका पोलिटब्युरो सदस्य वीरेन्द्र नेपाली त्यसैका उदाहरण हुन्।
मधेसी दलहरूमा पहाडी मूलका नेताहरूको प्रवेश पनि सुरु भएको छ। फोरम लोकतान्त्रिकका यादव मधेसमा बसेर राजनीति गर्ने पहाडी मूलका नेताहरूलाई पनि पार्टी प्रवेश गराउने क्रम जारी रहेको बताउँछन्। फोरम लोकतान्त्रिकका १५ पोलिटब्युरो सदस्यमध्ये दुई जना पहाडी मूलका छन्। यादव भन्छन्, "के मूलधारका भनिएका दलहरूले पहाडबाट मधेसी उम्मेदवार उठाएर जिताउने हिम्मत गर्छन् ?"
सद्भावना पार्टीले मधेसका २२ जिल्लाका साथै भित्री मधेसका तीन र अन्य ४० पहाडी जिल्लामा आफ्नो संगठन बनाएको दाबी गरेको छ। पछिल्लोपटक सद्भावनाले कास्कीमा कार्यसमिति विस्तार गरेको थियो। महासचिव मनीष सुमन अब मधेसमा ठूलो संख्या रहेको पहाडी समुदायलाई नसमेटेसम्म पहाडी बाहुल्य मधेसका क्षेत्रमा संगठन बलियो बनाउन सकिँदैन भन्ने महसुस भएको बताउँछन्। सद््भावनाले राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रहेका नरेन्द्रराज वाग्लेलाई समेत आफ्नो पार्टीमा प्रवेश गराएर जनकपुर अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित गर्नु यही प्रक्रियाको उदाहरण हो। सुमन भन्छन्, "मधेस आन्दोलनका बेला उब्जिएको मधेसी-पहाडी विश्वासको खाडल अब मधेसी दलहरूले पुर्दै छन्।"
गत संविधानसभा निर्वाचनमा काठमाडौँबाट पहाडी मूलकै उम्मेदवार उठाएको तराई मधेस लोकतान्त्रिक पार्टीले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा संगठन विस्तार गरसिकेको छ। तमलोपाले मधेसमा पहाडी बाहुल्य रहेको क्षेत्रमा पनि संगठन विस्तार तीव्र बनाएको छ। जस्तो ः संविधानसभा निर्वाचनमा पहाडी बाहुल्य बारा क्षेत्र नं १ मा माओवादी उम्मेदवारले चुनाव जितेका थिए। अहिले तमलोपाले उक्त क्षेत्रमा पहाडी समुदायलाई आकषिर्त गर्ने प्रयास गररिहेको छ। पार्टीको केन्द्रीय समितिमा नवलपरासीमा अशोकजंग रानालाई राखेर तमलोपाले आफूलाई पहाडी समुदायप्रति सकारात्मक रहेको देखाउने प्रयास गरेको छ। तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल भन्छन्, "अबको निर्वाचनमा मधेसबाट तमलोपाले पहाडी उम्मेदवार उठाउने सम्भावना बढी छ।"
भ्रष्टाचारको अभियोगमा जेल सजाय खेपेर बाहिरएिलगत्तै मधेस राष्ट्रिय अभियान सुरु गरेका जेपी गुप्ताले पनि सार्वजनिक अपिल जारी गरेर मधेसका पहाडी समुदायलाई मधेसी राजनीतिले समेट्ने बताएका थिए। उनले मधेस आन्दोलनको लक्ष्य पहाडी समुदायको विरोध नरहेको र मधेसको परभिाषा निरपेक्ष रूपमा एकल सामुदायिक वा एकल जातीय रूपमा होइन भन्ने सन्देश दिन खोजेका छन्। तमलोपाका सहमहामन्त्री सोनल भन्छन्, "पहाडी, जनजाति र मधेसीको समस्या एउटै छ भन्ने बुझेर नै मधेसी दलहरू पहाडतिर चढ्दै छन्।"