Saturday, 28 February 2015

खामेहरुको युएईको गतिबिधिहरु तस्विर र भिडियो सहित



अध्यक्ष भुवन मगर
खाम भाषा जागरण मन्च युएई 
३३औं मगर दिवस तथा १३८औं लखन थापा समिति दिवसको उपलक्षमा मगर संघले राखेको कार्यक्रममा नेपाली मगर खाम भाषा जागरण युएईका अध्यक्ष भुवन बुढा मगरले मगर र मगर जातिको ईतिहांसको वारेमा दिनु भएको मन्तब्य यस्तो थियो,

‘आदरणीय मन्चमा आसिन सभापति ज्यु, बिशेष अतिथि, अथिति र विभिन्न पेशा र तहमा रहेर यहाँ उपस्थिति हुनु भएका उद्दमी, पत्रकार तथा बिभिन्न संघ सस्थावाट पाल्नु भएका अथितिहरु, हप्ता दिनको थकाईलाई विश्रान्ति दिंदै यो कार्यक्रममा आउनु भएका सम्पूर्ण प्रवासी दाजु भाई तथा दिदि वहिनीहरुमा सर्बप्रथम त नेपाल खाम भाषा जागरण मन्च युएई केन्द्रीय समितिको तर्फबाट तथा आफ्नै व्यक्तिगत तर्फबाट हार्दिक जेदो, झोर्ले, नमस्कार !
हामी अहिले पहिचान खोजिरहेका छौं  । पहिचान भन्ने बित्तिकै धर्मको कुरा आउँछ  । संस्कृतिको कुरा आउँछ  । भाषाको कुरा आउँछ  । ऐतिहाँसिक स्थलहरुको कुरा आउँछ  । अहिले कोहि भन्छ मगर हिन्दु हुन्  । कोहि भन्छन मगर बुद्द मार्गी हुन्  । कुरा के हौँ भन्ने तर्कसँग होइन  । कुरा त हामी के थियौं भन्नेसंगको हो  । हाम्रो इतिहास २५०० बर्ष भन्दा धेरै पुरानो छ  । हाम्रो इतिहास ५००० वर्ष भन्दा धेरै पुरानो छ  । मगरहरुलाई बिभिन्न तहवाट पेलिंदै छ  । मगर न हिन्दु हो न बुद्द मार्गी हो तर कतिपय व्यक्तिहरु आफ्नो स्वार्थको निम्ति मगरहरुलाई आफ्नो अनुकुलको धर्ममा परिमार्जन गर्न चाहन्छन  । हामीलाई गुनासो हुने छैन कि कुनै मगर चाहे त्यो बुद्दिस्ट बनोस चाहे त्यो हिन्दु  । यदि कसैले मगरको इतिहास  बुद्दिष्ट वा हिन्दुसंग जोडिएको छ भन्ने कुरा भन्छ भने त्यो हामीलाई आपति हुने छ  । नेपाल मगर खाम भाषा जागरण मन्च त्यो मान्न तयार छैन  । १८ मगरात त्यो मान्ने तयार छैन  । भने पछि मगरहरुको धर्म के हो ? हामी सामानेजम हौँ  । सामान्यज्मको कुरा गरे पछी प्रकृतिको कुरा कुरा आउँछ  । हो, हामी प्रकृति पुजारी हौँ  । हामी प्रकृतिवादी हौँ  । यो कुरा जान्न र बुझ्नको लागि एक पटक मगर जाति १८ मगरातको खाम समुदायको भ्रमण गर्नु पर्छ  । हामी निमन्त्रणा गर्छौं  । सामान्यजममा हामीले बिभिन्न शास्त्र र अस्त्रका कुराहरु सुन्न सक्छौं  । नौं बहिनीका खेतीहरु, श्लोक शास्त्र, यदि ति कुराहरुलाई लिपिबद्द गरियो भने त्यो ग्रन्थ पनि हाम्रो लागि त्यस्तै हुने छ जस्तो कि इसाईहरुको बाइबल छ, मुसलमानहरुको कुरान छ, अनि हिन्दुहरुको गीता  । हामी मगरहरुले ति मौखिक श्लोक, शास्त्रहरुलाई लिपिबद्द गरेर संरक्षण गर्नु पर्ने छ  । त्यो हामी गर्छौं  । मगरहरुले गर्नु पर्छ  । कुनै गैर मगरले त्यो गरिदिने छैन  । आफ्नो लागि आफै उठ्नु पर्ने भएको छ  । हामीले उठ्नु पर्छ, ब्युझिनु पर्छ तव हामी आफ्नो पहिचानको रक्षा गर्न सक्ने छौं  । आज प्रतिकृयावादी तथा नव श्रीपेच बिनाका छोटे राजाहरु खस राज्यलाई निरन्तरता दिंदै अझै पनि हामीलाई मतवाली बनाइराख्ने दुश्साहस गरिरहेका छन्  । यसको बिरुद्दमा उठ्नु पर्दैन ? मतवाली भनेको के हो ? यो कुन भाषावाट हामीलाई पुकारिरहेका छन् ? हिन्दी भाषा हो  । भारतवाट छिरेको भाषाले हामीलाई मतवाली भन्ने कुरा अव हामीलाई सह्य हुने छैन  । हेर्नुस अव त् बाहुन र क्षेत्रीले झन् हामी मगर भन्दा बढी मात्नु पर्छ  । अनि उ मतवाली नहुने ? मतवालीको बिल्ला हामीले भिर्नु पर्ने ? यो सव तत्कालिन राज्यब्यबस्थाको कारण हो जुन अहिलेका श्रीपेच बिनाका छोटे राजाहरुले निरन्तरता दिन चाहेका छन्  । यहि खस राज्य संरचनाले नै हाम्रा महान सहिद जुन तत्कालिन वादशाहको बिरुद्दमा क्रान्ति छेडेका थिए गणतन्त्रका निम्ति  । तर त्यहि प्रथम सहिदको नाम निशाना छैन  । के यो मगरहरुको शहिद मात्रै थियो ? किन राज्यले यसलाई प्रथम शहिदको सम्मान दिंदैन ? म राज्यसँग जवाफ खोजिरहेको छु ’। (हल जोडदार तालीले गुन्जायमान हुन्छ) । हामीसंग यो इतिहाँस पनि छ जहाँ देशकै सवै भन्दा शक्तिशाली बादशाहलाई दरवारवाट निष्काशन गरिएको थियो । यो देनमा रोल्पा रुकुमका १८ मगरातहरुको ठुलो भूमिका रहेको छ  । इतिहासको यो कट्टु सत्यलाई मिनिमाईज गर्न खोजियो भने हामि भन्छौं यो देशमा ठुलो दुर्घटना हुने निश्चित छ  ।  यो कुरा नेपालका प्रतिकृयावादी दलालहरुले बुझ्नु पर्छ कि पर्दैन ?
युएईमा दुई वटा मगर संघ छन्  ति दुवै मगर संघ हाम्रो  दुई वटा आँखाहरु हुन  । फुटको होइन जुटको इतिहास लेखिनु पर्छ युएईको सन्दर्भमा  । मगर मुक्तिको निम्ति सवै मगरहरु एक भएर एकताको सुत्रमा बाधिनु पर्छ त्यसको लागि मध्यस्थताको जिम्मेवारिको बहन गर्न सम्पूर्ण नेपाल खाम भाषा जागरण मन्च युएई तयार रहेको कुरा पनि यहाँ यहि मन्चवाटै घोषणा गर्दछु  । कसैलाई लागेको होला  युएईमा ३ वटा मगर संघ रहेको छ  ।  यो नितान्त गलत हो नेपाल खाम भाषा जागरण मन्च कुनै बिशेष जात भन्दा पनि मगर समाज भित्र बोलिने ३ भाषाहरु मध्ये बहुसंख्याक मगरहरु जो १८ मगरातमा बोल्ने गरिन्छ ति समुदायहरुले बोल्ने खाम भाषा अथवा खाम कुराको रक्षा र बिस्तारको लागि गठन गरिएको संस्था हो । यो सवैलाई ज्ञात होस् भन्दै नेपाल मगर संघको उत्तर उत्तर प्रगतिको कामना गर्दै यहाँहरुसंग बिदा हुन् चाहन्छु  । 
जय खाम 
जय मगरात 
गतिबिधिहरु:



































































































 । 















































No comments:

Post a Comment