Friday, 27 March 2015

नेपाल खाम भाषा जागरण मंच युएईले रुकुम तकसेरा महोत्सवमा सक्दो सहयोग गर्ने

२७ अप्रिल, कैलाश पुन, दुवई, नेपाल खाम भाषा जागरण मंच युएईको चौथो वैठक सम्पन्न भएको छ । दुवईको बर दुवई क्यारिफ़र डांडामा बसेको वैठक मंचका अध्यक्ष भुवन बुढा मगरको अध्यक्षतामा बसेको थियो भने जागरण मंचका प्रमुख सल्लाहकार पृथीछक बुढा मगर र रामकृष्ण पुन मगरको बिशेष उपस्थिति रहेको थियो भने वैठकको संचालन मंचका महासचिव जितमान बुढा मगरले गर्नु भएको थियो । बैठकमा बिभिन्न प्रस्ताबहरु माथि छलफल गरेर निर्णयहरु पारित गरेको छ ।

बैठकले रुकुमको तकसेरामा सम्पन्न हुन गइरहेको आदिवासी जनजाति महोत्सवको लागि आधिकारिक रुपमा सहयोगको निम्ति पत्र आएको हुनाले उक्त महोत्सवलाई सफल पार्नको लागि आफुहरुले सक्दो आर्थिक र प्रचारात्मक सहयोग गर्ने निर्णय गरेको छ । साथै मंचका उपाध्यक्ष पुर्णिमाया रोका मगरको स्वास्थ्य अवस्था केहि कमजोरी भएको र त्यसको लागि अप्रेशन गर्नु पर्ने भएको हुनाले जागरण मंचले उहाँलाई सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्दता जाहेर गरेको छ ।
बैठकले तत्कालै आर्थिक संकलन गर्ने निर्णय गरे लगत्तै गोर्खा सेवा समाज युएईका पदाधिकारी कृष्ण प्रसाद रेग्मीले महोत्सव सफल रहोस भन्ने कामना गर्दै आफ्नो व्यक्तिगत तर्फवाट केहि आर्थिक सहयोग पनि हस्तान्तरण गर्नु भएको थियो । उहाँलाई मंचले शाब्दिक सम्मान गर्दै आभार प्रकट गरेको छ ।

त्यस्तै मंचका उपाध्यक्ष बिकाश रोका मगरले निर्णय प्रस्ताबित बुँदाहरु माथि छलफल गर्दै रुकुमको तकसेरा आदिवासी जनजाति महोत्सबमा सहयोग गर्नको लागि जति नै न्यून रकम भए पनि सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो भने महोत्सव नजिकै आइसकेको अवस्थामा आर्थिक संकलन गर्ने कुरामा अलि ढिलाई हुने स्थिति आउने भएको हुनाले मंचका सदस्य खड्क घर्ति मगरले मंचलाई आइपरेको आर्थिक समस्यालाई मध्यनजर गर्दै आफुले तत्कालका लागि काम चलाउन सकिने प्रतिबद्दता जाहेर गर्नु भएको थियो ।

बैठकको अन्त्यमा जागरण मंचका अध्यक्ष तथा बैठकका सभापति भुवन बुढा मगरले बिभिन्न बिषयहरु माथि प्रकाश पार्दै युएईमा रहेका सवै संघ सस्थाहरुसंग समान सम्बन्ध कायम गरि सबैसंग मिलेर सहकार्य गर्दै अघि बढ्नको लागि हामीसंग ढोका खुल्ला रहेको छ भनि कुरा स्पष्ट पार्नु भयो । उहाँले नेपाली मगर संघ युएईमा दुई वटा मगर संघ रहेको कुरा प्रति गहिरो दुख प्रकट गर्दै भन्नु भयो, ‘युएईमा २ वटा मगर संघ छन् । यो नितान्त दुखको कुरा हो । कुनै देशमा तपाईं हामीहरुले हेर्यौं भने कहिँ कतै दुईवटा मगर संघ छैन । ति दुई मगर संघको एकीकरण गरेर लैजानु पर्छ । उहाँहरु मिल्नु पर्छ । मिल्नुको बिकल्प छैन । यदि मिल्नु भएन भने त्यसबाट हुन जाने परिणामको जिम्मेवारी उठाउन उहाँहरु तयार हुनु पर्यो । ति दुई मगर संघसंग हामी समान ब्यबहार गर्न चाहन्छौं । को सहि छ को गलत छ ? हाम्रो लागि सवै वाराबर हो । उहाँहरु मिलेर मगर जात र पहिचान, संस्कृतिको उत्थान गर्नु पर्छ । यदि यो कुरामा उहाँहरु चुक्नु भयो भने बिकल्पमा हामी छौं । हामी उहाँहरुलाई भन्छौं, यदि मिलेर जाने भए जानुस नत्र हामीलाई बाटो छोड्दिनुस हामी मिलाएर अघि बढ्छौं । हामी सक्षम छौं । हामीलाई त्यो सम्भब लाग्छ ।'

मंचले २०१५ भित्र कुनै मगर चाडको अबशर पारेर परम्परागत सांस्कृतिक झाँकी जस्तै २२ ताल दिग्रे, घरुवा, अन्य मगर भूमे नाच प्रस्तुत गर्ने तयारी पनि गर्ने भएको छ । 

नेपाल खाम भाषा जागरण मन्चमा आबद्द सदस्यहरुको नामावली यस प्रकार रहेको छ:-

संख्या: नाम  ठेगाना 
रामकृष्ण पुन मगर  कुरेली, रोल्पा 
पृथीछक बुढा मगर  रन्मामैकोट-६ रुकुम 
भुवन बुढा मगर  महत, रुकुम 
हिक्मत रोका मगर  उवा, रोल्पा 
पूर्ण माया रोका मगर  थावांग, रोल्पा 
जितमान बुढा मगर  मिरुल १, रोल्पा 
डम्वर बुढा मगर  रोल्पा 
राम कुमार रोका मगर  कुरेली, रोल्पा 
नविन घर्ति मगर  रोल्पा 
१० कैलाश खाम पुन मगर  कोल ५, रुकुम 
११ बिरनारायण पुन मगर  कोल ८ गर्खानी, रुकुम 
१२ निखिराम बुढा मगर  कोल, रुकुम 
१३ खल जित बुढा मगर  कुरेली, रोल्पा 
१४ दिलमान पुन मगर  कुरेली, रोल्पा 
१५ मन प्रसाद बुढा मगर कुरेली, रोल्पा 
१६ खड्क घर्ति मगर  राङ्सी, रोल्पा
१७ रिखीश्वर बुढा मगर  महत ४ धर्मशाला, रुकुम 
१८ बले पुन मगर 
१९ मनराज पुन मगर 
२० धनराज बुढा मगर  काँडा, रुकुम 
२१ चन्द रोका मगर 
२२ होम घर्ति मगर 
२३ जनक पुन मगर 
२४ उच्य रोका मगर  मिरुल, रोल्पा 
२५ दिपक पुन मगर  कुरेली २ सिवारी, रोल्पा 
२६ राजबिर बुढा मगर 
२७ जलन पुन मगर 
२८ जय प्रकाश बुढा मगर 
२९ अविनाश रोका मगर 
३० राज कुमार बुढा मगर 
३१ कमल बुढा मगर 
३२ कमला बुढा मगर  चोयाबांग, रोल्पा 
३३ सिता बुढा मगर  चोयाबांग, रोल्पा 
३४ रबिना बुढा मगर  चोयाबांग, रोल्पा 
३५ गणेश बुढा मगर  बुर्तिबांग, बाग्लुंग 
३६ भिमराज बुढा मगर  मिरुल २, रोल्पा 
३७ कमल घर्ति मगर  रोल्पा 
३८ नविन घर्ति मगर 
३९ हेमसरि थापा मगर  सुलिचौर, रोल्पा 
४० जोखमान बुढा मगर  काक्री, रुकुम 
४१ धनकुमार बुढा मगर  काक्री, रुकुम 
४२ जोगेश्वर बुढा मगर  काक्री, रुकुम 
४३ सुकविर बुढा मगर 
४४ चुन बहादुर बुढा 
४५ कुमार झाँक्री मगर  थावांग ७, रोल्पा 
४६ बिकाश मगर  मिरुल ३ सिवारी, रोल्पा 
४७ धनप्रसाद पुन मगर  मिरुल, रोल्पा 
४८ प्रकाश बुढा मगर  तकसेरा, रुकुम 
४९ कुमार झाँक्री मगर  थावांग रोल्पा 
५० बिराट बुढा मगर  थाबांग, रोल्पा
५१ गङ्गा घर्ति मगर  थावांग, रोल्पा 
५२ दिल कुमार बुढा मगर 
५३ दिप बुढा मगर  कुरेली २ सिवारी, रोल्पा 
५४ कृष्ण प्रसाद रेग्मी  गोर्खा  सेवा समाज
५५ धनराज बुढा मगर  कोल-२ रुकुम