Friday, 5 September 2014

खामेहरुको पहिलो वैठक सम्पन्न- पृथीछक वुढा

दुवई, ५ सेप्टेम्वर २०१४, नेपाल खाम भाषा जागरण मन्च युएइको पहिलो वैठक सम्पन्न भएको छ । मन्चका अध्यक्ष भुवन बुढा मगरको अध्यक्षतामा वसेको पहिलो वैठकमा सल्लाहकार सदस्यहरु पृथीछक बुढा मगर र रामकृष्ण पुन मगरको उपस्थितिमा दुवईको क्रिक पार्कमा उक्त भेला सम्पन्न भएको हो । 

भेलालाई सम्वोधन गर्दै अध्यक्ष भुवन बुढा मगरले सवै युएई वासी खाम भाषा बोल्ने र नवोल्ने सवै रुकुम, रोल्पा र निसी भुजी क्षेत्रका मगर समुदायलाई एक्तावाद्द हुनको लागि आव्हान गर्नु भयो । गत २९ जुलाईको दिन नेपाल मगर खाम भाषा जागरण मन्च युएईको गठन भएको हो । 'गठन भएको यो पहिलो वैठकसम्म खामे समुदायका मगरहरुको उल्लेखनीय रुपमा संगठित हुदै आएका छन्' अध्यक्ष भुवन बुढा मगरले जानकारी गर्नु भयो । हालसम्म ६० को हाराहारीमा सम्पर्कमा आउनु भएको कुरा मंचका प्रवक्ता कैलाश पुन मगरले जानकारी दिनु भएको छ भेलामा नेपाल मगर खाम भाषा जागरण मन्च युएईको गठनको औचित्य माथि प्रकाश पार्न बिभिन्न बक्ताहरुले आफ्नो भनाई राख्नु भएको थियो । भेलाले विभिन्न प्रस्ताव माथि छलफल गरेर निर्णयहरु पारित गरेको छ ।